व्यवसाय र समाजसेवा एकै ठाउँमा अटाउने बिजनेस कन्सेप्ट : वान-टु-वान

वान-टु-वान कन्सेप्टको अर्थ हो, एक जना ग्राहकले रिटेलमा एउटा जुत्ता किने वापत एउटा जुत्ता अर्जेन्टिनाका बालबालिकालाई पठाउने

नेपाल जस्तो देशमा वान-टु-वान बिजनेस मोडेल निकै उपयुक्त देखिन्छ I

हाम्रो कथा २०७६ असार २७ गते १५:४४

तस्बिर श्रोत : Oprah.com

सामान्यतया व्यवसाय र समाजसेवा एकै ठाउँमा अटाउने शब्दहरु होइनन्  । तर यस्ता व्यवसाय पनि हुन्छन् जसको व्यवसाय समाज सेवाको आडमा अडेको छ ।

सन् २००६ तिर ब्लेक माईकोस्की नाम गरेका एकजना अमेरिकी नागरिक अर्जेन्टिना घुम्न पुगे ।  घुमाईकै क्रममा उनले एक जना अमेरिकी स्वयंसेवीलाई भेटे । जो अर्जेन्टिनाका गरिव तथा स्कूल जान लागेका वालवालिकाको खुट्टामा जुत्ता दिन पैसा खोजीरहेकी थिईन ।

स्कूल जान लागेका वालवालिकाको खुट्टामा जुत्ता नदेखेपछि ब्लेकको पनि मन भरिएर आयो । उनलाई केही आर्थिक सहयोग गरुँ की जस्तो पनि लाग्यो । तर, तत्कालै उनले सोचे सधै च्यारिटीमा जुत्ता वाँड्न सकिदैन् ।

उनी अमेरिका उडे । साधारण जुत्ता समेत लगाउन नपाउने ति बालबालिकाको अनुहार उनको आँखामा झलझली आउन थाल्यो । उनले तत्काल संकल्प गरे, जुत्ता कारखाना खोल्ने । यसको लागि उनले वन टु वनको (वान-टु-वान) कन्सेप्ट निकाले । जुन आफैमा असाध्यै अपिलिगं विजनेस मोडल हो । यसको अर्थ हो, एक जना ग्राहकले रिटेलमा एउटा जुत्ता किने वापत एउटा जुत्ता अर्जेन्टिनाका वालावालिकालाई पठाउने । यसको लागि उनले करिब ५ लाख डलरमा आफ्नो चलिरहेको डाईभर एडुकेसन नामक कम्पनी समेत वेचे । यो प्राजेक्टको नाम शुज फर टुमरो र जुत्ताको नाम टम्स राखियो ।

यो मोडल अत्यन्त प्रभावकारी बन्यो । सन् २००६ मै उनले १० हजारभन्दा वढि जोर जुत्ता अर्जेन्टिनाका बालबालिकालाई पठाए । सन् २००७ मा कम्पनिले ५० हजार जोर जुत्ता पठायो । सन् २०१२ सम्म त कम्पनीले ४० भन्दा वढि मुलुकमा १० लाखभन्दा धेरै जोर जुत्ता पठाईसकेको थियो । आज अर्जेन्टिना, ईथियोपिया, हैटी लगायत संसारभरका करिब ७० भन्दा वढि मुलुकका बालबालिकाले टम्स शु लगाईरहेका छन् ।

टम्स शु को मूल्य ३ देखि ५ डलर अर्थात ३ सयदेखि ५ सय रुपैयासम्म पर्ने वताईएको छ । तर, बालबालिकालाई दिने जुत्ता भने कम्पनीले ग्राहकलाई वेच्ने जुत्ता भन्दा सस्तो खालको छ ।

सन् २०११ मा कम्पनीले वन फर वन मोडलमै चस्मा पनि वनायो । अहिलेसम्म ब्लेकको कम्पनीले करिब १ लाख ७५ हजार वटा चस्मा निशुल्क वितरण गरिसकेको छ ।

अहिले ब्लेकको कुल सम्पत्ति करिब ३०० मिलियन डलर छ । तर, उनी माथि, अर्जेन्टिना, ईथियोपिया लगायत मुलुकका गरिवको उपहास गरेको आरोप छ । गरिबी वेचर व्यावसाय गरिरहेको कुरा जुत्ता पठाईएका देशवाटै उठ्न थालेको छ । आज यो विजनेस मोडलमा आधारित भएर ब्लेक मात्र होईन धेरै व्यावसाय र व्यवसायीहरु जन्मिएका छन् ।

तस्बिर श्रोत : Hypebeast

 

 

प्रतिक्रिया

सम्बन्धित

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने