नेपालका सार्वजनिक यातायात र कमाई !

एउटा माइक्रोले सरदर दिनमा २ हजार रुपैया र ट्याम्पोले दैनिक १५ सय रुपैया जति आम्दानी गरिरहेका छन् । सार्वजनिक यातायातमा ३० देखि ५० % सम्मको नेट मार्जिन छ ।

हाम्रो कथा २०७६ असार २५ गते १५:४१

तस्बिर; gldaewo.en.alibaba.com

भनिन्छ, कुनै पनि मुलुकको राजधानीको सार्वजनिक यातायातको अवस्थाले त्यो देशको सिंगो अवस्थालाई वताउछ । यो भनाईलाई पत्याउन करै लाग्छ जब हाम्रो राजधानीको सार्वजनिक यातायातको संझना हुन्छ ।

सन् १९५९ वाट नेपालमा सार्वजनिक यातायात शुरु भएको हो । राजधानीको सार्वजनिक यातायातको वजार वार्षिक करिब १० अर्ब रुपैयाको छ । उपत्यकामा करिब १८ लाख मानिसले दैनिक सार्वजनिक यातायात प्रयोग गर्छन् । राजधानीमा करिब ३०० जना यात्रुलाई बोक्न एउटा सार्वजनिक यातायात उपलव्ध छ । आजको यो रिपोर्ट राजधानीको सार्वजनिक यातायातको मनी टक्समा केन्द्रित छ ।

नेपालमा पहिलो पटक सार्वजनीक सवारी साधन चल्न थालेको सन् १९५९ देखि हो । ‘नेपाल ट्रान्सपोर्ट सर्भिस’ नामको यातायात कम्पनीले काठमाण्डौंदेखी अमलेखगञ्जसम्म यात्रा थालेको थियो । पछि यहि कम्पनीले काठमाण्डौंबाट पाटनसम्म गाडी चलाउन शुरु गर्यो । उक्त गाडिको रुट रानीपोखरीबाट सुरु भएर मङगलबजार, लगनखेल हुँदै जावलाखेलसम्म रहेको थियो । यो कम्पनी करुणारत्न तुलाधार र उनका दाजु लुपौ रत्न तुलाधर मिलेर स्थापना गरेका थिए । कम्पनीले त्यतिवेला पनि ११ वटा गाडी मार्फत दैनिक १० हजार यात्रुलाई सेवा दिन्थ्यो ।

अत्याधिक मर्मत खर्च, खराव सडक तथा बढ्दो करको दायराले उक्त कम्पनीलाई टिक्नै मुस्किल पर्यो । सन् १९६६ मा कम्पनी बन्द भयो । यो कम्पनी वन्द हुनु अघि नै सन् १९६१ बाट साझा यातायात सुरु भईसकेको थियो । त्यस्तै सन् १९७५ मा त्रिपुरेश्वरबाट सुर्यविनायकसम्म चल्ने ट्रली बस आयो । जसको दुरी १३ किलोमिटर लामो थियो । सन् २००९ मा विभिन्न कारणले टली बस वन्द भयो । त्यस्तै सन् १९९३ मा ७ वटा सफा ट्याम्पो राजधानी भित्रिए । यसरी अघि वढेको राजधानीको सार्वजनिक यातायात अहिले यहाँसम्म आईपुगको छ ।

हाल उपत्यकाको जनसंख्या करिव ५० लाखको हाराहारीमा छ । एक विश्वासिलो तथ्यांक अनुसार, उपत्यकाको करिव ३५ प्रतिशत जनसख्याले सार्वजनिक सवारीमा यात्रा गर्छन् । पैदल तथा निजी सवारी साधन प्रयोग गर्नेको संख्या बाँकी ६५ प्रतिशत जति छ । यसको अर्थ दैनिक करिब १८ लाख मानिसले सार्वजनिक यातायात प्रयोग गर्छन् भन्ने हो । यसका लागि करिव ५० वटा विभिन्न समिति मार्फत ४५ सय वटा ठूला साना बस काठमाडौं उपत्यकामा गुडिरहेका छन् । यसवाहेक करिब ६ सय वटा माइक्रो बस छन् । त्यस्तै ८५० वटा सफा र ग्याँस ट्याम्पु छन् । जसमा करिब १२ हजार चालक तथा सहचालकले काम पाएका छन् । तर, यसमा ९ हजार वटा जति रहेका ट्याक्सीलाई समावशे गरिएको छैन् ।

तपाई जहाँवाट जहाँ सुकै जानुस् राजधानीमा एकपटक चढेपछि तिर्नुपर्ने न्यूनतम भाडा भनेको १३ रुपैंया हो । यो भाडा ४ किमी भन्दा कम यात्रा गर्न लागि हो । त्यस्तै अधिकतम भाँडादर २४ रुपैंया छ । यो १९ किमी भन्दा माथि यात्रा गरेवापतको लागि हो । तर सामान्यतया १५ देखी २० रुपैंया तिरेर यात्रा गर्ने यात्रुको संख्या धेरै छ ।

एउटा यात्रुले एक पटक यात्रा गर्दा न्यूनतम १५ रुपैया तिर्छ भनेर मान्दा, राजधानीमा सार्वजनिक यातायातमा मात्र दैनिक करिब २ करोड ७० लाख रुपैयाको कारोवार हुन्छ । यो भनेको मासिक ८१ करोड र वार्षिक करिब १० अर्व रुपैयाको कारोवार हो । यसमा एउटा बस तथा मिनिबसको सरदर आम्दानी दैनिक ३ देखी ४ हजार रुपैयाको हाराहारीमा हुन्छ । तर, पुनः संचालनमा आएको साझा बसले अन्य साधारण वसको तुलनामा झण्डै दोब्वर अर्थात दैनिक ७ हजार रुपैया जति कमाईरहेको छ ।

एउटा माइक्रोले सरदर दिनमा २ हजार रुपैया र ट्याम्पोले दैनिक १५ सय रुपैया जति आम्दानी गरिरहेका छन् । सार्वजनिक यातायातमा ३० देखि ५० % सम्मको नेट मार्जिन छ ।

पछिल्लो दश वर्षको आँकडालाई हेर्ने हो भने, काठमाण्डौं उपत्यकाको जनसंख्या वृद्धिदर प्रति वर्ष ४.२ प्रतिशत रहेको छ । तर, यातायातकरण भने १२ प्रतिशतले वृद्धि भइरहेको छ । जनसंख्याको अनुपातमा सवारी साधन झण्डै तीन गुणा वढेको छ । तर यस्तो दृश्य देख्दा लाग्छ, राजधानीलाई सार्वजनीक यातायातको सधै अपुग छ । यसको मुख्य कारण कमजोर व्यवस्थापन हो । जस्तो अफिस समयपछि संभवत राजधानीमा यात्रुको चाप सवैभन्दा वढि हुन्छ ।

तर, साँझ ६ वजे पछि, यात्रु घर फर्कने वेलामा सडकमा जम्मा २५ प्रतिसत सार्वजनिक यातायात गुड्छन् । हाम्रा सार्वजनिक यातायात सधै अस्तव्यस्त देखिनुको एउटा कारण यो पनि हो ।

तस्बिर; vice.com

प्रतिक्रिया

सम्बन्धित

नेपाली रंगमंचका सफल नाटक !

१२ भदौ , २०७६ २ मिनेटमा पढिने

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने
लोकप्रिय