मन जित्ने बिजनेस प्लान

सेट गडिनको सन्देश

हाम्रो कथा २०७६ साउन २२ गते १५:५७

हामी मध्य धेरै जसोलाई बिजनेस प्लान लेख्न र पढ्न अल्छी लाग्छ I बिजनेस प्लान कर परेकोले मात्र लेख्ने हो I न त हाम्रा बिजनेस प्लानले उत्साह जगाउँछ, न त सही मार्ग चित्र देखाउँछ I

तस्बिर श्रोत : invoice.nq

बिजनेस नबुझ्ने पनि बिजनेस प्लानको ढाँचा र पस्तुत गर्नु पर्ने निकायको आवश्यकता बुझ्यो अनि त्यही अनुसार बिजनेस प्लान पेस गर्‍यो I तर, आफ्नो बिजनेस बारे फराकिलो दृष्टिकोण राख्न, अरूलाई खुलस्त बुझाउन, आफ्नो प्लान / प्रपोजललाई पाँच भागमा विभाजन गरौँ I

— सत्य / तथ्य बुझाऔँ

— परिवर्तनको बाचा

— अपवादको अवस्था बारे बुझाऔँ

— मानवश्रोतलाई प्रस्तुत गर्ने

— पैसाको आवश्यकता

१) सत्य / तथ्य बुझाऔँ

यस भागमा, आफ्नो वरिपरिको संसारलाई जस्तो देखिन्छ त्यस्तै बयान गर्ने हो I आफ्नो उद्यमलाई कसरी बजारमा प्रवेश गराउने ? उपभोक्ताका के-कस्ता अभावलाई सम्बोधन गर्ने ? के-कस्ता प्रतिस्पर्धी बजारमा छन् ? कुन स्तरको प्रविधि प्रयोग गर्ने ? आफूले प्लान गरेको प्रयोग पहिले कतै सफल भएका छन् कि छैनन् ? आफूले गरेको रिसर्चलाई सक्दो स्पष्ट गरेर बुझाउने I आफ्नो परिकल्पनाका सबै पाटाहरूलाई केलाउने I

यसले लगानीकर्ता, परामर्शदातालाई स्पष्ट गर्दछ कि हामीले आफ्नो दुनियाँ र अरूको समस्या बुझेका छौँ I

२) परिवर्तनको बाचा

यस भागले “आफूले ल्याउन सक्ने परिवर्तन” बारे बयान गर्ने I आफूले ल्याउन सक्ने परिवर्तनको कुरा राख्न पाउनु हाम्रो लागी एउटा ठुलो अवसर पनि हो I जस्तै: हामी “क” गर्नेछौँ , जसको परिणाम स्वरूप “ख” प्रस्तुत गर्नेछौँ I परिवर्तनको वाचालाई बिजनेस प्लानको मुटु भन्न सकिन्छ I

३) अपवादको अवस्थामा के गर्ने

वास्तविक कार्य गर्दा आफूले परिकल्पना गरे अनुरूपको काम कसैले गर्न सक्दैनन् I त्यसैले ती अपवादहरूको लागी पनि ठाउँ चाहिन्छ I यदि आफूले चाहे अनुरूपको बजेट नपाए, के गर्ने ? यदि अपेक्षा अनुरूप सेल्स नभए के त ? यस्तो अवस्थामा विकल्प के कस्ता छन् I यस्तो अवस्थामा हाम्रो प्रोडक्ट र टिम कत्तिको उपलब्ध “फ्लेक्सीवल” हुन सक्छ, भन्ने कुरा स्पष्ट गराउने हो I

४) मानव श्रोत

आफ्नो टिमका साथीहरूको विशेषता के हो ? उनीहरूको नाम, अनुभव र योग्यताबारे धेरै छलफल गर्ने होइन, उनीहरूको क्षमता र काम प्रतिको मानसिकतालाई पुष्टि गर्ने हो I उनीहरूकै शब्दमा उनहरूको कुरा व्यक्त भए झनै राम्रो हुनसक्छ I

५) पैसाको कुरा

पैसाको कुरा अन्त्यमा गर्ने हो I आफ्नो बिजनेस सुरु गर्न कति पैसा लाग्छ ? सो-पैसा कसरी खर्च हुन्छ ? मार्जिन कति राख्ने ? फाइदा / घाटा कस्तो छ ? क्यास फ्लो, व्यालेन्स सिट कस्तो देखिन्छ भन्ने ढाँचा प्रस्तुत गर्ने I

यद्यपि, कुनै पनि आधिकरीत निकायले यो फोर्म्यातमा प्लान / प्रपोजल पेस गरे स्वीकार नगर्ला I तर, यी ५ विषयहरूको अभ्यास गरेमा उद्यमी आफैलाई चाहिँ धेरै फाइदा र उत्प्रेरणा प्राप्त हुन्छ I अधिकारीक प्रपोजल पेस गर्दा पनि पारंपरिक फोर्म्यातमा यी कुरा समावेश गर्ने ठाउँ आफै पहिचान गरी, यी विषयवस्तु प्रस्तुत गर्न सकिन्छ I

तस्वीरमा : सेट गडिन

प्रस्तुती : बिबिता कोइराला

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने