‘लेदर’को बजार – उत्पादन, बजार, सम्भावना र व्यवस्थापन

बिस्तारै समय बदलियो I नेपाली उत्पादन नै आकर्षण बन्न थाल्यो I ग्राहकको चाहना वमोजिम सामानहरु बन्न थाले I अमित शाहले पनि आफ्नै सोरुम मार्फत आफ्ना उत्पादन बेच्न थाले I

हाम्रो कथा २०७६ साउन २३ गते १६:३०

हामी जसो धेरैले छालाजन्य ब्याग, बेल्ट, पर्स, ज्याकेटको प्रयोग दैनिक रुपमा गर्छौं I यसको व्यवसायिक सम्भावना पनि निकै राम्रो छ I

यो १५ वर्ष लामो व्यवसायिक यात्रा को I जति बेला अमित शाहले छालाजन्य वस्तु उत्पादनको व्यवसाय सुरु गरेका थिए, त्यतिबेला ग्राहकले नेपाली ज्याकेटको नाम सुने पछी त्यसबाट टाढा बस्न रुचाउथे I तर समय परिवर्तनशिल छ I  नेपाली छालाजन्य सामान अहिले ग्राहकहरूको पहिलो रोजाइमा पर्न थालेको छ I

अमित शाहले व्यापार व्यवसायमा कुल ३५ वर्ष बिताए I अमित शाह को ‘लेदर’ व्यवसायिक दोस्रो प्रोजेक्ट हो I यसअघि उनले गार्मेन्ट व्यवसाय गरेका थिए I

गार्मेन्ट व्यवसाय धरासायी भएपछि उनले लेदर व्यवसायमा हात हालेका हुन् I लेदर व्यवसायको पृष्ठभूमि बुझ्न करीब १५ वर्ष पछी फर्कनु पर्छ I

एकदिन उनका एक साथीले नेपालमा लेदरको व्यवसाय बारे कुरा सुनाए I राम्रो सम्भावना देखाए I गार्मेन्ट व्यवसाय ओरालो लागेको चिन्तामा रहेकै समय उनको ध्यान लेदर व्यवसायले तान्यो I

नेपाल लेदर क्राफ्ट का  प्रबन्ध निर्देशक अमित शाह बताउँछन्, “यहाँको स्थति हेर्दा गार्मेन्ट लामो समय  बढ्छ जस्तो लागेन I अनि मलाई बिजनेस डाईवर्ट गर्नु थियो I त्यसैले सजिलै लेदर आपनाए I दुवै प्रडक्सन लाईन हो I प्रडक्सनमा त राम्रो अनुभव भई सकेको थियो I

मैले एक जना इन्डियन चिनेको थिए I उनको लेदरको फ्याक्ट्री थियो I उनले नै राम्रो फाइदा छ भनेर बुझाउनु भयो I”

मनमा प्रश्नहरु उब्जिन थाल्यो I उनलाई लग्यो लेदर व्यवसाय बारे त जान्ने पर्यो I बजार बुझ्न न्युरोडमा रहेको एक साथीको पसलमा पुगे उनी I

साथीले उनलाई यति हौस्याउँछन् कि उनले उत्पादन गरे जति सबै लेदरको प्रोडक्ट बजारको जिम्मा लिईदिए I

उनले व्यवसाय सुरु गर्दा छालाजन्य वस्तुको उत्पादन निकै कम थियो I नेपालमा पाईने लेदरका वस्तु धेरै जसो सबै विदेशबाट आयातित हुन्थे I

नेपालमा बनेको लेदरको समानमा एउटा भरोसाको बिन्दु थियो I उत्पादित समानको ग्यारेण्टी थियो I अनि अर्को भनेको साटफेर अथवा ‘एक्सचेन्ज’ सुबिधा I

अमित शाह थप बताउछन, “भारतबाट आएका समानको ग्यारेण्टी, वारेण्टी केहि दिन सकिदैन थियो I विश्वासको कारणले नेपाली लेदर मन पराईन थाल्यो I”

अन्य लेदरको समान त मन पराईन्थियो तर लेदरको ज्याकेटमा पाकिस्तानी ब्राण्डको दबदबा थियो I नेपाली ज्याकेटलाई समेत पाकिस्तानी ज्याकेट भनेर बजारमा प्रस्तुत गर्नु पर्ने अवस्था थियो I

