आफ्नो गल्तीबाट सिक्ने कि अरूको गल्तीबाट पनि सिक्ने ?

परामर्शदाता ‘मेन्टर’ को महत्त्व !

प्रत्यक्ष आफ्नो मेन्टरको लेक्चर, भोगाइबाट सिक्यौँ भने घर जग्गा (रियल इस्टेट) जस्तो जोखिमपूर्ण बिजनेसमा राम्रो गर्ने सम्भावना बढ्छ I आफ्नो गुरुले गरेका गल्ती नदोहोरिने भयो, पूर्व तयारी राम्रो हुने भयो I हामीले आफ्नो समय, ऊर्जा र पैसा अन्य काममा लगाउन सक्ने भयौँ I

हाम्रो कथा २०७६ साउन ३२ गते १६:२७

तस्वीर : खान एकाडेमी

एक जना मान्छेले गुगलमा सर्च गरे ‘जेफ बेजोस जस्तो धनी कसरी हुने ?’ सर्च गर्दा मुख्य ३ वटा तरिका हुन सक्छन् I

१) मेहनत गर्नुस्, पढ्दै सिक्ने हो

२) बिजनेस गर्नुस्, गरेरै सिक्ने हो

३) अमेजोनका जेफ बेजोसको वेबसाइटमा प्रत्यक्ष उनकै लेक्चर, भोगाइबाट सिक्ने

यस मध्ये तपाईँ हामी कुन रोज्ने ?

हाम्रो जीवनमा मुख्य ४ वटा प्राथमिकताहरू हुन्छन् :- स्वास्थ्य, कमाई, सम्बन्ध र खुसी I

यदि निरन्तर मेहनत गरिरहने रोज्यौँ भने सायद हामीले स्वास्थ्यसँग केही सम्झौता गर्नु पर्ने हुनसक्छ I मेहनत गर्दैमा चाहिए जति पैसा कमाइन्छ भन्ने पनि हुँदैन I

अब यदि धनी बन्नका लागी बिजनेस गर्ने हो भने, के रियल इस्टेटको बिजनेस सुरु गर्छु I बिजनेस गर्दै जाँदा सिकिन्छ भनेर सोच्नु पर्याप्त होला I यसरी धनी हुन् पनि सकिन्छ या त हामी कुनै एक गल्तीले गर्दा  कमाई, सम्बन्ध र खुसी सबै सँगै गुमाउने अवस्था पनि आउन सक्छ I

यदि हामीले कोही गुरु ‘मेन्टर’ रोज्यौँ जस्तै कि :- प्रत्यक्ष आफ्नो गुरु कै लेक्चर, अन्तरक्रिया, भोगाइबाट सिक्यौँ भने रियल इस्टेट जस्तो जोखिमपूर्ण बिजनेसमा राम्रो गर्ने सम्भावना बढ्छ I आफ्नो गुरुले गरेका गल्ती नदोहोरिने भयो, पूर्व तयारी राम्रो हुने भयो I हामीले आफ्नो समय, ऊर्जा र पैसा अन्य काममा लगाउन सक्ने भयौँ I

यसै सम्बन्धमा एउटा भनाई छ I एउटा फुर्तिलो (स्मार्ट) व्यक्तिले आफ्ना गल्तीहरूबाट सिक्छ भने बुद्धिमानी (वाईज) व्यक्तिले अरूका गल्तीहरूबाट सिक्छ I

अब कुरा आउँछ कि मेन्टरबाट कसरी सिक्ने ?

१) उनीहरूलाई भेट्ने, अन्तरक्रिया गर्ने, आफ्ना जिज्ञासा र समस्याहरू छलफल गर्ने ? हामी मध्य धेरै जनालाई लाग्छ कि व्यस्त मेन्टरहरुलाई हाम्रो लागी फर्साद कहाँ हुनु ! तर, पहल गर्नु भन्दा पहिले नै हार मान्न मिल्दैन I हाम्रो प्यासन, साँचो चाहना देखेर उनीहरूले समय दिने सम्भावना बढ्न सक्छ I तर, सबै भन्दा महत्त्वपूर्ण कुरा भनेको पहल गर्नु नै हो I

२) यदि मेन्टर सँग  भेट सम्भव छैन भने उनीहरूले लेखेका किताब, उनीहरूको लेक्चर, जीवनीहरूबाट सिक्न सकिन्छ I

मेन्टर कसलाई बनाउने ?

आफ्नो क्षेत्र र लक्ष्य, केही हदसम्म विचार मिल्ने, जिन्दगीको सिद्धान्त/ दर्शन मिल्ने र आफ्नूले साँचो मन देखी आदर गर्ने व्यक्तिलाई मेन्टर बनाइन्छ I

सफल व्यक्तित्वहरूको उदाहरण हेर्ने हो भने ईलोन मस्क, जेफ बेजोस, स्टीव जब्स; यी सबैका मेन्टर हुनुहुन्थियो I र, यी सबैजनाले मेन्टर मार्फत आर्जन गरेका कुराबारे विभिन्न मिडिया स्रोतहरूमा वर्णन गरेका छन् I

प्रतिक्रिया

सम्बन्धित

नेपाली रंगमंचका सफल नाटक !

१२ भदौ , २०७६ २ मिनेटमा पढिने

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने
लोकप्रिय