किताब ‘द पर्सनल एमबिए’को सारांश

बिजनेस गर्नका लागी किताबले मुख्य ५ वटा आधारभूत खाकामा केन्द्रित रहन सिकाउँछ

हाम्रो कथा २०७६ असार २४ गते १५:५८

किताबका लेखक जोस कौफ़्मेनले आफ्नो पढाई पुरा गरे पछि एक बृहत् कम्पनी पी एण्ड जीमा काम गर्न सुरु गरे । उनको विशेषता प्राविधिक क्षेत्रमा थियो I तर उनी एउटा ठुलो बिजनेस हाउसमा काम गर्न पुगे जहाँ उनको भेट एमबिए ग्राजुबेटहरुसंग भयो I उनका सहकर्मी विश्व प्रख्यात विश्वविद्यालयका एमबिए ग्राजुवेटहरुको ज्ञान, सीप र कार्यशैली देखेर छक्क परे । उनलाई महसुस भयो कि बिजनेस हाउसमा योगदान दिन त व्यवस्थापन सीप चाहिने रहेछ । त्यसपछि, उनले एमबिए पढ्ने सोच बनाए I एमबिएको कोर्सबारे बुझ्दै जाँदा उनलाई लाग्यो कि यति पढेर मात्र व्यवस्थापकीय सीप व्यवहारमा उतार्न सकिँदैन। त्यस्तै उनले  स्व-अध्ययन गर्ने निधो गरे ।

उनले व्यवस्थापनका १०० वटा भन्दा धेरै पुस्तक अध्ययन गरे । त्यसपछि उनको ज्ञान अन्य एमबिए ग्राजुवेटहरुको भन्दा पनि धेरै भयो । तर, उनले पढे जति सबै किताबहरूमा केही समान विषयवस्तु पाएँ I त्यस प्रकारका केहि विषयवस्तु हरेक जसो पुस्तकमा बारम्बार दोहोरिएको पाएँ I ती समान विषयवस्तु नै व्यवसायमा चाहिने आधारभूत कुरा हुन बन्ने बुझेर उनले ‘द पर्सनल एमबिए’ किताबमा प्रस्तुत गरेका छन् । किताबले मुख्य ५ वटा आधारभूत खाकामा केन्द्रित रहन सिकाउँछ ।

१) ग्राहक माझ भ्यालु/महत्व सिर्जना 

जति सफल र बृहत व्यवसाय त्यति नै व्यवसायीले ग्राहक माझ भ्यालु सिर्जना गरेको हुनुपर्छ I जति धेरै भ्यालु सिर्जना गर्न सक्यो त्यति नै धेरै पैसा त्यस कम्पनीमा भित्रिन्छ। जस्तै कि; ‘एउटा स्थानीय जुस पसलले आफ्नो क्षेत्रका सीमित हज्जार व्यक्तिहरू माझ केही भ्यालु सिर्जना गरेको होला I त्यसैले उक्त जुस पसलका संचालकको गोजीमा सीमित रकम भित्रिन्छ। तर माइक्रोसफ्टले भने विश्व भरका करोडौँ व्यक्ति माझ भ्यालु सिर्जना गर्न सक्षम भएकाले बिलियन डलरको कम्पनी बन्न सफल भयो । त्यसैले, त्यसैले हामीले यस्तो प्लान गर्नु पर्छ कि – ‘आफ्नो कम्पनीले कहाँ र क-कसका माझ आफ्नो भ्यालु सिर्जना गर्न सक्छ र कति ठुलो कम्पनी बन्न सक्छ’ I

