आइडिया फुर्दैमा केही हुँदैन; फुरेको आइडियालाई विकास गरे पो नयाँ आविष्कार जन्मन्छ !

‘वेर गुड आइडियाज कम फ्रम’ किताबको सारांश

हाम्रो कथा २०७६ साउन १६ गते १५:२५

आइडियाको उत्पत्ति कसरी भनेर बुझ्नका लागी इतिहासको एउटा प्रसङ्गबाट सारांश सुरु गरौँ I सन् १८५४ लन्डनको सोलु नामक ठाउँमा हैजा फैलियो I हैजाका कारण मान्छेहरू भकाभक मर्न थाले I समस्या लम्भिदै गएपछी सरकारी निकायहरू समाधानको खोजी गर्न थाले I उनीहरूको अनुमान थियो कि हावाबाट हैजा फैलिरहेको हुनुपर्छ ।

त्यहिसमय एक जना दूरदर्शी डाक्टर जोन स्नोले समस्या अध्ययन गरे । डाक्टर जोनलाई सोलु सहरको म्यापलाई आधार बनाई सत्य, तथ्य, कारकहरू अध्ययन गर्न थाले । सबै कारकहरूको निष्कर्ष आयो कि सहरको बिचमा अवस्थित पानीको पम्पको पानी सबै हैजा पीडित भएको कुरा अगाडि ल्याए र सरकारी निकायहरूलाई त्यो पानीको पम्प बन्द गरिदिन अनुरोध गरे । र, अन्त्यमा अवस्था सामान्य हुँदै गयो । समस्या समाधान भयो ।

किताबका लेखक स्टिभन जोन्सनले यस प्रसङ्गलाई जोड्दै आइडियाको उत्पत्ति कसरी हुन्छ भनेर किताबमा बुझाएका छन् ।

हैजा पानीबाट फैलिन सक्छ भन्ने कुरा डाक्टरहरूलाई दशकौँ अघि देखी थाहा थियो । डाक्टरहरूको टोली यस विषयमा वृस्तित अध्ययन गरी पनि रहेकै थिए । त्यही पनि सरकारी निकायहरूसम्म कुरा पुर्‍याउन र आफ्नो आइडिया कार्यान्वयन गराउन उनले लोकल म्यापको सहायता लिनु पर्‍यो । साथै अध्ययनलाई वैधानिक पुष्टि गर्नका लागी उनले अनेकौँ प्रक्रियामा काम गर्नु पर्‍यो । उनले म्याप अध्ययनका साथसाथै लन्डनका एक पुजारी हेनरी बाइटहेडको पनि सहायता लिए । पुजारी हेनरीलाई मेडिकल साइन्सबारे खासै ज्ञान थिएन । उनलाई ज्ञान थियो त त्यहाँका लोकल मान्छेहरूबारे, त्यस ठाउँको सभ्यता, संस्कार र मान्यताबारे ।

त्यसैले तपाईहामीले बुझ्नु पर्छ कि आफ्नै सिम्पल आइडियामा काम गर्न पनि हामीले धेरै जुक्तिहरू लगाउनु पर्छ ।

उपयोगी आइडियाको लागी मुख्य ३ कुराहरूमा ध्यान दिनुपर्छ भनेर स्टिभन जोन्सनले बुझाएका छन् ।

१) लिक्विड नेटवर्क अर्थात् आफ्नो सञ्जाललाई खुल्ला राख्ने 

आइडिया आउनका लागी स्वतन्त्रता चाहिन्छ । स्वतन्त्र मन र विचार। अध्ययनहरूले बताउँछ कि युरोपमा धेरैजसो उपयोगी आइडियाहरू साथीहरूसँग गफ गर्दै कफी पिउँदा फुरेका हुन् । त्यसैले, राम्रो मान्छेहरूको सञ्जाल, क्लब, छलफल समूहमा सँगाल्न जरुरी हुन्छ । उपयोगी आइडिया कुराकानीबाट बाहिर निस्कने हो । एक्ल काटे सोचबाट फुरेको आइडियालाई पनि अन्तरक्रियाले निखार्छ । त्यसैले छलफल गर्ने संस्कारको विकास गरौँ ।

२) नियमित कामहरू चक्रबाट बाहिर निस्क 

यदि सधैँ एउटै ठाउँ, काम गरी रहे दिमागले एउटा प्याटन बनाउँछ । त्यस प्याटनबाट बाहिर निस्किएर नयाँ ठाउँ घुम्ने र नयाँ नयाँ मान्छेहरूलाई भेटे आफ्नो आइडियालाई धेरै हदसम्म निखार्न सकिन्छ ।

३) आइडिया भनेको निरन्तर गतिमा सिर्जना हुन्छ

ठुलठुला आइडिया एकै पटकको सोचबाट सिर्जना हुन्छन् भन्ने अवधारणा बोक्नु हुँदैन I टिम्बर्नर लीले २० वर्ष अध्ययन गरे पछि बल्ल वल्ड वाइड वेबको उत्पत्ति भएको हो I उनले केही महिनाको अपुरो सोचबाट नै काम गरेको भए आज हामीले यति मज्जाले इन्टरनेट चलाउने थिएनन् होला । त्यसै आइडिया फुर्‍यो भनेर हतार नगरौं । आफ्नै आइडियालाई अध्ययन गरौँ । आफ्नो आइडियाको विकास गरौँ । अनि पो बल्ल प्रभावकारी आविष्कार जन्माउन सकिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

आज कामको पहिलो दिन

२ दिन अगाडि ४२ सेकेन्डमा पढिने