मिडिया एम्पायर खडा गर्ने पहिलो व्यक्ति !

उनले टाइम वार्नरलाई ७.५ विलियन डलरमा कम्पनि बेचे । हाल ७८ वर्षका टर्नर २.३ विलियन डलरका मालिक हुन् । साथै अमेरिकाका धेरै जग्गा हुनेमा २ मिलियन एकर सहित दोश्रो नम्बरमा पर्छन् । अर्जेन्टिना लगायत अन्य देशमा समेत उनको सम्पत्ति भएको विश्वास गरिन्छ । उनी धनी मात्र हैन दानी पनि छन् । संयुक्त राष्ट्रसंघलाई उनले एक विलियन डलर उपहार स्वरुप प्रदान समेत गरेका छन् ।

हाम्रो कथा २०७६ साउन २९ गते १५:५०

सफलताका भोको त धेरै छन्, तर सफलता हासिल गर्ने कम । संभवत् मिडिया क्षेत्र कोहि रियल अन्टर्प्रेनर छन् भने ती टेड टर्नर हुनु पर्छ ।

बस् चाह हुनुपर्छ व्यापारको, कारोवार हुन्छ अपारको । यस्तै रहेछ कहानी रोवर्ट इडवर्ड टर्नर अर्थात् टेड टर्नरको । उनी विश्व चर्चित टेलीभिजन सिएनएनका मालिक हुन् । १९३८ नोभम्बर १९ मा ओहिओ अमेरिकामा जन्मिएका टर्नरलाई मिडिया मोगल तथा मिडिया म्याग्नेट भनिन्छ । डिप्लोमा सक्नु अघि नै कलेजबाट निष्कासित भएका उनी पछि दुनियाँको धनि व्यक्तिहरुको सुचिमा अटाए ।

सन् १९६२ मा उनको बुबाले आत्महत्या गरेपछि बुबाले सम्हाल्दै आएको कम्पनि टर्नर एडभर्टाइजिङ लाई सम्पुर्णतयाः हेर्नुपर्ने जिम्मेवारी थपिएपछि उनले २४ वर्षको उमेरमा विरासत सम्हाले । उनी कति सम्म विजनेस माइन्डेड थिए भने उनले कम्पनि सम्हालेको केही वर्षमै यसलाई ग्लोबल बनाए । १९७० को दशकमा कम्पनिले विश्व स्तरको सफलता चुमिसकेको थियो ।

तर सफलताका भोको टर्नर यत्तिमै सिमित भएनन् । सन् १९७६ मा अझ विस्तारित अडियन्स सामु पुग्ने उनको रहरलाई स्ट्राटेजी बनाएर अघि बढे । टर्नर एड्भर्टाइजिङ लाई टर्नर ब्रोडकाष्टिङ बनाए । जसको उपज स्वरुप सन् १९८० मा सिएनएन को सुरुवात भयो । त्यसपछि त उनले एकएक गर्दै मिडिया एम्पायर नै खडा गरे । कार्टुन नेट्वर्क, टिएनटि, टिसिएम, एचबिओ जस्ता टेलिभिजनको लहर स्थापना गरे । सन् १९८५ मा एमजिएम जस्तो चर्चित प्रोडक्सन कम्पनि किने ।

पछि उनले टाइम वार्नरलाई ७.५ विलियन डलरमा कम्पनि बेचे । हाल ७८ वर्षका टर्नर २.३ विलियन डलरका मालिक हुन् । साथै अमेरिकाका धेरै जग्गा हुनेमा २ मिलियन एकर सहित दोश्रो नंबरमा पर्छन् । अर्जेन्टिना लगायत अन्य देशमा समेत उनको सम्पत्ति भएको विश्वास गरिन्छ । उनी धनि मात्र हैन दानी पनि छन् । संयुक्त राष्ट्रसंघलाई उनले एक विलियन डलर उपहार स्वरुप प्रदान समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने