आखिर के रहेछ त ‘सफल उद्यम’ ?

कोड्याक, नोकिया र सेरोक्सको व्यवसायिक यात्रा

सफलताबाट जति प्रेरणा लिन सक्छौँ; असफलताबाट त्यो भन्दा धेरै पाठ सिक्न सक्छौँ !

हाम्रो कथा २०७६ साउन २० गते १७:३९

तस्बिर : Business Insider

सफलताबाट हामीले जति प्रेरणा लिन सक्छौँ I पक्कै पनि असफलताबाट त्यो भन्दा धेरै पाठ सिक्न सक्छौँ I असफलताले सिकाउने पाठबाट; हामी भित्र निकै परिपक्कता र विवेक जन्मिन्छ I

त्यसैले असफलताका कथाहरूले पनि अघि बढ्ने राम्रो मार्गदर्शन दिन सक्छन् I असफलताबाट पाठ – हामीले केही ठुला, विश्व बजार एक्लै ढाक्न सकेका कम्पनीका उदाहरणद्बाट बुझ्न सकिन्छ I

१) कोड्याक

तस्वीर: Getty Images

अहिलेको समयमा कोड्याकलाई हरेक वर्ष २१० मिलियन डलर भन्दा बढीको घाटा बेहोर्दै छ I

कोड्याकबारे एक रोचक कुरा – सन् १९७७ मा विश्वको पहिलो डिजिटल क्यामेराको प्याटेन्ट कोड्याकले लिई सकेको थियो I

त्यही पनि, व्यवहारमा उतार्ने बेलामा भने, कोड्याकले टेक्नोलोजीलाई अपनाउन सकेन I लामो समयसम्म म्याग्नेटीक टेपको र पारंपरिक फिल्म क्यामेरामा धेरै केन्द्रित रहेर, कोड्याकको बजार सुक्दै गयो I

कोड्याकको असफलताको  ओरालोबाट के सिक्न सकिन्छ ?

उपभोक्ता बजारका के भई रहेको छ भन्ने कुराको अज्ञानता ठुलो गल्ती बन्न सक्छ I भविष्यको समयलाई सम्बोधन गर्ने तयारी वर्तमान समयमै गर्न सक्नु पर्छ I कोड्याकले दूरदर्शिताको व्यवहारीक पाठ सिकाउँछ I

२) नोकिया

तस्वीर: PC Mag

सन् २००७ मा उचाइमा पुगिसकेको कम्पनी नरोकियालाई के भयो ?

सन् २०१० मा नरोकियाले ‘एन्ड्रोइड ‘ प्रयोगलाई अस्वीकार गरे I ‘एन्ड्रोइड‘ लाई रिजेक्ट गरी बरु सिम्बियन  प्रयोग गर्ने निर्णय लिए I सिम्बियन सिस्टमसँग धेरै प्रयोग गरे, सङ्घर्ष गरे तर ‘एन्ड्रोइड’ राम्रो विकल्प हुन सक्छ भन्ने कुरा नरोकियालाई स्वीकार्य भएन I

त्यसपछिको समय, आन्तरिक निर्णय गर्नमा नै  नोकिया अल्झिरह्यो I कम्पनीमा विवाद चलिरहने तर ठोस निर्णय लिन नसक्ने अवस्था आयो I फेरी २०१३ मा मिक्रोसफ्ट सिस्टमसँग काम गर्न थाल्यो I त्यही पनि खासै राम्रो उपलब्धि भएन I सन् २०१६मा स्मार्टफोन र ट्याब्लेटहरुमा काम गर्न फिनल्याण्डसंग यच.एम.डी(HMD) ग्लोबल सहमतीमा हस्ताक्षर भयो जसको परिणाम स्वरूप, नोकियाले अहिलेसम्म त ग्राहकहरूको मन जितिसकेका छैन  I

नोकियाको असफलताको यात्राबाट के सिक्न सकिन्छ ?

नरोकियाले बारम्बार एन्ड्रोइडलाई अस्वीकार गर्‍यो I ‘ओपन सोर्स’ को विकल्पलाई कहिले प्रयोग गर्ने सकेन I

हामी ईनोवेसन (नवाचार) सँगै अघि बढ्न सकेनौँ भने, हाम्रो बलियो धरातलले पनि हामीलाई जोगाई राख्न सक्दैन I नोकियाको सन्दर्भमा पनि यस्तै भयो I

आफ्नो निर्णय, विवेकमा अहम (अहङ्कार)को बादल कहिले लाग्न नदिउँ I सायद नोकियाको टप म्यानेजमेन्टमा पनि यसतै भएर, संग्रमणकालमा ठिक समयमा केही निर्णय लिनै सकेनन् I

३) सेरोक्स (प्रिन्टर कम्पनी)

तस्वीर: IEEE Spectrum

सेरोक्स २० औँ शताब्दीको सबै भन्दा ठुलो आविष्कार मानिन्छ I सेरोक्स अल्टोको प्रयोग २० औँ शताब्दीमा गर्न सकिने कल्पनाभन्दा निकै माथि थियो I कागत बिनाको संसारको प्रयोजन जेरोक्सद्वारा नै सम्भव भएको हो I ग्राफिक्स युजर ईन्टरफेसको पहिलो प्रयोग पनि सेरोक्सले नै ल्याएको हो I

त्यति गर्दा, सेरोक्सको कम्पनी सञ्चालन खर्च निकै बढ्दै गयो I अनि, सेरोक्सले स्टीव जोब्सलाई अफिस संचालन खर्च केही कम गर्न सल्लाहकारको रूपमा आमन्त्रिण गर्‍यो I सेरोक्सको टप म्यानेजमेन्टले जुन सम्भावना देख्न सकेन त्यो स्टीव जोब्सले देखेछन् I

अनि स्टीव जोब्सले केही आन्तरिक कर्मचारीबाट सेरोक्सको सबै गोप्य डाटा प्राप्त गरे I सो गोप्य जानकारीको लागी उनले ती कर्मचारीलाई ‘एप्पल’ कम्पनीको मिलियनवटा सेयर दिने बाचा गरी प्राप्त गरेका हुन् I त्यसपछि त बिस्तारै जेरोक्सको भविष्य एप्पलले निर्धारण गर्ने समय आयो I

त्यसैले, असफलता पनि भविष्यको लागी प्रेरणा, समस्याहरू समाधान र अध्यनको श्रोत बन्न सक्छ I

प्रस्तुती: बिबिता कोइराला

प्रतिक्रिया

सम्बन्धित

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने
लोकप्रिय