पानीपुरीको गज्जब ब्राण्डिङ्ग – ‘द हाइजेनिक पानीपुरी’

आफुले बनाएको पानीपुरी स्वच्छ छ भन्ने सन्देशका लागी ब्राण्डिङ्गले ठुलो भूमिका खेल्छ

हाम्रो कथा २०७६ असार २५ गते १३:५६

निकै सानो लगानीबाट सुरु भएको यो व्यवसाय आज भने दैनिक ३० हजार, मासिक ९ लाख र वार्षिक १ करोड माथिको व्यापार गर्ने अवस्थामा पुगेको छ  I यहाँको मुख्य आकर्षण पानीपुरी रहेको छ I हो; दैनिक करिब पन्ध्र हज्जार रुपैयाँको त पानीपुरी नै बिक्री हुने गरेको छ I यो कथा ललितपुर स्थित मङलबजार। पाटनको मङलधाराकै देब्रे पट्टि रहेको ‘द हाइजेनिक पानीपुरी’को हो I र यही छ साधारण व्यवसायको लोभलाग्दो व्यापार !

यस बाहेक म:म, चाउमिन, ससेज, सेकुवा लगायतका स्टिक फुडहरूले समेत ग्राहकको ध्यान तानेको छ I ‘द हाइजेनिक पानीपुरी कसरी सुरु भयो भनेर बुझ्न भने करिब १८ वर्ष पछाडि फर्किनु पर्ने हुन्छ I यसका सञ्चालक हुन् श्याम कृष्ण कपाली I  उनी यत्तिकै यो व्यवसायमा लागेका भने होइनन् I

यो व्यवसाय सुरु गर्नु पूर्व उनले पर्यटन व्यवसायमा ठुलो रकम लगानी गरेका रहेछन् I व्यवसाय प्रतिको राम्रो ज्ञान तथा सिपको कमीका कारण सम्पूर्ण लगानी डुब्यो I तर अह: श्यामले कृष्ण त्यति मै हार मानेनन् I उनमा व्यवसायको यस्तो भोक थियो कि त्यही समय आफूलाई निकै संयम बनाउँदै; साधारण लगानीमा यो व्यवसाय सुरु गरेका हुन् I

पर्यटन व्यवसायको असफलता सँगै व्यावसायिक सफलताका निम्ति ज्ञान र सिपको महत्व बुझेका यी व्यवसायीले अवसरको खोजीमा रहेका केही व्यक्ति सँग मिलेर पानीपुरी व्यवसाय सुरु गरेका थिए I सुरुवाती दिनमा ज्ञान, सिप तथा ग्राहकको चाहनालाई कसरी पुरा गर्न सकिन्छ भनेर यी व्यवसायीले निकै मेहनत गरे I

श्याम कृष्ण कपाली भन्छन्, “जब मेरा स्टाफ साथीभाइले खान पाएँ म सन्तुष्ट हुन्छु । यिनीहरूले कराएका सुन्न पाउँदा पनि मलाई आनन्द लाग्छ I यिनीहरूको कामले नै म सफल भएको हो।”

कारण  एकातिर त्यत्रो लगानी गरिएको व्यवसाय डुबेको अवस्था अर्कोतर्फ  साधारण पानीपुरी व्यापार सुरु गर्नु आफै र परिवारका लागि पनि सन्तोष को विषय थिएन। त्यस अवस्थाबाट सुरु भएको  ‘द हाइजेनिक पानीपुरी’ मार्फत अहिले श्यामले कृष्णले १२ जना लाई त रोजगारी नै दिएका छन् I सबैभन्दा चाख लाग्दो विषय त उनले आफ्ना कर्मचारी लाई आफ्नै परिवार ठानेका छन् I उनी भन्छन् मेरा कर्मचारी कै मेहनतका कारणले मैले कमाउने हो I उनी आफ्नो यो सफलताको श्रेय आफ्ना कर्मचारीलाई नै दिन्छन् I

ग्राहक र खाना बिचको सम्बन्ध लाई विशेष ध्यान दिने यी व्यवसायीले साधारण पानीपुरीको व्यवसाय द्वारा यति गतिल्लो व्यावसायिक सम्भावनाको उदाहरण पस्किएका छन् कि; जुन प्रयास केही गरौँ भन्नेहरूका निम्ति निकै नै प्रेरणादायी बन्न सक्छ I

सपना धेरैले कोर्छन्, सफल निकै कम बन्छन्। र जो सपनालाई साकार पार्न हरदिन, हररात काम गर्छन्, मेहनत गर्छन् तिनै सफल बन्छन् कि कसो ?

 

प्रतिक्रिया