बिजनेस लिडरको हातमा किताब !

विश्वमा धेरै सफलतम मानिएका व्यक्तिहरुले आफ्नो औपचारीक विद्यालय शिक्षा विभिन्न कारणहरुले अधुरै छोडेको कुरा सुन्न पाइन्छ तर त्यस्ता व्यक्तिहरुले सधै नियमित अनौपचारीक अध्ययनबाट आफुलाई प्रतिस्पर्धी बनाई राख्न सफल भएका छन् ।

हाम्रो कथा २०७६ साउन ५ गते १६:३९

तस्बिर श्रोत : therossgroup.com.au

 

के तपाईलाई थाहा छ – जब वारेन बफेटले आफ्नो करियर सुरु गरे, उनले दैनिक ६०० देखि १००० पृष्ठसम्म पढ्ने गर्थे रे । भनिन्छ, अहिले पनि उनको धेरै समय पढ्नमै बित्छ । त्यसैले भनिन्छ – लिडर्स आर गुड रेडर्स ।

अनुसान्धानकर्ता, टम क्रोलीको एक अध्ययन अनुसार सफल व्यक्तिहरु महिनामा कम्तिमा दुई वा दुई भन्दा बढी पुस्तकहरु अध्ययन गर्दछन् ।

९४ प्रतिशत सफल व्यक्तीहरु समाचार पत्र तथा ब्लगहरु नियमित रुपमा अध्ययन गर्ने गर्छन् ।

बिल गेट्सले बर्षमा ५० वटा किताब पढ्ने गर्छन। यसको अर्थ, हप्तामा एउटा किताब हुन जान्छ ।

मार्क जुकरबर्ग दैनिक तीन घण्टा भन्दा बढी पढ्ने गर्छन । मार्क जुकरर्गले सन् २०१५ मा हरेक २ हप्तामा एउटा पुस्तक पढ्ने गरेका थिए ।

तर विचार पुर्याउनुस है, सफल मानिसहरु जुन पायो त्यही पुस्तक चाँही पढ्दैनन् नि । उनीहरु मनोरञ्जनको लागि भन्दा ज्ञानको लागि किताब पढ्ने गर्छन् ।

विश्वमा धेरै सफलतम मानिएका व्यक्तिहरुले आफ्नो औपचारीक विद्यालय शिक्षा विभिन्न कारणहरुले अधुरै छोडेको कुरा सुन्न पाइन्छ तर त्यस्ता व्यक्तिहरुले सधै नियमित अनौपचारीक अध्ययनबाट आफुलाई प्रतिस्पर्धी बनाई राख्न सफल भएका छन् । तपाई पनि धेरै पढ्नुस धेरै सफल हुनुहोस् I

 

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

आज कामको पहिलो दिन

१ दिन अगाडि ४२ सेकेन्डमा पढिने