कफि सप: काठमाडौँको एउटा ग्ल्यामर बिजनेस

हाम्रो कथा २०७६ असार २७ गते १४:००

चिया पिउनु भनेको हाम्रो परम्परा जस्तै बनि सकेको छ I चियापसल खोल्ने प्रचलन त हाम्रो जिजुबाको समय देखी नै चलि आएको हो I त्यस्तै गरी हाम्रो पुस्ताले सुरु गरे कफी पसलको प्रचलन । करीब १ दशक पहिले भित्रेको कफी पसलको प्रचलनले पनि काठमाडौँको माया पाईसक्यो I

काठमाडौँमा कफि व्यवसाय गर्दै आएका कफि व्यवसायीहरुले बताए अनुसार कफि व्यवसायमा हात हाल्न चाहने नयाँ व्यवसायीले यी कुरामा ध्यान दिन आवश्यक छ :-

— कफि सपहरुलाई हाल तीन भागमा विभाजन गरिएको छ । जसमा स्मल स्केल, मिडियम स्केल र लार्ज स्केल कफि सप भन्ने गरिन्छ । हामी तपाईलाई मिडियम स्केल कफि सपको बारेमा बताउँदै छौं । जसलाई सामान्यतया ३० देखी ४० लाखको लगानीमा स्थापना गर्न सकिन्छ ।

— मिडियम स्केल भनेको एकपटकमा करिव २५ देखि ३० जना बसेर कफिको मजा लिन सकिने कफि सप हो । यसको स्थापनाको निम्ति ध्यान दिनुपर्ने पहिलो कुरा हो लोकेसन । कुनै कफि सप सफल हुन्छ कि हुँदैन भनेर लोकेशनले नै निर्धारण गर्छ । तपाईको कफि सपको घर भाडा पनि लोकेसनकै आधारमा तय गरिन्छ । सामान्यतया मिडियम स्केल कफि सपका निम्ति ५० हजार देखि १ लाखसम्म घरभाडा पर्न जान्छ ।

— दोश्रो हो, इन्टेरियर डिजाइनिङ । कफि सपलाई गल्यामर बिजनेस पनि भन्ने गरिएको छ । त्यसका कारण यसको इन्टेरियर डिजाइनिङमा निकै ध्यान दिनुपर्छ । सामान्यतया मिडियम स्केल कफि सपका निम्ति इन्टेरियर कस्ट ५ देखि १० लाख सम्म पर्न जान्छ ।

— तेस्रो हो, उपकरण खर्च । सामान्यतया नेपाली कफि सपहरुले कफि मसिन ६ लाख जति पर्ने डवल हेड सेमि अटोमेटिक कफि मसिन प्रयोग गरेको पाइन्छ । यस कफि मसिनले एक पटकमा दुइ वटा कफि बनाउन सक्छ ।

— चौथो भनेको अन्य आवश्यक सामाग्री हो । जस्तै ब्लेण्डर, कम्प्युटर, फ्रिजर, ग्लास, प्लेट, कप लगायतका प्रयोग भइरहने सामाग्री । यस्ता सामाग्रीको पनि ३ देखि ४ लाखसम्म पर्न सक्छ ।

त्यस्तै आजकल कफि सपलाई किचन आइटमले पुरक दिन खोजेको अवस्थामा किचनलाई पनि समेट्नु आवश्यक हुन जान्छ । जसको लागी ५ लाखसम्म खर्च पर्न सक्छ ।

र मिडियम स्केल कफि सपलाई सामान्यतया २ सिफ्टमा गरेर ग्राहक आगमन अनुसार ५ देखि ७ जना जति कामदार चाहिन्छ ।

अनि त्यस पश्चात् दैनिक अपरेसन चार्ज जस्तै विजुलीको विल, कच्चा पदार्थ, पानी खर्च लगायत विभिन्न खर्च जोडिन आउँछन् । र जोडिन्छन् तपाईको वर्किङ क्यापिटल ।

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

३ दिन अगाडि ५८ सेकेन्डमा पढिने