पैसा बचाउनु छ भने – आफ्ना केहि मानसिकता परिवर्तन गर्नु !

कस्ता बानीले गर्दा पैसा नबचेको होला ?

हाम्रो कथा २०७६ साउन १४ गते १२:१९

बेन्जामिन फ्र्याक्लिनको एउटा भनाई छ, “हामीले जति कमाउछौँ, त्यो हाम्रो वास्तविक कमाई होइन। बास्तविक कमाइ त त्यो रकम हो, जसलाई हामीले जोगाउन सक्छौँ ।”

तस्बिर : ServiceMarket

सोचौँ त पैसा कमाउन कति गाह्रो छ । तर, यति गाह्रो गरी कमाएको पैसा हामी कहिले काहीँ नसोचि खर्च गछौं । पैसा बचाउनु छ भने हामीले पैसा खर्च गर्नका लागी केहि नियमहरूको पालना गर्न सक्नुपर्छ । त्यसका लागी सबैभन्दा पहिला पैसा प्रतिको दृष्टिकोणलाई परिवर्तन गर्नु पर्छ । किनकी, बचत सुहाउँदो दृष्टिकोण भए मात्र हामीलाई बचतका नियम पालना गर्न उर्जा प्राप्त हुन्छ ।

१) बिना योजना पैसा खर्च गर्नु 

शहरी युवा कुनै योजना विना सपिङ्ग गर्छन् । हामीले अनावश्यक रूपमा रेष्टुरेन्टमा खर्च गएका छौं । यस्ता खर्चमा केही मात्रमा भए पनि कटौती गर्न सकियो भने बचत गर्न सकिन्छ । त्यस कारण यस्ता कुराहरूमा कति खर्च गर्ने र किन गर्ने भन्ने कुराको अग्रिम योजना बनाउन जरुरी छ ।

२) कुनै उद्देश्य नहुनु 

के लागि बचत गर्ने ? भन्ने कुराको निश्चित उद्देश्य भएन भने तपाईँको रकम अवश्यका भन्दा अनावश्यक काममा खर्च हुने गरेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् । त्यस कारण तपाईँले आफ्नो आम्दानीको रकमलाई निश्चित उद्देश्यमा लगाउने गर्नुभयो भने बचतको सम्भावना पनि बढ्छ ।

३) रकम खर्च गर्न नाई भन्न नसक्नु 

रकम खर्च गर्ने विभिन्न माध्यमहरू हुन्छन् । बजारमा तपाईँलाई लोभ्याउने खालका विभिन्न सामान या सेवाहरू हरेक दिन आई रहेकै हुन्छन् । यस्ता वस्तुहरूले तपाईँलाई आफूतर्फ आकर्षित गर्छन् । बजारमा जे देख्यो त्यही किन्ने बानीले खर्च बढी हुन्छ । त्यसैले जे मन लाग्छ त्यही होइन जे चाहिन्छ त्यही मात्र किन्ने गरौँ ।

४) लामो समयका लागि लगानी नगर्नु

पैसाको मज्जा नै खर्च गर्नूृमा छ । त्यसैले धेरै मान्छहरुले पैसालाई लगानी र आम्दानीको स्रोत बनाउने गरेको पाइदिइन । तर, आफूसँग भएको पैसा लामो अवधिको लागि लगानी गर्नू निकै बुद्धिमानी हुन्छ ।

५) पैसा बचाउँछु भन्ने दृढ सङ्कल्प नराख्नु

आफ्नै परिवारको सदस्य वा अरू कसैसँग वार्षिक वा मासिक रूपमा कसले कति पैसा बचाउन सक्ने भन्ने प्रतिस्पर्धा गर्ने गरौँ । केटाकेटीलाई थोरै भए पनि बचत गर्ने बानी वसालौ । यति मात्रै होइन तपाईँले आफूले खर्च गर्ने रकमको विवरण बनाएर त्यसलाई ट्र्याकिङ्ग  गर्ने र विश्लेषण गर्ने गरौँ ।

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

आज कामको पहिलो दिन

२ दिन अगाडि ४२ सेकेन्डमा पढिने