नेपाली बजारको लेजिड स्याण्डल !

मुल्यका हिसाबले ३ सय देखि १ हजार रुपैयाँ सम्म पर्ने लेडिज स्याण्डल उत्पादन गरीरहेका छन । यी स्याण्डल तथा चप्पलहरु देख्दा जति आकर्षक छन यसको व्यवसायीक पाटो पनि यतिकै लोभलाग्दो छ । चीन तथा भारतबाट आउने यस्तै प्रकारको सामानसंग प्रतिस्पर्धा पनि गर्दैछन यिनै चप्पलले ।

हाम्रो कथा २०७६ असार ३१ गते १७:५४

एकपटक सम्झौं त ! हामी जुत्ता चप्पल किन लगाउँछौ होला । हाम्रा पुर्खाहरुले खुट्टाको रक्षा गर्नकै लागि जुत्ता चप्पल लगाउने चलन शुरु गरेको हुनुसक्छ । तर समयको गतिसँगै अब त जुत्ता चपल फेसन बनिसकेको छ । आफ्नो चाहना अनुसार, पहिरन सुहाउँदो स्टाईल स्टाईलका जुत्ता चप्पलको माग गर्नेहरु धेरै छन अहिले ।

नेपालमा महिलाहरुले लगाउने जुत्ता चप्पल व्यवसायका बारेमा बुझ्न करिव ३ दशक पछाडी फर्कनुपर्छ ।

त्यतिखेर विशेषगरी विदेशवाट भित्रिएका चप्पलहरु मात्र नेपाली बजारमा पाईन्थ्यो । तिनै चप्पलको दवदवा थियो ।

धेरै व्यक्तिहरु चप्पल व्यापारी बनेका थिए । तर यसलाईनैं उद्यमको रुपमा भने कमैले अपनाएका थिए । विदेशी चप्पलको मात्र व्यापार कति गर्नु ? के स्वदेशमैं यसको उत्पादन गर्न सकिन्न र ?  हो, यहि प्रश्नले उद्यम तर्फ घच्घच्यायो इन्द्र प्रसाद गुरागाईलाई ।

स्याण्डल बनाउने व्यवसाय उनले २४ वर्षदेखि गरीरहेका छन् । ४ जनालाई रोजगारी दिएर उनले महिलाले लगाउने चप्पल बनाउने उद्योग सुरु गरेका हुन । अहिले त यहाँ ४० जनाले रोजगारी पाएका छन् । यहि चप्पल व्यवसायले नै उनलाई नाम र दाम दुवै दिएको छ । व्यवसाय सुरु गर्दाको समयमा नेपालमै बनेको चप्पल भन्दा ग्राहकले नाक खुम्च्याउने परिस्थिति थियो । विस्तारै समय बदलियो । उनीहरुले आफ्नो उत्पादनमा समेत परिस्कृत गराउदै गए । नेपाली उत्पादनले नै ग्राहकको मन जित्न थाल्यो ।

यस्तै स्याण्डलमा सम्भावना देखेर काम सुरु गर्ने अर्का पात्र हुन विश्वजीत राई सहितको यो समुह । बजारमा विदेशबाट आएको चप्पलको व्यापार देखेर नै उनीहरुले यो उद्यम ठहर्याएका हुन ।

महिलाका लागि निर्माण गरीने जुत्ता चप्पल व्यवसाय अहिले फस्टाउदै छ । तर मागको ठूलो हिस्सा अहिलेपनि विदेशी चप्पलले लिईरहेको अवस्था छ ।

महिलाका लागि आवश्यक चप्पल तथा जुत्ताको बजार साच्चै ठूलो छ भनेर बुझ्न कठिन छैन । करिव ३ करोड कुल जनसंख्याको ५१ प्रतिशत महिला रहेका छन । एक महिलाले वर्षमा २ जोर मात्र जुत्ता लगाउछन भनेर मान्दा पनि बर्षेनी ३ करोड जुत्ता चप्पलको माग हुन्छ । हिजोआज त जुत्ता चप्पल आवश्यकतासँग मात्र सिमित छैन । फेसनका रुपमा प्रयोग हुन थालेको छ । जसले गर्दा माग दिनानुदिन बढ्दोछ ।

अहिलेको बजार अवस्था  बुझौ !

सामान्यतया पुरुषहरुको लागि उत्पादन हुने जुत्ता भन्दा लेजिड स्याण्डल अलि स्टाईलिस हुने मानिन्छ । हामीले लगाउने यस्ता फरक फरक र नयाँ डिजाईनका स्याण्डल हाम्रो आफ्नै उत्पादनका होस भन्ने चाहना पनि पक्कै छ । हाम्रो यहि ईच्छा पुरा गर्दै छन् स्वदेशी ५ सय जुत्ताचप्पल कम्पनीहरुले । यी कम्पनीले महिलालाई हुने स्याण्डल मात्र उत्पादन गर्ने गर्छन ।

यी जुत्ता चप्पल उत्पादक कम्पनीहरुको आफ्नो उत्पादनको लक्षित समुह महिला नै हुन । मुल्यका हिसाबले ३ सयदेखि १ हजार रुपैयाँ सम्म पर्ने लेडिज स्याण्डल उत्पादन गरीरहेका छन । यी स्याण्डल तथा चप्पलहरु देख्दा जति आकर्षक छन यसको व्यवसायीक पाटो पनि यतिकै लोभलाग्दो छ । चीन तथा भारतबाट आउने यस्तै प्रकारको सामानसंग प्रतिस्पर्धा पनि गर्दैछन यिनै चप्पलले ।

नेपाली स्याण्डिलले बजार पाउनुको मुख्य कारण हो –

पहिलो नेपाली टिकाउ हुन्छन् I

नेपाली चप्पल तुलनात्मक रुपमा सस्तो पनि हुन्छन् ।

जुत्ता चप्पल व्यवसायका चुनौतीहरु

जस्तो चप्पल तथा स्याण्डिल बनाउदा यसको बनावटमा विशेष ध्यान दिन आवश्यक छ । किनकी अहिले ईन्टरनेटको जमाना छ । त्यहा हेरेको भरमा ग्राहले च्वाईस गर्छन ।  यस क्षेत्रमा टेक्निसियन पनि निकै कम छन । दक्ष कालिगण निर्माणमा पनि विशेष ध्यान दिन आवश्यक छ ।

यति कुरामा ध्यान दिन सक्ने हो भने कम लगानी बाटै सुरु गर्न सकिने यो व्यवसाय बजारका दृष्टिकोणले निकै सम्भावना भएको क्षेत्र हो ।

 

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

आज कामको पहिलो दिन

१ दिन अगाडि ४२ सेकेन्डमा पढिने