अब अनलाइनबाटै सवारी टिकट : ओके जर्नी

‘तपाईँको सेवा तपाईंकै हातमा’ - ओके जर्नीको उद्देश्य यही नै हो

'ओके जर्नी’ द्वारा राजेशको समूहले यातायातको समस्यालाई सम्बोधन गरेको छ I

हाम्रो कथा २०७६ असार २६ गते १६:३७

रोजिना थापाको स्थायी घर सर्लाही हो I पेशाले उनी सञ्चारकर्मी; कामका सिलसिलाले उनी काठमाडौँ बस्छिन् I उच्च शिक्षाका निम्ति काठमाडौँ आएकी उनी करिब आठ  वर्ष देखि काठमाडौँ मै बसेर विभिन्न सञ्चार माध्यममा क्रियाशील छिन I उनको परिवार सर्लाही मै रहेको छ I काम या पेशाले गर्दा चाहेको समय उनी घर जान पाउदिनन् I उनी पेशा या कामले फुर्सद मिल्ने बित्तिकै सर्लाही अर्थात् घर पुग्छिन् जहाँ उनको सम्पूर्ण परिवार छ I तर उनलाई त्यसरी बल्लबल्ल मिलेको फुर्सदमा पनि घर जान सहज भने छैन I तिनै रोजिना यति खेर दशैंलाई लिएर कसरी घर जाने भनेर चिन्तित बन्न थालेकी छिन I कारण हो; यातायात को सहज व्यवस्था नहुनु I

अन्य समय त गाडीमा बुक गरिएको सिट नहुने, तोकिएको समयमा बोलाइएको स्थानमा पुग्दा समेत घन्टौँ कुर्नु पर्ने लगायत अनेक समस्या रोजिनाले सहने गरेकी छिन I अझ दशैँमा त सकस नै हुने गर्छ I यो वर्ष पनि दशैलाई लिएर तिन महिना अगावै उनको टाउको दुख्न थालेको छ I यो समस्या केवल रोजिनाको मात्र हैन I उनी त केवल प्रतिनिधि पात्र मात्र हुन् I

बाहिर बाट काम र रोजगारका सिलसिलामा राजधानी आएर बसेका हरेकको समस्या हो यो !

रोजिना र उनी जस्तै अन्य जो पेशा या व्यवसायले गर्दा राजधानी बस्न बाध्य छन् I जसले रोजिनाको जस्तै यातायातका सम्बन्धमा सकस बेहोरी रहनु परेको छ I यो ती सबैका निम्ति उत्साह बोकेको ‘ओके जर्नी’को कथा हो I राजेश दास थापाथली, इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रोनिक एण्ड कम्निकेसन इन्जिनियरिङ विषय उत्रिर्ण विद्यार्थी हुन् I उनको घर पनि सर्लाही हो I यातायातका सम्बन्धमा रोजिना र उनले भोग्नु परेको समस्या पनि उस्ता उस्तै हुन् I सर्लाहीका राजेश पढ्नका लागी काठमाडौँ बसेका थिए I क्याम्पस केही दिनलाई छुट्टी भएको समय उनी घर जाने गर्थे I तर घरबाट काठमाडौँ आउनु पर्दा एक दिन अगाडी नै घरबाट दुई ३ घण्टा टाढा रहेको गौढ़ पुगेर त्यहाँ रहेका केही टिकट काउन्टर मध्य एउटा विश्वासिलो छानेर टिकट काट्ने गर्दथे I

तस्बिर: vice.com

आज भन्दा दुई वर्ष अघिको मात्र कुरा हो I निकै कम दिनको छुट्टी थियो I उनी सधैँ झैँ टिकट काट्न गौढ़ पुगेका थिए I उनको दिमागले अचानक त्यसको विकल्प सोच्न थाल्यो I त्यति खेर राजेशले सोचे कि; अनलाइन माध्यमबाट घर बाटै सजिलै टिकट काट्न पाए कस्तो हुन्थ्यो होला ? त्यसो हुन सके कति धेरै समयको बचत हुने थियो ? अनि यत्रो दुखको पनि अन्त्य !

उनी काठमाडौँ आए I अनि केही साथीहरू माझ सोच पस्किए ती मध्य सबैजसोको यातायात समस्या एकै थियो I तब; राजेशको एउटा समूह नै तयार बन्यो I अनि यस समूहले ‘ओके जर्नी’को परिकल्पना गर्‍यो I जसमा कोही सामाजिक सञ्जाल हेर्ने, कोही छायाङ्कन हेर्ने त कोही बजार व्यवस्थापन हेर्ने I समूहका हरेकले फरक-फरक व्यवस्थापकीय पक्ष हेर्ने भए I सफ्टवेयर समेत आफै तयार गरे I करिब एक वर्ष देखि राजेशको समूहले सञ्चालन  गरेको ‘ओके जर्नी’ले यसरी यातायात प्रयोगकर्ताका निम्ति सहज वातावरण सिर्जना गर्ने उद्देश्यले काम गरी रहेको छ I अझै पनि यस समूहले ओके जर्नीलाई कसरी परिणाम मुखी बनाउन सकिन्छ भन्ने विषयमा गृहकार्य गरिनै रहेको छ I राजेश भन्छन् ‘तपाईँको सेवा तपाईंकै हातमा’ ओके जर्नीको उद्देश्य यही नै हो I’

भविष्यमा इ-सेवा तथा खल्ती जस्ता अनलाइन सिस्टमबाट सञ्चालित इ-कमर्स सँगको सहकार्यबाट अघि बढ्ने सोचका साथ हाल विभिन्न यातायातका काउन्टरबाट सम्पूर्ण डाटाहरू सङ्कलन गर्ने र आफ्नो एपलाई व्यवस्थित गर्ने काममा केन्द्रित भएर यस समूहले काम गरिरहेको छ I

तस्बिर: gldaewo.en.alibaba.com

साँचै ‘ओके जर्नी’ द्वारा राजेशको समूहले रोजिना जस्ता लाखौँ यातायातको समस्या सामना गरिरहेका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ I ओके जर्नीको यो सराहनीय प्रयासलाई हामी सबैको साथ र सहयोगको खाँचो छ I यदि यसले सबैको साथ र संवर्धन पाए – हाम्रो यातायात सम्बन्धित सेवा लिने सम्पूर्ण सेवाग्राहीका समस्याले समाधान पाउने थियो I ‘ओके जर्नी’लाई हामी सबैको तर्फबाट सफलताको शुभकामना ! किनकी उनीहरुको सफलता हाम्रो लागी सुविधा हो ।

प्रतिक्रिया
लोकप्रिय