‘ज्याक मा’ले १० पटक हेरेको चलचित्र : फरेस्ट गम्प

फरेस्ट गम्पबाट के सिक्न सकिने रहेछ त !

हाम्रो कथा २०७६ साउन १७ गते १५:३५

तस्बिर श्रोत : virginmegastore.ae

फरेस्ट गम्प नामक चलचित्र हरेक उद्यमी व्यवसायीले हेर्नै पर्ने चलचित्र हो ।  भनिन्छ, चाइनिज व्यवसायी ज्याक मा जब जब आफ्नो कामबाट निकै चिन्तित ‘र्फस्टेट’ हुन्थे यही चलचित्र हेर्ने गर्थे रे । उनले यो चलचित्र १० पटक हेरेका छन् । यो चलचित्रमा त्यस्तो के होला ? यसको लागि त तपाईँले फिल्म नै हेर्नुपर्छ । तर,  फरेस्ट गम्पबाट हामीले सिक्न सक्ने पाठहरू यस्ता छन् ।

— तपाइले आफैले प्रयास गर्नु भएन भने आफू कतिको सक्षम हुनुहुन्छ भन्ने कहिल्यै थाहा हुँदैन

— राम्रो साथीहरू पाउनको लागि पहिले आफू राम्रो साथी हुनुपर्छ

— अरू कुराहरू नसोची आफूलाई जे मन पर्छ त्यही गर्नुहोस्

— जे गर्ने हो त्यसमा ध्यान दिनुहोस्

— सकारात्मक हुनुहोस् र आफ्नो कुरामा केन्द्रित रहनुहोस्

— अप्रत्याशित कुराहरूको आशा गर्नुहोस् र जहिले पनि खुल्ला विचार राख्ने गर्नुहोस्

खुसीको कुरा के छ भने, नेपालमा पनि पछिल्लो समयमा हिजो साना भनिएका कम्पनीहरू आज करोडौँ रुपैयाँमा किनबेच हुन थालेको छ । नयाँ नयाँ सोच भएका स्टार्ट अप कम्पनीहरू जन्मन थालेका छन् । आइडिया भए पैसा छैन भनेर बस्नुपर्ने दिन सकिन लागेका छन् । यो निकै शुभ सङ्केत हो । हिजो कल्पना जस्तो लाग्ने व्यवसाय आज मज्जाले चलिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

आज कामको पहिलो दिन

१ दिन अगाडि ४२ सेकेन्डमा पढिने