डोमेन नाम दर्तामा याद राख्नु पर्ने कानुनी व्यवस्था !

राज्यको कानून मान्नु हरेक नागरिकको कर्तव्य हो । त्यसैगरी कानूनको जानकारी पाउनु हरेक नागरिकको अधिकार हो । अनि मिडियाको धर्म पनि । त्यसैले सार्वजनिक जानकारीका लागि हामीले यो स्तम्भ सुरु गरेका छौं । तपाईलाई कुनै कानून विशेषको जानकारी चाहिएको छ भने हामीलाई सम्पर्क गर्नु होला ।

हाम्रो कथा २०७६ साउन २५ गते १५:३३

तस्वीर : theraven.me

कुनै पनि संस्थाले एन पी (np) डोमेनमा नाम दर्ता गराउन केहि नियमावलीहरुको पालना गर्नु पर्छ I

— दर्ता भएको डोमेन नाम अरु कसैले प्रयोग गर्न पाउने छैन I

— दर्ता भएको डोमेन नामसँग झुक्किने वा मिल्दो जुल्दो डोमेन नाम दर्ता गर्न पाईदैन I

— दर्ता भएको डोमेन नाम प्रत्येक दुई वर्षमा तोकिए अनुसारको दर्तुर बुझाई नविकरण गर्नु पर्छ I

त्यस्तै, अन्य डट ओआरजी, डट बिज जस्ता डोमेनहरु भने अन्तरास्ट्रिय डोमेन मापदण्ड अन्तर्गत नै दर्ता गर्ने हो I अन्त्यमा डट एन पी मात्र नेपाल सरकारको नियन्त्रण भित्र पर्ने विषय हो I सरकारी निकायले भने आफ्नो डोमेन नाम गभर्मेन्ट डट एन पीमा दर्ता गर्ने गर्दछ I

डोमेन नाम सुरक्षित राख्न के गर्ने ?

१) कुनै पनि कम्पनीको नाम दर्ता गरेको ट्रेडनेम

२) भौगोलिक तथा पर्यटकीय  स्थलहरुको नाम

३) पुरातात्विक वा धार्मिक महत्वका नाम

४) राष्ट्रस्तरमा ख्याति प्राप्त व्यक्तिहरुको नाम

५) अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको नाम

६) नेपाल सरकारले नै तोकेको अन्य अरु नाम

अन्यत्र जनसुकुै कुरा लेखिएको भएता पनि कुनिया राष्ट्रिय भाषामा डोमेन नाम दर्ता तथा प्रयोग गर्न बाधा पुगेको मानिने छैन I

डोमेन नामको सञ्चालनलाई भरपर्दो र सुरक्षित बनाउनको लागी मन्त्रालयले डोमेन नाम संचालकलाई आवश्यक निर्देशन दिन पाउँछ I

(राज्यको कानून मान्नु हरेक नागरिकको कर्तव्य हो । त्यसैगरी कानूनको जानकारी पाउनु हरेक नागरिकको अधिकार हो । अनि मिडियाको धर्म पनि । त्यसैले सार्वजनिक जानकारीका लागि हामीले यो स्तम्भ सुरु गरेका छौं । तपाईलाई कुनै कानून विशेषको जानकारी चाहिएको छ भने हामीलाई सम्पर्क गर्नु होला ।)

 

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

आज कामको पहिलो दिन

२ दिन अगाडि ४२ सेकेन्डमा पढिने