हाम्रो बारेमा

संस्थापक / सम्पादक

मनोज पाण्डे

 

समाचार उत्पादन

मुक्ति श्रेष्ठ

सानुवाबु मर्हजन

विजय सुवेदी

 

विजनेस डेभलपमेन्ट

सरोजा श्रेष्ठ

 

आईटि अफिसर

क्षितिज क्षेत्री

 

 

हाम्रो कथा डटकमको सम्पादकीय सदाचार नीति २०७४

 

१.समाजमा भइरहेका सकारात्मक काम उजागर गर्छौं ।

२.समाजमा आशाउत्साह र प्रेरणा जगाउन तथा शान्ति र एकता फैलाउनका लागि समाचार र विचार प्रवाह गर्छौं ।

३.जहाँ समस्या हुन्छ त्यहाँ समाधान अवश्य हुन्छ भन्ने तथ्य उजागर गर्छौं ।

४.सकारात्मक काम र रचनात्मक विचारलाई प्रोत्साहित गर्छौं ।

५.पाठकस्रोता र दर्शकलाई निराशउदास र उत्तेजित बनाउने र समाजमा घृणा फैलाउने गरी हामी कहिल्यै समाचार वा विचार प्रवाह गर्दैनौँ ।

६.हामी आफ्नो अनुभव र दक्षता समाजको सकरात्मक परिवर्तनका लागि उपयोग गर्न चाहन्छौँ ।

७.हामी विचार या समाचार प्रकाशन गरे वापत कुनै पनि किसिमको उपहार या आर्थिक लाभ लिँदैनौं । तरसम्पादन कक्षले योग्य ठहर्याएको कुनै स्वेच्छिक सहयोगदाताबाट लेखनवृत्ति स्वरुप आर्थिक वा प्राविधिक सहयोग लिन यो बुँदाले बाधा पुर्याएको मानिने छैन । सम्बन्धित सामग्री प्रकाशन वा प्रशारण गर्दा कसैको सहयोगमा उत्पादन गरिएको हो र सहयोगको प्रकृति के कस्तो थियो भन्ने कुरा स्पष्ट खुलाउँछौं ।

८. सम्पादकीय नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी कुनै व्यक्ति, संस्था वा प्रतिष्ठानले हामीसँग ज्ञान, सीप र प्रविधि बिस्तारमा साझेदारी गर्न चाहेमा साझेदारी गरिनेछ तर साझेदारको योग्यता र औचित्यबारे पर्याप्त आधारहरू सहितको सुनिश्चितता गरिनेछ ।

९. कुनै पनि समाचार वा सामग्री अन्य स्रोतबाट लिएर प्रकाशन तथा प्रशारण गर्दा स्रोत खुलाउँछौं र अनुवाद गरिएका सामग्री प्रयोग गर्दा मूल लेखक र मूल भाषा अनिवार्य रुपले उल्लेख गर्छौं ।

१०. पत्रकारिता आचारसंहिता २०७३ को पूर्ण रुपले पालना गर्छाैं ।