संसारकै सबैभन्दा तेज व्यक्ति

'ब्रुस ली'को जीवन कथा !

ब्रुस लीको भनाए थियो; यदि तपाईँ कुनै चिज लाई सोचन धेरै समय लगाउनु हुन्छ भने त्यसलाई तपाईँ कहिले पुरा गर्न सक्नुहनन् I

हाम्रो कथा २०७६ असार २४ गते १५:३९

तस्बिर: MAGAZIN.WSU.EDU

यदि संसार कै सबैभन्दा तेज व्यक्तिको कुरा गर्नु पर्दा या ‘मार्सल आर्ट’ को कुरा गर्दा आज पनि संसार भरिबाट हाम्रो दिमागमा एक व्यक्तिको मुहार आउँछ I र, त्यो मुहार हो ‘ब्रुस लि’ को ! जो आफ्नो बिजुली जस्तै फुर्ती र तेज किक द्वारा तेक्वान्दोमा जो कोहिलाई पनि धुलो चटाउने क्षमता राख्दथे I

त्यसो त संसार मै निकै थोरै मानिस होलान् जसले ‘ब्रुस लि’को नाम नसुनेका हुन् I तर जसले उनका बारेमा बुझेका छैनन् I  यो कथा उनीहरूकै निम्ति हो I ‘ब्रुस लि’ मार्सल आर्ट का बादशाह थिए I मार्सल आर्टमा उनी भन्दा अघि या आज सम्म पनि उनी समान कोही जन्मिन सकेको छैन I उनी मार्सल आर्टका बादशाह मात्र नभएर हलिउड फिल्म का निकै लोकप्रिय कलाकार समेत थिए I ब्रुस लिले धेरै लोकप्रिय हलिउड चलचित्र समेत दिएका छन् I ‘ब्रुस लिई’ को मृत्यु ३२ वर्षको निकै कलिलो उमेरमा भएको थियो I यद्यपि उनले यो कम उमेरमा जुन सफलता प्राप्त गरे त्यो आम मानिसको बसको कुरा थिएन I भनिन्छ कि – ‘ब्रुस लि’ को किकको स्पिड यति तेज हुने गर्दथियो कि; जसलाई फिल्मको छायाङ्कन पश्चात् स्लो गर्नु पर्ने हुन्थियो I ता कि स्क्रिनमा यस्तो लगागोस उनले नक्कली एक्टिंग गर्दै छन् I कुनै पनि साधारण मानिसका निम्ति यस्तो तेज सँग हात,खुटा चल्नु सम्भव नै थिएन I ब्रुस लि जो कोहीलाई तिन फुट टाढा बाटै ०.०५ सेकेन्डमा पन्च हानेर लडाउन सक्थे I जो आफैमा अध्भुत क्षमता थियो I

तस्बिर: CNBC.COM

ब्रुस लीको जन्म २७ नोभेम्बर सन् १९४० मा सेन फ्रानसीसको  स्थित चाइना टाउनमाको जयाक्सोन स्ट्रेट अस्पताल मा भएको थियो I ब्रुस लीको वास्तविक नाम जुन फ्रेन्स लि थियो I उनलाई नर्सले ब्रुस नाम राखिदिएकी थिइन I जहाँ उनको जन्म भएको थियो I उनका पिताको नाम ‘ली होइ चुएन’ थियो I र उनकी आमाको नाम क्याथोलिक थियो I ब्रुस लीको जन्म भएको केही महिना मै उनका पिता सम्पूर्ण परिवार सहित आफ्नो जन्म स्थान हंगकंग पूर्ण आए I उनि एक ओपेरा सङ्गीत स्टार थिए I ओपेरा एक नाटकीय सङ्गीत हो I यस सङ्गीत मा केही व्यक्ति गीत गाउँदै एक्टिंग/अभिनय गर्ने गर्छन् I यस प्रकारको सङ्गीतलाई युरोपमा निकै रुचाइने गर्छ I ब्रुस लीका पिता ओपेरा स्टार भएका कारणले नै तिन महिना कै उमेरमा उनलाई गोल्डेन गेट  गर्ल नामको एक चलचित्रमा बच्चाको भूमिका/रोल मिल्यो I र उनको फिल्मी यात्रा मात्र तिन महिनाको कलिलो उमेरबाट सुरु भयो I हेर्दा हेर्दै १६ वर्षको उमेर सम्म उनले २० भन्दा बढी फिल्ममा काम गरे I लीले आफ्नू प्राथमिक शिक्षा घर नजिकैको एक स्कुल बाट गरे I जब उनी १६ वर्षका थिए I त्यस समय उनको सहरमा केही गुन्डा आएर बसेका थिए I जसले आम मानिस लाई निकै दुख दिने गर्दथे I यसै कारणले उनी आफू र आफ्ना परिवारको सुरक्षाका निम्ति १६ वर्षे उमेरमा मार्सल आर्ट सिक्न थाले I उनले यीप म्यान सँग प्रशिक्षण लिए I जो एक जाने माने प्रशिक्षक थिए I जसले लि लाई बिन चुंग नामको अदभूत मार्सल आर्ट को टेक्निक सिकाए I मार्सल आर्ट को ज्ञान भए पश्चाता लि लाई ती गुन्डा सँग लड्ने रहर पलाउँन थाल्यो I जस कारणले उनका पिता निकै चिन्तित हुने गर्थे I यहीकारणले उनले ब्रुसलाइ अमेरिका पठाए I अमेरिका पुगेर ब्रुस लि आफ्नो खर्च जुटाउनका निम्ति मार्सल आर्टको प्रशिक्षण दिन थाले I र २० वर्षको उमेरमा केही पैसा जुटाएर युनिभर्सिटी अफ वासिङ्टनमा भर्ना भए I त्यहाँ पनि विद्यार्थीलाई उनले मार्सल आर्ट को प्रशिक्षण दिन सुरु गरे I

तस्बिर; VARITY.COM

यही क्रममा उनको भेट लिनडा एक्म्री सँग भयो I र ब्रुस ली लिन्डासंग प्रेममा परे I यसै क्रममा अगष्त सन् १९६४ मा यी दुई विवाह बन्धनमा बाधिए I यिनीहरूका दुई सन्तान समेत भए I सन् १९६९ मा लस एन्जलसको चाइना टाउन स्थित उनले मार्सल आर्ट सिकाउनका लागि एक ट्रेनिंग सेन्टर खोले I जहाँ उनी स्थापित कलाकारलाई मार्सल आर्टको प्रशिक्षण दिने गर्दथे I त्यही वर्ष मार्लो नामको फिल्ममा हेल्पिंग एक्टरका रूपमा काम गर्ने मौका पाए I ब्रुस लि ले अहिले सम्म धेरै फिल्ममा काम त गरिसकेका थिए तर अहिसम्म उनी आफ्नो कलाकारिताका निम्ति प्रख्यात भई सकेका थिएनन् I उनको पहिलो ठुलो फिल्म सन् १९७१ मा आयो I जुन फिल्म थिए ‘द बिग बोस’ थियो I जुन एउटा चाइनिज फिल्म थियो जसमा उनले मुख्य भूमिका खेलेका थिए I यस फिल्मका कारण ब्रुस ली पुरै संसारमा प्रसिद्ध भए I यस पछि हेर्दा हेर्दैएक्टिंगको दुनियाँमा उनले धेरै ठुलो सफलता हासिल गरे I ‘द वाय अफ ड्रयागन’ जस्ता उत्कृष्ट सिनेमा उनले दिए I ब्रुस ली एक राम्रा कलाकार र कवि पनि थिए I उनलाई किताब पढ्ने धेरै सोख थियो I मानिसको भनाइलाई अधार मान्ने हो भने सफलताको धारमा पुगे पश्चात् उनलाई नशाका निम्ति औषधि लिने बानी बसेको थियो I साथै संसार कै सर्वोकृष्ट मार्सल आर्ट प्रशिक्षक बन्ने चाहले आवश्यकता भन्दा बढी अभ्यास गरेका कारण उनको दिमागी नशा कमजोर बन्न थालेका थिए I २० जुलाई सन १९७३ को साँझ उनको टाउको सामान्य दुख्यो र उनले दुखाइको औषधी लिए I थोरै समयमा उनी बेहोस भए I उनलाई तुरुन्तै अस्पताल लगियो तर उनको त्यो बिहोसीबाट कहिले फर्किएन I

तस्बिर; KISSPNG.COM

यसरी मार्सल आर्टका बादशाह ३२ वर्षको कलिलो उमेर मा नै यस संसार अलबिदा भनेर गए I
ब्रुस लीको भनाए थियो, “यदि तपाईँ कुनै चिज सोच्न धेरै समय लगाउनु हुन्छ भने त्यसलाई तपाईँ कहिले पुरा गर्न सक्नुहन्न I:

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

२ दिन अगाडि ५८ सेकेन्डमा पढिने