पारिवारिक व्यवसायको संस्कार

हावर्ड बिजनेज स्कुलको एक अध्यनले बताएको छ कि विश्वभरीका व्यवसाय मध्य २ तिहाई व्यवसाय पारिवारिक व्यवसायमा आधारित छन् I विश्वको ७० देखि ९० प्रतिशत कुल ग्राह्यस्थ उत्पादन (GDP) मा पारिवारिक व्यवसायको योगदान छ I

हाम्रो कथा २०७६ साउन २८ गते १७:३३

नेपालको सन्दर्भमा नेवारी र माडवाडी समुदायमा फ्यामली बिजनेसको संस्कार परिपक्क देख्न पाएका छौँ I पारिवारिक व्यवसायको संस्कारले पक्कै पनि एक अर्थतन्त्रलाई बलियो बनाउन सहायता गर्छ, उद्यम/ व्यवसाय गर्ने प्रेरणा एक पुस्ताबाट अर्कोमा हस्तान्तरण गर्दा कुनै पनि व्यवसाय या उद्यम अझ खारिँदै जान्छ I

हावर्ड बिजनेज स्कुलको एक अध्यनले बताएको छ कि विश्वभरीका व्यवसाय मध्य २ तिहाई व्यवसाय पारिवारिक व्यवसायमा आधारित छन् I विश्वको ७० देखि ९० प्रतिशत कुल ग्राह्यस्थ उत्पादन (GDP) मा पारिवारिक व्यवसायको योगदान छ I

विश्वमा ५० प्रतिशत देखि ८० प्रतिशत जागिर सिर्जनामा पनि  पारिवारिक व्यवसायको नै योगदान रहेको छ I

एस. सी जन्सन कम्पनीको एक अध्यनका अनुसार ८० प्रतिशत उपभोगताले पारिवारिक व्यवसायबाट उत्पादित वस्तुहरूमा बढी विश्वास गरी, ढुक्कसँग उपभोग गरिरहेको प्रतिक्रिया जनाए I

फ्यामली बिजनेसको संस्कार ठुला-ठुला घरानामा मात्र नभई ; विश्वका केही यस्ता सभ्यता छन्, जहाँ पारिवारिक व्यवसाय एक परम्परा बनेको छ I पारिवारिक व्यवसायको लागी प्रख्यात र सर्वकृष्ट राष्ट्रहरू फ्रान्स, जर्मनी, इन्डिया, जापान र अमेरिका मानिन्छन् I अमेरिकाको वालमार्ट, कोरियाको स्याम्संग र इन्डियाको टाटा ग्रुप विश्वभर फस्टाउन सफल उदारणीय केही कम्पनीहरू हुन् I

अहिलेको समयमा विश्वको सबैभन्दा पुरानो व्यवसाय कुन हो?

गिनीज बुक अफ वर्ल्ड रेकर्ड मा दर्ता भए अनुसार, जापानको यमानासी सहरमा अवस्थित निसियाना ओंसेन केहीउन्कन (Nisiyama Onsen Keiunkan), होटल विश्वकै सबैभन्दा पुरानो पारिवारिक व्यवसाय हो जुन करीब १३०० वर्ष पुरानो; सन् ७०५ देखि संचालित छ I सो होटेलमा ३७ वटा कोठा छन् I अहिलेको समयमा यो होटेल ५२ औँ पुस्ताले चलाइरहेका छन् I

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने