अमेजोनमा मानव श्रोतसँगै ६ हजार कुकुर पनि काम गर्दछन्

र, अमेजोन बारे अन्य ५ रोचक तथ्य

हाम्रो कथा २०७६ साउन ८ गते १४:३६

तस्बिर श्रोत : Business Insider

कुनै पनि व्यक्ति, परिवार, संस्थाबारे बुझ्दै जाँदा सबैका तिता-मिठा, रोचक र रमाइलो कुराहरू हुन्छन् । त्यस्तै, अमेजोनको वर्क कल्चर, राष्ट्रले प्रदान गरेको सुविधा र अन्य केही जानकारी हामी नेपालीलाई भिन्न र रोचक लाग्छ ।

१) सुरुवाती चरणमा अमेजोनको ब्राण्ड नेम काडाब्रा रखिएको थियो । काडाब्रा शब्द एक जादुयी मन्त्र आब्राकाडाब्रा जस्तै सुनियो भनेर वैकल्पिक नाम – अमेजोन रखिएको हो । अमेरिकाको फराकिलो र वृहत् नदी अमेजोनबाट साभार गरिएको नामको साङ्केतिक अर्थ हो – हामीसँग छनोट गर्नका लागी अनगिन्ती वर्गका किताबहरू छन् ।

२) सन् २०१६ देखी २०१७ सम्मको अवधिमा अमेजोनको प्रोफिट डबल भयो । त्यसोहुदाँ पनि अमेरिकी सरकारले अमेजोनलाई कर छुट गरेको छ । ११.२ बिलियन डलरको कर रकम बापत सरकारले अमेजोनलाई सो-रकम अनुसन्धान र विकासमा खर्च गर्न प्रोत्साहन गर्दै कर छुट गर्ने नीति बनाएको हो । त्यस्तै डाटा सेन्टर निर्माणका लागी थप १.४७ बिलियन डलर कर छुट गरेको छ ।

३) अमेजोनमा कामकाजी तनावलाई केही कम गर्न कर्मचारीमा साथसाथै ६ हजार कुकुर पनि छन् । कुकुरहरू यताउति घुम्दा ।  बेलाबेलामा कुकुरसँग खेल्दै काम गर्दा, कुकुरलाई सुम्सुमाउँदा मानसिक तनाव कम हुने मान्यताका साथ अमेजोनमा कुकुर रखिएको हो ।

थप, अमेजोनको कार्यस्थलमा ४ हजार प्रजातिका बोट बिरुवा छन्। अहिलेको औद्योगिक युगमा हरियालीलाई उनीहरूले आफ्नो प्राथमिकतामा राखेका छन् ।

४) हामी भन्छौँ कि अमेजोनमा जे पनि किन्न पाइन्छ I तर यसका केही अपवादहरू पनि छन् । अमेजोनमा घर-जग्गा, गाडी, घरपालुवा जनावर र चुरोट  किन्न मिल्दैन ।

५) सन् ११९५ मा अमेजोन जेफ बेजोसको घरको ग्यारेजमा एउटा साधारण बुक स्टोर खोलेर सुरु गरिएको हो। केही वर्ष अघि सन् २०१५ मा मात्र अमेजोनले आफ्नै स्टोरको स्थापना  गरेको हो ।

६) यदि तपाईँ IMDb मा कुनै सेलिब्रटिबारे पढ्दै हुनुहुन्छ, गुड रीड, अडिबल, होल फुड्स जस्ता वेबसाइट खोल्दै हुनुहुन्छ भने अमेजोनले त्यहाँ पनि पैसा कमाई रहेको हुन्छ। विश्वास गर्न गाह्रो पर्ला, अमेजोनले कुल ४१ वटा ब्राण्डहरु खरिद गरिसकेको छ।

तस्बिर श्रोत : Business Insider

मुख्य जानकारी श्रोत : टेक इन्साइडर

 

प्रतिक्रिया

सम्बन्धित

नेपाली रंगमंचका सफल नाटक !

१२ भदौ , २०७६ २ मिनेटमा पढिने

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने
लोकप्रिय