स्वस्थ रहनका निम्ति !

के खाने, कतिखेर खाने र कति खाने । खाना खाने विषयमा यति बुज्न सकियो र यसलाई आफ्नो जीवनमा अपनाउन सकियो भने अधिकतम रुपमा हाम्रा शारीरिक समस्यालाइ नियन्त्रण हुन सक्छन ।

हाम्रो कथा २०७६ भदौ ८ गते १३:४७

तस्बिर; huffpost.com

 

स्वास्थ्य रहनाका निम्ति हावा,पानी र सबैभन्दा खानाकै भूमिका रहने गर्छ । त्यही खानालाई लिएर विश्वभर अनेकौँ धारणाहरू रहेका छन् । कति; केवल जना-विश्वास त कति वैज्ञानिक तथ्यमा आधारित । तर हामीले दैनिक जीवनमा खाने खानाको मात्रा, खानाको समय तथा हाम्रो शरीरलाई आवश्यक तत्त्व रहेका खानाको मात्रा मिलाएर खाने हो भने- कैयौँ प्रकारका रोगलाई नियन्त्रक गरेर स्वस्थ रहन सक्छौ ।
जस्तो कि;

१) यदि हामीले शरीरको तौललाई नियन्त्रण गर्ने हो भने- बेलुकाको सात बजे पछि कुनै पनि कार्बोहाइड्रेट युक्त खाना खानु हुँदैन । यस्ता खानालाई हाम्रो शरीरले सजिलै नपचाउने हुँदा यसले हाम्रो शरीरको तौलमा नकारात्मक असर पुर्‍याउने हुन्छ ।

२) चिनी खाएर मधुमेह हुन्छ भन्ने भ्रम हुन्छ । जुन धारणा गलत हो । मानिसको दिमाग ऊर्जाका लागि पूर्णरुपमा ब्लड-सुगर माथि निर्भर रहन्छ । यसको कमीका कारण हाइपोग्लिमिया, कमजोरी डिप्रेसन, दिमागी असन्तुलन आदि हुनसक्छ ।

३) बिहानको नास्ता दिनभरिको ऊर्जाका लागि आवश्यक हुन्छ तर गरुङ्गो नास्ता गरिरहनु पर्दैन । केरा वा दूध खाए पनि पुग्छ ।

४) राति सुत्नु अघि काँक्रो अथवा दही खानु हुँदैन भन्ने धारणा छ तर यसको कुनै वैज्ञानिक आधार भने छैन । त्यस कारण राति मज्जाले काँक्रो वा दही खाना सकिन्छ ।

तस्बिर; knowscan.com

५) कुनै प्रकारका फलफुल काँचै खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ तर अहिलेको आधुनिक युगमा प्राकृतिक किसिमका फलफुल पाउन मुस्किल हुन्छ । त्यसैले कुनै प्रकारका फलफुललाई तातो पानीमा उमालेर वा तातो पानीले धोएर खानु आवश्यक छ । अझ बिरामी व्यक्तिका निम्ति यो सबैभन्दा बढी आवश्यक छ ।

  • स्वस्थ रहन हामीले दैनिक जीवनका साधारण भन्दा साधारण कुरामा ध्यान पुर्याउन आवस्यक रहन्छ । के खाने, कतिखेर खाने र कति खाने । खाना खाने विषयमा यति बुज्न सकियो र यसलाई आफ्नो जीवनमा अपनाउन सकियो भने अधिकतम रुपमा हाम्रा शारीरिक समस्या नियन्त्रण हुन सक्छन ।

 

प्रतिक्रिया