बिस्तारै समय बदलियो I नेपाली उत्पादन आकर्षण बन्न थाल्यो I ग्राहकको चाहना वमोजिम सामानहरु बन्न थाले I  अमित शाहले पनि आफ्नै सोरुम मार्फत आफ्ना उत्पादन बेच्न थाले I कपडाका लुगाको बजारको तुलनामा अझै पनि लेदरको पहिरनको बजार बिस्तार गर्न चुनौती नै छ I

उनी बताउछन्, “महँगो भएपनि बलियो हुने हुँदा भने ग्राहकले मन पराउन थालेका छन् I लेदर भनेपछी अलि उच्च गुणस्तरको हुन्छ I झन् ब्यासको कुरा आउँदा त धेरैले लेदरको ब्यास नै मन पराउछन् I”

लेदरको समान भनेको दिर्घकालिन खरीद मान्न सकिन्छ I सुरुमा महँगो लाग्छ, तर वर्षौं-वर्ष टिक्छ I त्यस किसाबले लेदर फाईदाजनक हुन्छ I डिजाइन र आकर्षणको दृष्टिले पनि लेदर कुनै पनि कपना राम्रो हुन्छ I

अहिले नेपाल लेदर क्राफ्ट निकै माथि पुगेको छ I ६० जनाले रोजगारी पाएका छन् I

नेपाल लेदर क्राफ्टकी निर्देशक एलिसा शाहले बताईन्, “सामान्य ५० रुपैयाँ पर्ने किरिङ्ग देखि १५ हजार रुपैयाँ पर्ने ज्याकेटसम्म यहीँबाट उत्पादन हुन्छ I नेपाली प्रोडक्टलाई नेपालीहरुले नै उपभोग गर्न सकून सक्दो धेरै I राम्रो गुणस्तरीय समान दिन्छौं सक्दो सुपथ मूल्यमा I यी दुई विशेषताले नै हाम्रो ब्रण्डिङ्ग गर्ने हो I”

यो उद्योगमा समानको माग निकै नै बढ्दो छ I दैनिक १५ वटा भन्दा बढि त ज्याकेटकै अडर आउने गर्दछ I यस बारेक ब्यास तथा अन्य समानको माग पनि यतिकै बढ्दो छ I

एलिसा शाह थप बताउछिन् , “हामीले डिमाण्ड अनुसारको स्पलाई गर्न नसकेको स्थिति छ I कामदारको क्षमता र सप्लाई बढाउनु पर्ने छ I”

नेपाली छालाजन्य उत्पादनको प्रवर्द्धन संगै बजार पनि राम्रै पाउन थालिएको छ I यस्ता नेपाली लेदर ब्रान्डको प्रवर्द्धन नेपालमा मात्र होइन विभिन्न अन्य देशका मेला महोत्सवमा पनि गर्न थालेका छन् I यसले नेपाली उत्पादनलाई निर्यात गर्ने राम्रो बाटो बनाई दिएको छ I

नेपाली लेदरको माग बिदेशी बजारमा उच्च रहेको नेपाली व्यवसायीहरुको अनुभव छ I अमित शाह व्यक्त गर्दछन्, “हाम्रो चाहना के छ भन्दा अमेरिकामा पनि राम्रो संग निर्यात गर्न सकौं I हालै फ्रान्कफर्टमा आयोजित एक प्रदर्शनीमा भाग लियौं I त्यहाँ पनि राम्रो डिमाण्ड रहेछ I डिमाण्ड जताततै देखें I लेदरको डिमाण्ड कतै पनि कम देखिएको छैन I

अझ सम्भावना छ !

अमित शाहले बताए अनुसार अहिले पनि उनको उत्पादन संख्या अझ बढाउन सकिन्छ I तर, पर्याप्त कामदार पाईएको छैन I यहाँ काम गर्ने इच्छा कामदारले देखाउदैनन् I दिर्घकालिन त विदेशमै काम गर्नु भन्ने मनस्थितिले यसो भएको जस्तो देखिन्छ I उनी मान्छे नपाएर नै ठुलो स्केलमा जान सकेका छैनन् I

निर्यातको प्रयास पनि जारी छ I अलिअलि निर्यात भई रहेको छ I न्यु-जील्यान्ड , क्यानडा, जापान, अमेरिकामा समान त पठाएका छन् तर ठुलो संख्यामा निर्यातको लागी पनि प्रयास गर्दै छौँ जसको लागी मुख्य आवश्यकता भनेको नेपालमा काम गर्ने जनशक्ति नै हो I

प्रतिक्रिया

सम्बन्धित

नेपाली रंगमंचका सफल नाटक !

१२ भदौ , २०७६ २ मिनेटमा पढिने

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने
लोकप्रिय