बसलाई क्याफेमा परिणत गर्न सकिदो रहेछ !

बसमा खाना पाक्दैछ !

भनिन्छ, अहिलेको समय कुनै निश्चित ठाँउमा स्थिर रहेर प्रगति सम्भव छैन I त्यसैले अस्थिरता, हलचलले नै मान्छेलाई अघि बढाउने हो I यो दुनायाँमा केहि पनि स्थायी हुदैंन I सबैकुरा अस्थायी छन् I र, संसारको यहि अस्थायी नियमलाई आधार मानेर अघि बढेका छन् मोबाइल व्यवसायी I

हाम्रो कथा २०७६ असार २३ गते १६:००

भनिन्छ, अहिलेको समय कुनै निश्चित ठाँउमा स्थिर रहेर प्रगति सम्भव छैन I त्यसैले अस्थिरता, हलचलले नै मान्छेलाई अघि बढाउने हो I यो दुनायाँमा केहि पनि स्थायी हुदैंन I सबैकुरा अस्थायी छन् I र, संसारको यहि अस्थायी नियमलाई आधार मानेर अघि बढेका छन् मोबाइल व्यवसायी I

यस्तै एउटै कथा हो ‘बस क्याफे’ को । यो क्याफे ५ वर्ष पुरानो हो । सञ्चालक हुन् यि दिदिबहिनी मुना मगर र दिया कठायत ।

बस क्याफेको यात्रा बिहान ८ बजेदेखी बेलुका साँढे ६ बजेसम्म हुन्छ । बस क्याफे सानो छ तर राम्रो छ । दुईवटा पुरानो बसलाई बस्न मिल्ने खान मिल्ने बनाएका छन् । जसको लागी उनीहरु मासिक २ हजार रुपैयाँ भाँडा तिर्छन् । छेउकै आइसर कम्पनिलाई । यि दिदिबहिनीले यो होटल सुरु गर्नुको पनि बेग्लै कथा छ ।

यो बस क्याफे उनीहरु भन्दा अघि ३ जनाले चलाईसकेका थिए । तर जसले चलाएपनि २—३ महिनाभन्दा टिक्नै नसक्ने । अनि भएछ के भने यि मुना मगरका श्रीमान् छेउकै आइसरको कार्यलयमा काम गर्दा रहेछन् । यो क्याफे चलाइरहेका पुराना सञ्चालकले छोड्ने भएपछि श्रीमान्ले नै बोलाएछन् । क्याफे सञ्चालन गर्न भनेर ।

उनीहरुले पनि ४ वर्षअघि चलाउँदा सुरुका २ महिना त घाटा मै चलाए । ग्राहकहरु खान आउने तर पैसा नतिरी जाने । भिड पनि अत्याधिक हुने । र त्यहि भिडका कारण कसले पैसा दियो र कसले दिन बाँकि छ पत्तो नहुने ।

तर आज दैनिक जसो सरदरमा डेढ देखी दुई सय ग्राहक आउँछन् यहाँ । दैनिक ५—६ हजार रुपैयाँको कारोवार हुन्छ । हुन त यो क्याफे आइसर कम्पनीको क्यान्टिन हो । तर वरिपरिका अन्यको पनि खाजा खाने गन्तव्य यहि होटल हो । कतिपय ग्राहक त यहाँ यस्तो गरेको देखेर आफैं सञ्चालन गर्छु भनेर तम्सिने गरेका छन् रे ।

हाम्रो वरिपरि पनि कति यस्ता काम नलाग्ने बसहरु छन् । जसलाई हामीले होटल या पसल भनेर सञ्चालन गर्न सक्छौं होला नि । भाँडा पनि कम पर्ने अनि नौलो कन्सेप्ट भन्दै ग्राहकपनि खोजिखोजी आउने ।

प्रतिक्रिया