अल्छी – सृजनशीलताको प्रतिबिम्ब !

अल्छी आउटलेटको कथा

कृतिका अनुसार अल्छी व्यक्तिहरू आफैमा निकै सृजनशील हुन्छन् I त्यसकारण उनीहरूको सृजनशीलतालाई प्रोत्साहन समेत मिलोस् भनेर नै अल्छीलाई व्यावसायिक रूप दिइएको हो I अनलाइनलाई मुख्य माध्यम बनाएर व्यवसाय सुरु गरेको यस व्यवसायले काम गर्दै जाँदा अनलाइनको माध्यमबाट भन्दा पनि बाटो हिँड्ने मानिसले पसलको स्वरूप नाम देखेर नै आउने ग्राहकको सङ्ख्या उच्च हुन थाल्यो I

हाम्रो कथा २०७६ साउन ७ गते १३:३९

अल्छी शब्द आफै निरुत्साहको प्रतिबिम्ब हो I सामान्यतया अल्छी लाग्यो भन्नाले कुनै काम प्रति रुचि छैन भन्ने बुझाई रहन्छ I जहाँ अल्छी शब्द आउँछ त्यहाँ कुनै काम हुँदैन भन्ने हामीलाई लाग्छ I तर यो कथाले अल्छी शब्दलाई नै क्रियाशीलता, सृजना र संस्कृतिको पर्यायवाचीका रूपमा पस्तुत गर्न खोजेको छ I यो हो अल्छीको कथा !

अल्छी कि संस्थापक कृति शाक्यले क्रीएटीभ ‘सृजनशील’ क्षेत्रमा केहि गर्न सकिन्छ कि भनेर सोच्दै गर्दा, नेपाली हस्तकलालाई अन्तराष्ट्रिय स्तरमा चिनाउन पुलको भूमिका निर्वाह गर्ने लक्ष्यका साथ अल्छी करिब एक वर्ष अघि सुरु भएको हो I कला क्षेत्रमा लागिपरेका नेपाली कलाकार र उद्यमीहरूलाई आफ्नो सृजना पस्किने, प्रस्तुत गर्ने आउटलेट होस् भनेर अल्छीको स्वोरुम ललितपुरको झम्सिखेलमा स्थापना गरिएको हो।  साथै ती सृजनशील व्यक्तिका निम्ति आय-आजनको स्रोत पनि बनोस् भन्ने उद्येश्य अल्छीले बोकेको छ I यसका साथै स्थानीय बजारलाई समर्थन, सहयोग ,स्थानीय उद्यमी तथा डिजाइनर प्रवर्द्धन गर्ने लक्ष्य कृति शाक्यले लिएकी छिन् I

हाल अल्छीले डग ट्यागस्, स्टिकर, नेपाली संस्कृति झल्किने बाल पुस्तक, जात्रा लगायतका बोर्ड गेम, स्थानीय कलात्मक जुत्ता, ब्याग तथा लुगाका अन्य हाम्रो आफ्नै संस्कृति झल्किने विभिन्न उत्पादनहरू अल्छीले उपलब्ध गराउने  गरेको छ I अल्छीले आफै भने ती सामाग्रीहरू उत्पादन गर्दैन I काजी स्टुडियोका उत्पदानहरु अल्छीले बिक्री गर्ने गरेको छ I काजी स्टुडियो एउटा डिजाइन हाउस हो I जसको सिइओ अल्छीकी सञ्चालक कृति शाक्य आफै हुन् I

अल्छीले नेपाली उद्यमीलाई प्रवर्द्धन होस, फरक सृजनशील मानिसहरूलाई उनीहरूको सृजना पस्किने/प्रस्तुत गर्ने आउटलेट होस , साथै ती सृजनशील व्यक्तिका निम्ति आयको स्रोत पनि बनोस् भन्ने चाह राखेको छ I यसका साथै स्थानीय बजारलाई समर्थन/सहयोग , स्थानीय उद्यमी तथा डिजाइनर प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ I

कृतिका अनुसार अल्छी व्यक्तिहरू आफैमा निकै सृजनशील हुन्छन् I त्यसकारण उनीहरूको सृजनशीलतालाई प्रोत्साहन समेत मिलोस् भनेर नै अल्छीलाई व्यावसायिक रूप दिइएको हो I अनलाइनलाई मुख्य माध्यम बनाएर व्यवसाय सुरु गरेको यस व्यवसायले काम गर्दै जाँदा अनलाइनको माध्यमबाट भन्दा पनि बाटो हिँड्ने मानिसले पसलको स्वरूप नाम देखेर नै आउने  ग्राहकको सङ्ख्या उच्च हुन थाल्यो I

हाल करिब ७० प्रतिशत ग्राहक पसल देखेर नै आउने गरेका छन् I साम्राज्य, नाना चकलेट- नेपाली उत्पादनका चकलेट लगायत उत्पादन ग्राहकले निकै मन पराउने गरेका छन् I बाहिर रहेका नेपलीहरुले बाल किताबहरू उपहारका निम्ति लैजाने गरेका छन् I

अल्छी खास गरी सुरुवाती चरणमा नेपालीहरूलाई लक्षित गरेर सुरु भएको थियो I तर त्यस क्षेत्रमा बिदेशीको चहलपहल उच्च हुने भएकाले र अल्छीमा उपलब्ध नेपाली संस्कृति झल्किने कलात्मक काजी स्टुडियोका उत्पादन प्रति तिनै विदेशीहरूको आकर्षण निकै राम्रो भएकाले नेपाली सँगै विदेशीलाई समेत मुख्य ध्यानमा राखेर छुट्टाछुट्टै उत्पादक उपलब्ध गराउन थाले I हाल लगभग ४५ प्रतिशत अल्छीका ग्राहक विदेशी छन् I

युवाहरूका निम्ति कृति भन्छिन् – स्थानीय उत्पदानलाई साथ, सहयोग र प्रयोग द्वारा स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ I जसले गर्दा भारत र चीन प्रति हामी निर्भर रहनु पर्दैन यही बाटोले हाम्रो मुलुकलाई आत्मनिर्भरताको दिशा तर्फ लैजान्छ I

प्रतिक्रिया

सम्बन्धित

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने
लोकप्रिय