‘फोर्टुन 500’ भन्ने बितिकै सबैले सम्झनछन् : वालमार्ट

वालमार्टको रणनीति भनेको एउटै मात्र छ - उत्पादकहरूबाट खरीद गर्ने र सिधैं ग्राहकको हातमा पुर्याउने I बिचौलियाहरू हटाएर काम गर्दा ग्राहकलाई सस्तु मुल्यमा सामान प्राप्त भयो I र यहि ग्राहकमुखी रणनीतिले गर्दा नै वालमार्ट सबै भन्दा धेरै पटल ‘फोर्टुन 500’ मध्यको टपमा पर्न सफल रहि रह्यो I

हाम्रो कथा २०७६ साउन ९ गते १४:३१

‘गरिव भएर जन्म लिनु पाप होइन, तर गरिव भएर मर्नु ठूलो पाप हो ।’ संभवतः यो भनाइ नसुन्ने सायदै कोहि होला । विजनेसमा रिस्क मात्र लिन जान्नुपर्छ, सफलता भनेको रिस्क कै पुरक हो । त्यसपछि मर्दामात्र होइन, जुनीजुनी पछि पनि कसैले सम्झिएछ भने त्यो सम्पन्नताकै आधारमा सम्झन्छ ।

तस्बिर : Medium बाट

ओक्लाहोमा सहरमा खेतीपातीमा जमेका एक युवा कालान्तरमा अमेरिकाको सबैभन्दा धनि व्यक्ति बन्लान् भनेर सायद कसैले सोचेको थिएन । उनले जीवनमा दुध दुहुने, खेतमा काम गर्ने देखी पत्रिका बेच्ने सम्मका काम गरेका छन् । उनी हुन् साम वाल्टन । सन् १९१८ मार्च २९ मा अमेरिकाको ओक्लाहोमामा जन्मिएका थिए ।

वालमार्ट स्टोरमा सञ्चालक वाल्टन, धेरै हण्डर खाएर पनि सफल हुन सफल व्यक्ति हुन् । उनको वालमार्ट हाल विश्वकै सबैभन्दा धेरै विस्तार भएको खुद्रा स्टोर हो ।

इकोनोमिक्स्मा व्याचलर्स् गरेका उनले १९४० मा मासिक ७५ डलरको जागिर पाएका थिए । तर दोश्रो विश्व युद्धमा जबरजस्ती खटाएपछि उनले राजीनामा दिए । पछि उनि सेनामा भर्ति भए पनि जहाँ उनी क्यापटेन सम्म भए । तर उद्यमी हुने लक्षण भएका वाल्टन कसरी पो टिक्न सक्थे र सेनामा ।

सन् १९४५ मा २६ वर्षको उमेरमा उनको व्यवसायिक जीवनको प्रारम्भ भयो । उनले ससुराबाट २० हजार डलर सापटि लिए र आफुसँग भएको ५ हजार डलर समेत गरेर एउटा स्टोर खरिद गरे । उनले यस्ता यस्ता स्ट्राटेजी बनाएकि, उनले स्टोर खरिद गर्नु अघि ८० हजार डलर कारोवार हुने ठाँउमा उनले तीन वर्षको अन्तरालमा २ लाख २५ हजार डलर सेल्स भोल्युम बढाए ।

यो देखेर डाह गर्ने घरधनिले ५ प्रतिशत सेल्स बराबरको भाँडा वृद्धि गरेपछि उनले नयाँ शिक्षा पाए । घर तथा जग्गा आफ्नै हुनु पर्ने रहेछ ।

पछि बेन्टोनभाइलमा अर्काे स्टोर खरिद गरे । ७२ हजार डलरको वार्षिक कारोवार हुँदै आएको उक्त स्टोर वाल्टनले सम्हाले पछि वार्षिक १ लाख ७५ हजार डलरमा पुर्याए ।

तस्बिर श्रोत : aspeninstitute.org

तर यतिन्जेल उनले वालमार्ट सञ्चालन गरिसकेका थिएनन् । पहिलो वालमार्ट सन् १९६२ जुलाइ २ मा सञ्चालन गरे । अमेरिकन प्रोडक्टलाई प्रवद्र्धन गर्न तथा विदेशी सामानसँग प्रतिस्पर्धा गर्न उनले वालमार्ट स्थापना गरेका थिए । उनको स्टोरको पुरा नाम ‘वालमार्ट डिस्काउन्ट सिटि स्टोर’ थियो । पछि यहि स्टोरलाई उनले विस्तार पनि गरे । ७० को दशकमा १९० वटा स्टोर रहेको उनको ८० को दशकमा ८ सय वटा पुगेको थियो ।

उनको भव्यता तथा सम्पन्नता कतिसम्म थियो भने १९८२ देखी १९८८ सम्म उनी अमेरिकाको सबैभन्दा धनी व्यक्ति थिए । तर त्यो भन्दा ठूलो भव्यता देख्न नपाई सन् १९९२ अप्रिल ५ मा रक्त क्यान्सरका कारण उनको देहान्त भयो । उनको मृत्युको खबर ३ लाख ८० हजार कामदार तथा १ हजार ९ सय ६० वटा स्टोरका बिच स्याटेलाइटबाट पुर्याइएको थियो ।

त्यति बेला उनको कम्पनीको वार्षिक सेल्स ५० विलियन अमेरिकि डलर थियो । हाल उनको वालमार्ट २८ वटा देशमा विस्तार भएको छ भने समग्रमा ११ हजार ६ सय ९५ वटा स्टोर छन् । २३ लाख कर्मचारी तथा वार्षिक ४८० विलियन डलरको वार्षिक कारोबार छ ।

वालमार्टको रणनीति भनेको एउटै मात्र छ – उत्पादकहरूबाट खरीद गर्ने र सिधैं ग्राहकको हातमा पुर्याउने I बिचौलियाहरू हटाएर काम गर्दा ग्राहकलाई सस्तु मुल्यमा सामान प्राप्त भयो I र यहि ग्राहकमुखी रणनीतिले गर्दा नै वालमार्ट सबै भन्दा धेरै पटल ‘फोर्टुन 500’ मध्यको टपमा पर्न सफल रहि रह्यो I

 

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने