तपाइको पनि पेट दुख्छ ? यस्ता छन रोकथामका उपाय !

हामीले खाने पानी र खाद्य पदार्थ दुशित भयो भने त्यसले तत्कालै वा दीर्घकालिन रुपमा असर गर्छ ।

बरिष्ट पेटरोग विशेषज्ञ डा भूपेन्द्र कुमार बस्नेत भन्छन, दुषित पानी , बासी सडेगलेको खानेकुरा मात्रै होइन पेट रोगका लागि धुम्रपान र मध्यपान पनि कारक बन्न सक्छ ।’

हाम्रो कथा २०७६ भदौ १६ गते १४:३०

तस्बिर; NAYASHKTIONLINE.COM

           किन दुख्छ पेट ?

नेपाल सरकारले सूचिकृत गरेका प्रमुख १० रोगमध्ये पेट सम्वन्धी रोग, पेट दुख्ने ,ग्यास्ट्राइटीस , झाडापखला, आउ जस्ता रोगहरु समेटिएका छन ।

चिकित्सा विज्ञानमा साधारण मानिने झाडा–पखला देखी अत्यन्तै जटिल मानिने क्यान्सर रोगको उदगम स्थल पेटलाई नै मानेको छ । यद्धपी ती समस्याहरु पेटका पनि विभिन्न अंगमा देखिन सक्छन ।अनि पेट रोग एउटै मात्रै यस्तो रोग हो जो; संसारका प्रत्येक मानिसले कुनै न कुनै बेला अनुभव गरेकै हुन्छ ।  चिकित्सकहरु भन्छन,‘विकसित होस या विकासोन्मुख मुलुक, धनी होस या गरीव, महिला होस या पुरुष, केटाकेटी होस या प्रौड ,बृद्ध सबैलाई पेटको रोगले सताएको हुन्छ । यो रोगले न कुनै क्षेत्र छुट्टयाएको हुन्छ , न कुनै वर्ग, लिङग र उमेर ।’

पेटमा समस्या देखिनुको मुख्य कारण खानपान तथा आहार विहार नै हो ।  हामीले खाने पानी र खाद्य पदार्थ दुशित भयो भने त्यसले तत्कालै वा दीर्घकालिन रुपमा असर गर्छ । त्यसबाहेक जीवनशैली, बातबरण तथा बंषाणुगत आधारले पनि रोग लाग्ने वा नलाग्ने अवस्थाको सिर्जना हुने चिकित्सकहरु बताउछन ।

बरिष्ट पेटरोग विशेषज्ञ डा दीनेश श्रेष्ठ भन्छन; ‘पेट रोगमा समस्या पार्ने पानी र खाना हो । असुद्ध पानी र दुशित खानाकै माध्यमबाट शरीरमा व्याक्टेरिया तथा भाइरसहरुको प्रवेश हुन्छ । त्यसले नै पेटका विभिन्न अंगमा संक्रमण निम्त्याउछ । अन्तत पेट दुख्छ ।’ उनले कतिपय अवस्थामा व्यक्तिको जीवनशैली, उचीत सरसफाईको अभावका कारणबाट पनि पेट रोग हुने सम्भावना व्यक्त गरे ।

अर्का बरिष्ट पेटरोग विशेषज्ञ डा भूपेन्द्र कुमार बस्नेत भन्छन, दुषित पानी , बासी सडेगलेको खानेकुरा मात्रै होइन पेट रोगका लागि धुम्रपान र मध्यपान पनि कारक बन्न सक्छ ।’ उनका अनुसार; पेटको रोगलाई सामान्य रूपमा लिने बानीले पछिल्ला दिनमा पेटका क्यान्सर बिरामीसमेत बढ्दै गएका छन् ।

 

तस्बिर; JAMEJAMOONLINE.COM

        

 

  पेट सम्बन्धि समस्या बाट कसरी बच्ने त ?

१) सुद्द पानी पिउने तथा प्रयोग गर्ने I दुषित पानी सेवन नगर्ने I

२) कुनै पनि बासी-सडेगलेको खानेकुरा वा खाना नखाने I

३) धुम्रपान तथा मध्यपान सेवन नगर्ने I

४) जंगफुड सकेसम्म कम खाने I

५) नियमित व्यायाम गर्ने तथा स्वास्थीय खानामा जोढ दिने I

प्रतिक्रिया

सम्बन्धित

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने

करियर छनोटका लागी फर्मुला !

२४ साउन , २०७६ २ मिनेटमा पढिने

बीमा एजेण्टले पैसा कसरी कमाउँछन् ?

२१ साउन , २०७६ २ मिनेटमा पढिने