लिच्छिवी काल देखी चलिआएको नेपालको एक मात्र उद्यम

२००७ सालमा प्रजातन्त्र आएपछि जवाहरलाल नेहरुलाई पाटनवासीले केही हस्तकलाका सामान उपहारमा दिए । उनी प्रभावित भए र आफैले पनि विभिन्न हस्तकलाका सामानहरु किने । त्यसपछि, यसको बजारीकरण र निर्यात शुरु भएको हो ।

हाम्रो कथा २०७६ साउन ५ गते १५:०३

तस्बिर श्रोत: iMartNepal

 

नेपालमा हस्तकलाको काम लिच्छिवी कालदेखी नै शुरु भएको हो । मल्लकाललाई त हस्तकलाको स्वर्णयुग मान्न सकिन्छ । राणा कालमा हस्तकलाको क्षेत्र केहि खस्कियो । तर २००७ सालमा प्रजातन्त्र आएपछि जवाहरलाल नेहरुलाई पाटनवासीले केही हस्तकलाका सामान उपहारमा दिए । उनी प्रभावित भए र आफैले पनि विभिन्न हस्तकलाका सामानहरु किने । त्यसपछि, यसको बजारीकरण र निर्यात शुरु भएको हो ।

यस क्षेत्रसँग सम्बन्धित ज्ञान भएका यदि कोही व्यक्ति यो क्षेत्रमा आउछु र व्यवस्थित ढंगले काम गर्छु भन्छ भने यहाँ अवसर नै अवसर छ भन्दा फरक पर्दैन् । किनकी हस्तकलाको उद्यम सुरु गर्न ठूलो लगानी चाहिँदैन । सरदरमा ५०, ६० हजार देखी ४, ५ लाखरुपैया भए मज्जैले यसको सुरुवात गर्न सकिन्छ । करिब २० प्रतिशत भन्दा माथिको नेट मार्जिन छ । अनि सबैभन्दा ठूलो कुरा बजार निकै ठूलो छ ।

आफुले थालेको व्यवसायमा घाटा होस् भनेर कसैले चाहँदैन । न त आफ्नो सामाग्री नबिकोस् भन्ने नै कसैको चाहना हुन्छ । तर विजनेस भनेको आइडिया हो । र कतिपय अवस्थामा यो आइडिया ठिक ढंगले लागु गर्न नसक्दा व्यवसायमा ठूलै समस्या आइपर्छ । अन्तराष्ट्रिय श्रम संगठन आइएलओका अनुसार यि निम्न १० कामहरु तपाईंले गर्नुभयो भने हस्तकलाका व्यापार व्यवसायलाई निकै फाइदा पुग्छ ।

आफुले उत्पादन गर्न चाहेको वस्तुको पहिला निर्धारण गर्नुहोस् । त्यसको लागी चाहिने कच्चा पदार्थको ख्याल गर्न अति नै जरुरी छ ।

— बजार बुझ्नुहोस् अनि त्यो अनुसारको खाका तयार गर्नुहोस् ।

— सधैं हस्तकलाको एउटा डुप्लिकेट सामान तयारी अवस्थामा राख्नुहोस् । ताकि कुनै ग्राहक आउँदा उसले यस्तो सामाग्री चाहिएको भनेर तोकेरै डिमाण्ड गर्न सकुन् ।

— आफ्नो सामाग्री मुल्यवान् छ भनेर सधैं देखाउन उद्धत रहनुहोस् । त्यसका लागी सर्टिफाइड प्रोडक्ट, र लेबल उचित ढंगले गर्नुहोस् ।

— गुणस्तरियतालाई पहिलो प्राथमिकतामा राख्नुहोस् ।

— पुग्दो उत्पादन गर्नुहोस् किनकी कुनै ग्राहक सामान नपाएर निरास हुन नपरोस् ।

— सिस्टम बसाल्नुहोस् । पसलमा निर्माण गर्ने र निर्माणस्थलमा विक्रि वितरण नगर्नुहोस् । यसले ग्राहकलाई असुविधा पुर्याउन सक्छ ।

— लागत र मुल्य बिचको फरक बुझ्नुहोस् । किनकी आफुलाई कहिल्यै घाटा पर्न नपरोस् ।

— ग्राहक सन्तुष्टिमा ध्यान दिनुहोस् ।

— एक समयमा एउटा प्लान गर्नुहोस् र समयावधिमै काम पुरा गर्नुहोस् ।

 

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

आज कामको पहिलो दिन

१ दिन अगाडि ४२ सेकेन्डमा पढिने