करियर छनोटका लागी फर्मुला !

यस अभ्यासबाट निर्णय लिने बानी बसाल्दा फाईदाजनक हुन्छ

यो अभ्यास करियर छनोट गर्दा मात्र प्रयोग गर्न सकिने होइन I कुनै पनि व्यवसायिक निर्णय, परिक्षाको तयारी, रणनीति निर्धारणमा प्रयोग गर्न सकिन्छ ।

हाम्रो कथा २०७६ साउन २४ गते १७:४१

तस्बिर श्रोत : 80000hours.org

हाम्रो करियर पनि गाडीको इन्जिन जस्तै हो I गाडीको इन्जिन जति सुकै राम्रो भए पनि यदि वरीपरी हुस्सु लागेको छ भने गाडी राम्रो चलाउन सकिदैन I  त्यस्तै, हामी भित्र जति नै क्षमता, सीप, ज्ञान भएपनि यदि आफ्नो करियरमा के गर्ने भन्ने अन्योल (कन्फ्युजन) भएमा सफलता प्राप्त हुदैन I सहि दिशा छनोट गर्न सक्नु पर्छ I

यस अभ्यासका लागी कागज र कलम अनिवार्य छ ।

एउटा सुत्र याद राखौं I

करियर = स.म.फ

उदाहरणको सहायताले अभ्यास गर्न सिकौं :-

म लेखनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहन्छु ।

लेखनको क्षेत्रमा ४ वटा विकल्प हुन सक्छन :- कथा लेख्ने, ब्लग, SEO/ वेवसाईटको लागी लेख्ने, टेक्निकल दस्तावेज लेखन

पहिलो चरण,

१) आत्म सन्तुष्टि (स)

काम गर्दा आत्म सन्तुष्टि सबैलाई चाहिन्छ। सन्तुष्टि नै सबैभन्दा माथि हुन्छ । सन्तुष्टिको हिसाबमा आफ्नो करियरको विकल्पहरुलाई १ देखि १० को बीचमा मुल्यालन गरौँ । १० भनेको अधिक सन्तुष्टि र त्यसैक्रममा अङ्कहरु घटाउदै जान सक्छौँ ।

२) मार्केट को आवश्यकता (म)

लामो यात्रामा अघि बढ्नु छ भने मार्केटलाई तपाईको लेख आवश्यक छ कि छैन भन्ने कुरा त बुझ्ने पर्यो I नत्र, आफुलाई सन्तुष्टि दिने कामबाट ग्राहक वर्गले केहि पनि प्राप्त नगरे त्यो पेशा बन्न सक्दैन I

३) फाईदा (फ)

हामी सबैलाई थाहा भएकै कुरा पैसा नभए पेशा टिक्दैन I पैसाले नै जीविका चल्ने हो I

अब पहिलो भएको SEO (वेवसाईट) लाई नै आफ्नो पेशा बनाउनु पर्छ भन्ने छैन I कथा लेखन मै काम गर्दा पनि हुन्छ I यो अभ्यासले गर्दा यति त बुझियो कि कथा लेखन गर्दा फाइदा अलि कम हुन्छ I पाठक त्यति धेरै हुदैनन् I त्यहि पनि अहिले फाइदा कमाउन हतार छैन भने, ग्राहक वर्गबीच धेरै लोकप्रिय हुनै पर्छ भन्ने अहिले छैन भने , कथा लेखन गर्दा हुन्छ I

यस अभ्यासको मर्म भनेको आफ्नो पेशा, उपलब्धी र परिणामहरुमा स्पष्ट हुनु हो । आफ्नो करियर कुन दिशामा जादै छ भन्ने कुरा स्पष्ट भए ग्राहक कमाउने हतार, पैसा कमाउने हतार वा पूर्ण सन्तुष्टि नै प्राप्त गर्नु पर्ने हतार हुदैन I जीवनमा अघि बढ्न आवश्यक हुने कुरा भनेको पनि यति नै हो ।

यो अभ्यास करियर छनोट गर्दा मात्र प्रयोग गर्न सकिने होइन I कुनै पनि व्यवसायिक निर्णय, परिक्षाको तयारी, रणनीति निर्धारणमा प्रयोग गर्न सकिन्छ ।

प्रस्तुती: बिबिता कोइराला

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने