यति महँगो गाडीले पनि आफ्नो बजार स्थापित गरि छाड्यो !

लम्बोर्गिनीको व्यवसायिक यात्रा

फेरुचो ल्याम्बोर्गीनी कार रेसिङका सौखिन थिए । तर एक पटक कार रेसका दौरान घाइते भएपछि भने उनले त्यो रहरलाई लगभग त्यागेका थिए ।

हाम्रो कथा २०७६ साउन १५ गते १७:३४

तस्बिर श्रोत : articulo.mercadolibre.com.mx

बुवाको सामान्य ग्यारेज देखेर मेकानिकल इन्जिनियरिङ तर्फ आकर्षित भएका एक सामान्य युवा उद्यमी तथा व्यवसायी बनेर उदाय । यि हुन् फेरुचो ल्याम्बोर्गीनी । सन् १९१६ को अप्रील २८ मा इटालीमा जन्मीएका यि व्यक्ति पछि दुनियाँको सबैभन्दा महंगो तथा चर्चित कार उत्पादन गर्ने कम्पनिका सञ्चालक होलान् भनेर सायदै कसैले सोचेका थिए ।

उनको यात्रा सन् १९४८ मा ल्याम्बोर्गीनी ट्रयाटोरी मार्फत ट्रयाक्टर उत्पादन गरेपछि सुरु हुन्छ । व्यवसायी भएपछि वातावरण पनि चिन्न सक्नुपर्छ भने झैं दोश्रो विश्व युद्धपछि रफ्तार लिएको कृषि क्रान्तिलाई मध्यनजर गर्दै उनले ट्रयाक्टर उत्पादन थालेका थिए । ‘अड्को पड्को तेलको धुप’ भनेझैं उनले युद्धमा प्रयोग भएको यातायातका पुर्जा प्रयोग गरेर पहिलो उत्पादन गरेका थिए ।

पछि यहि ट्रयाक्टरले उनको व्यवसायिक जीवनमा उधुम मच्चाएपछि भने एक समय उनीसँग मर्सिडिज, ज्यागुअर, फेरारी जस्ता कारहरुको संग्रह थियो । उनी सातामा सातवटा कार फेरेर चढ्ने क्षमतामा पुगेका थिए ।

फेरुचो कार रेसिङका सौखिन थिए । तर एक पटक कार रेसका दौरान घाइते भएपछि भने उनले त्यो रहरलाई लगभग त्यागेका थिए ।

मेकानिकल इन्जिनियर भएका कारण कारहरुमा हुने हरेक कमीकमजोरी प्रति उनको नजर परेकै हुन्थ्यो । त्यसक्रममा आफ्नो अति नै प्रिय कार फरारीको क्लच धेरै बिग्रीने समस्या रहेको ठानेपछि उनी एन्जो फरारीलाई भेटेरै सुझाव दिने भनि हिडेका थिए । तर एन्जोले अत्याधिक घमण्डका साथ फेरुचोलाई ट्रयाक्टर उत्पादनमै केन्द्रित हुन तथा कार सम्बन्धि कुराहरु उनीजस्ता ट्रयाक्टर उत्पादकले गर्न नसुहाउने बताएपछि फेरुचोले इख लिए । उनको भन्दा स्तरिय कार उत्पादन गर्ने भनेर ।

यसैका कारण १९६३ मा उनले ल्याम्बोर्गीनी अटोमोबाइल्स् स्थापना गरे । आफ्नो राशि वृष भएकाले लोगो पनि साँढे नै राखे । उनको कम्पनिले निकै प्रगति पनि गर्दै गयो । तर १९७० को दशकको आर्थिक मन्दिले सारा व्यवसायमा धक्का पुग्यो । उनले कम्पनि जोगाउन हरतरहको कसरत गरे । यहाँसम्म कि, उनले कम्पनिको अधिकांश शेयर बेचे पनि । पछि १९९३ फेब्रुअरि २० मा उनको देहान्त भयो जुन बेला कम्पनि दुख दिनहरु सँग संघर्ष गर्दै थियो ।

तर १९९६ पछि एक इन्डोनेसियन कम्पनिको हातमा पुगेपछि कम्पनिले केही प्रगति गर्याे । १९९८ मा भोल्कवागन कम्पनिले किन्यो ल्याम्बोर्गीनीलाई । यसपछि कम्पनिको सुखदः दिन सुरुभयो । हाल कम्पनिले सबैभन्दा सस्तो ल्याम्बोर्गीनी भनेको दुइलाख १२ हजार डलर बेच्छ ।

ल्याम्बोर्गीनीका असली मालिक उनको उत्पादनको यस्तो सुखद दिन हेर्न त जीवित छैनन् तर यदि भइदिएको भए, उनी साँच्चै गर्वसाथ भन्थे होला ‘आइ मेड इट बाइ माइ इगो ।’

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

आज कामको पहिलो दिन

१ दिन अगाडि ४२ सेकेन्डमा पढिने