आफु र अरु बीचको सन्तुलन !

सेट गडिनको संदेश

दुई वटा लिस्ट बनाऔं

हाम्रो कथा २०७६ साउन ३ गते १६:०६

      एउटा सुची (लिस्ट) मा सबै गुनासो, चित्त दुखाई, मनको शंका र गलत निर्णयहरुको पहिचान गरि लेखौ I

उदाहरणका गाली;

– धेरै मान्छेले मलाई मन पराउँदैनन् I

– कामकाजको सिलसिलामा लिईएका गलत निर्णय I

-केहि कठोर अपेक्षाहरु I

-अप्रिय घटनाहरु I

-दुर्भाग्यवस नतिजाहरु I

-अन्यायहरु I

यी सबै वैधानिक नै हुन् I यी सबै यथार्थ हुन् I लिस्टमा केहि नछुट्याउनुस् I सहि गलतका पक्षमा सोच्नु पर्ने आवस्यक छैन I मन खोलेर लिस्ट बनाउनुस् I

अब दोश्रो लिस्टमा आफ्नो बलियो पक्षहरु, अवसरहरु, फाईदाहरु पहिचान गर्दै लेखौं I

– आफुसँग रहेका श्रोत साधनहरु I

– आफुले विश्वास गर्ने व्यक्ति/व्यक्तित्वहरु I

– अहिलेको अवस्थामा भैरहेका सबै राम्रा कामहरु  I

– अरुको तुलनामा तपाईंको नवीन क्षमता के-कस्ता छन् ?

त्यो पहिलो लिस्ट आफ्नो दराजको घर्रामा राख्नुस् I अर्को लिस्ट चाहिँ आफ्नो बाथरुमको ऐनाको कुनै एउटा कुनामा टास्नुस् I पहिलो लिस्टलाई महिनाको एक पटक घर्राबाट निकालेर पढ्नुस् I लिस्ट आफ्नो ठाँउमा छ कि छैन भनेर विश्वस्त हुनलाई मात्र त्यो लिस्ट समय-समयमा पल्टाएर हेर्ने हो I बाथरुमको ऐनामा रहेको दोश्रो लिस्ट चाहिं दैनिक रुपमा पढ्नुहोस् I

यो लिस्टले सधैँ सम्झाई रहन्छ कि तपाईको जीवनले कस्तो गति लिदैं छ I के ३ महिना पहिलेका समस्याहरु आज पनि समस्या नै हुन् ? वा अहिले ती कुराले खासै महत्व राख्दैन I आफ्नो जीवन कहानी कस्तो गतिले अघि बढ्दैछ भन्ने कुरा बारे बुझ्नको लागी यो अभ्यास हितकारी हुन सक्छ I

तस्बिर; mindcaptuegroup.com

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

आज कामको पहिलो दिन

१ दिन अगाडि ४२ सेकेन्डमा पढिने