नेपाली रंगमंचका सफल नाटक !

जसले व्यवसायिक सम्भावना समेत देखाए I

मनोवैज्ञानिक कथामा आधारित शिल्पी थिएटरले मञ्चन गरेको कुमार नगरकोटिको कथा बाथ-टप , सुनिल पोख्रेलको जार तथा मीमांसा, अनुप बरालको कोर्ट मार्सल समेतलाई रङमंचका सफल कथा मान्न सकिन्छ ।

हाम्रो कथा २०७६ भदौ १२ गते १३:४१

नेपाली रंगमंच

डारियो  फोको काट्न पे ? वन्ट पे- लाई लामो समय देखी नेपाली रङ्गमञ्चमा सक्रिय विकास जोशीले ’सके तिरौला नत्र  फिरिमा’ नाम दिएर- हाम्रो आफ्नै परिवेशलाई सुवाउदो रूपमा सशक्त निर्देशनका साथ प्रदर्शनमा ल्याएका थिए । जुन नाटकले दर्शकको निकै राम्रो साथ पायो । सरकारको कर प्रणालीबाट निम्न वर्गीय श्रमजीवीमा कस्तो प्रकारको असर पर्छ भनेर नाटकले देखाउन खोजेको थियो I केही महिलाले हुलदङ्गा गरेर सामान चोर्छन् र फरार हुन्छन् । त्यही हुलमै एक ट्याक्सी चालककी श्रीमतीले  सुटुक्क छिरेर महिनौँ सम्मलाई पुग्ने सामान चोरेर आफ्नो डेरामा ल्याउँछे । त्यो सामान लाई आफ्नू श्रीमान् सँगै प्रहरीबाट लुकाउन खोज्दा सृजना भएको परिस्थितिको सेरोफेरोमा घुमेको उक्त नाटकलाई नेपाली रङमंचको सफल कथाका रूपमा हेर्न सकिन्छ । यस नाटकले अधिक्तम दर्शकको साथ पायो । पच्चिस बढी सो, तिन हज्जार भन्दा बढी सर्शकले यो नाटक हेरे । कमाइको सवाल मा पनि यस नटकले आस जगायो ।

तस्विर; chinaaripost

त्यस्तै मण्डलाले नै ध्रुवसत्य परियारको कथा “जालिनी“ को मंचन गरेको थियो ।ध्रुवसत्य परिवारद्वारा लिखित कथा सङ्ग्रहमा आधारित नाटक कैरन I ध्रुवसत्यको कैरन कथा सङ्ग्रहको एउटा कथा “जालिनी“ क –  जसको अर्थ हुन्छ चित्रशाला I

त्यही चित्रशाला । अर्थात् “जालिनी“ लाई नेपाली चलचित्रका समेत सफल तथा लोकप्रिय नायक तथा रङ्गकर्मी दयाहाङ राईले रङ्गमञ्चमा उतारेका थिए ।

इतिहासको कुनै कालखण्डमा हाम्रो समाज र हाम्रै पुर्खाले खासगरि महिलाका निम्ति आफ्नू नैसर्गिक अधिकार,स्वतन्त्रता,सपना सँगै आफ्नो स्वविवेकलाई कसरी दमन गरिदिए । राज्यका शासक र उसका आसेपासे तथा भरौटेहरूले कसरी कुसंस्कार समेतको बीउ रोपे भन्ने कथा जालिनिले पस्किएको थियो । एक घण्टा दश मिनेटको उक्त नाटकमा राजा जयस्थीतिले ज्योतिषको सल्लाह अनुसार राजकुमारी जालिनीले कुनै परपुरुषको चेहरा देख्दा प्रेममा पर्छे । त्यसो भयो भने राज्यमा अनिष्ट हुने कारणले जालिनिलाइ पर-पुरुषको चेहरा भन्दा टाढा राखेर राज्य चलाउन खोज्दा सृजना भएको घटना वरिपरि कथा घुमेको, उक्त नाटकले पनि दर्शकको निकै राम्रो साथ पायो ।

तस्विर; deshsansaar.com

त्यस्तै मनोवैज्ञानिक कथामा आधारित शिल्पी थिएटरले मञ्चन गरेको कुमार नगरकोटिको कथा बाथ-टप , सुनिल पोख्रेलको जार तथा मीमांसा, अनुप बरालको कोर्ट मार्सल समेतलाई रङमंचका सफल कथा मान्न सकिन्छ । यस आधारले नेपाली रङमंचमा बिकाउहुने विषय तथा दर्शकको रुचिको कुरा गर्दा दर्शकहरूले कथाले उठाएको विषय, कलाकार, प्रोडक्सन डिजाइन, कथाले उठान गरेका सुन्दरयताका विषय र समय सान्दर्भिक कथामा आफू जोड्डिन खोजेको देखिन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने

आज कामको पहिलो दिन

१ भदौ , २०७६ ४२ सेकेन्डमा पढिने
लोकप्रिय