२) मार्केटिङ 

मार्केटिङको औचित्य भनेको ग्राहक समक्ष आफ्नो उत्पादन/प्रोडक्ट पुर्‍याउने हो । भनिन्छ, एउटा खराब उत्पादन/प्रोडक्टलाई पनि राम्रो मार्केटिङको जुक्ति लगाउन सकिन्छ । तर, यदि चुस्त मार्केटिङ गर्न नसके राम्रो प्रोडक्ट बेच्न पनि गाह्रो पर्छ। साथै मार्केटिङ गर्दा हामीले याद राख्नु पर्छ कि – ‘हामीले आफ्नो लक्षित ग्राहक वर्ग पहिचान गर्न सक्नु पर्छ I र ती लक्षित वर्ग माझ मात्र मार्केटिङ गरे पुग्छ I’ अन्य ग्राहक वर्ग माझ गरिएको मार्केटिङले भने खास अर्थ राख्दैन। जस्तै कि; जति टोइलेट हाइजिन बारे सतर्क रहे पनि यदि घरमा बच्चा छैन भने डाइपरको मार्केटिङले कुनै उपलब्धि दिलाउँदैन।

३) सेल्स 

कम्पनीलाई वर्षौँ वर्ष चलाउनु छ भने, आफ्नो प्रोडक्टको सेल्स हुनुपर्छ। सेल्स राम्रो हुनका लागी हामीले एउटा मूल्यको कुरामा काम गर्नु पर्छ – सेल्सका लागी ग्राहकको विश्वास जित्नु आवस्यक रहन्छ। विश्वास बिना कसैले पनि तपाईँको प्रोडक्टमा पैसा खर्च गर्दैनन्। एउटा उदाहरणबाट बुझौँ :- ‘तपाईँ कुनै नयाँ देश जानुभयो। तपाईँलाई भोक लाग्यो। वरिपरि हेर्दा तपाईँले २ वटा रेस्टुरेन्ट देख्नु हुन्छ I एउटा ‘ली हु मीन’ र अर्को ‘केएफसी’ I  सम्भवतः तपाईँ ‘केएफसी’ रोज्नुहुन्छ किनकि तपाईँ नेपालमा पनि ‘केएफसी’ सँग परिचित हुनुहुन्छ र यसको गुणस्तरबारे तपाईँलाई पहिले नै थाहा छ। ‘ली हु मीन’ रेस्टुरेन्टलाई भने तपाईँको विश्वासले जित्न समय लाग्छ। बिजनेसमा विश्वास जित्नु भनेको नै मन जित्नु हो। र यहि नै व्यवसायिक सफलताको बलियो आधार समेत हो I

४) भ्यालु डेलिभरी 

भ्यालु डेलिभरी त्यति बेला हुन्छ जब ग्राहकको अपेक्षा भन्दा धेरै भ्यालु कम्पनीले प्रदान गर्न सक्छ। जस्तै :- यदि कुनै कलाकारले पहिले भन्दा धेरै राम्रो प्रस्तुती दियो भने हामी उसको आगामी सबै फिल्म हेर्न आतुर हुन्छौँ।

५) फाइनान्स 

यदि कम्पनीले आफ्नो आय-वेय व्यवस्थापन गर्न नसके, कम्पनीको प्रोडक्ट जति नै राम्रो भए पनि कम्पनी बन्द हुने अवस्थामा पुग्न सक्छ । फाइन्यान्स सन्तुलनमा राख्नका लागी माथिका आवश्यकतामा लाग्ने खर्चमा केही कटौती गर्नु पर्छ I अथवा ग्राहक माझ अझ भ्यालु सिर्जना गर्न सक्नु पर्छ।

समग्रमा जोस कौफ़्मेनले बुझाए व्यवसायको सारांश;

— बिजनेस त्यो काम हो I जसले भ्यालु सिर्जना गर्छ।

— सो-प्रोडक्टको आवश्यकता ग्राहकलाई हुनु पर्छ।

— ग्राहक वर्गले सो-आवश्यकता पूर्तिमा पैसा खर्च गर्न तयार हुनु पर्छ I

— प्रोडक्टको उपयोगले ग्राहक/उपभोक्ता खुसी हुनु पर्‍यो I

— र, आर्थिक रूपमा कम्पनीलाई फाइदा हुनुपर्‍यो।

तस्बिरमा : जोस कौफ़्मेन

 

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

२ दिन अगाडि ५८ सेकेन्डमा पढिने