उद्यमशीलता बुझाउने ५ युट्युब च्यानल

हाम्रो कथा २०७६ असार २२ गते १४:०९

तस्विर श्रोत : Forbes

आजको समय उद्यमशीलताबारे बुझ्ने र उद्यमी बन्ने वातावरण विकास निर्माणको एउटा कारक मिडिया श्रोतहरु पनि हुन् I ब्लग, भिडियो र अन्तर्वार्ताहरु मार्फत उद्यमी बन्ने प्रेरणा, काम गर्दै जादाँ चाहिने ज्ञान सबै मिडिया श्रोतहरुबाट सिक्न सकिन्छ I युट्युब च्यानलहरुको कुरा गर्दा, यी ५ उत्कृष्ट युट्युब च्यानलहरु नियमित फलो गर्न सकिन्छ ।

१) दिस विक इन स्टार्टअप

जेसन क्यालक्यानिस होस्ट रहेको दिस विक इन स्टार्टअपले संसारभरिका उत्कृष्ट, प्रेरणादायि, काम नलाग्ने र सुन्दै रिस उठ्ने सबै किसिमका स्टार्टअपका बारेमा चर्चा गर्छ । यस च्यानलको अर्काे सबल पक्ष भनेको, तपाईले आफ्नो व्यवसायलाई राम्ररी मुल्यांकन गर्न सक्नुहुन्छ । तपाईले आफ्नो व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा राम्रा स्ट्राटेजी बनाउन सक्नुहुन्छ । १ लाख भन्दा ज्यादा सब्स्क्राइबर रहेको यस च्यानल सिलिकन भ्यालीलाई नियाल्न पनि उपयोगी हुन सक्छ ।

२) आइ विल टिच यु टु बि रिच

यो एउटा यस्तो च्यानल हो जसले तपाईलाई सुझाव होइन, सिद्धान्त सिकाउँछ । जसले बाटो मात्र होइन, हिँड्ने तरिका पनि सिकाउँछ । यस च्यानलका सञ्चालक रमित सेठ्ठि भन्छन्, ‘पैसा बचाउने एउटा लिमिट हुन्छ, तर पैसा कमाउने कुनै लिमिट हुँदैन । तपाईका कमजोरिहरुको समाधान बताउने अनि व्यवसायलाई कसरी चलायमान गराउने भनेर यो च्यानलले गतिलो खुराक प्रदान गर्छ । झण्डै डेढ लाख सब्स्क्राइबर रहेको यस च्यानल एउटा उद्यमीका लागी लाभदायक हुन सक्छ ।

३) विग थिंक

उद्यमीले व्यापार गर्ने कला मात्र जानेर हुँदैन, उसले आफ्नो ज्ञानको दायरालाई फराकिलो बनाउन पर्छ । ताकि देशको राजनितिक अवस्थालाई मुल्यांकन गरेर आफ्नो पाइला निर्धारण गरोस् । समाजको मनोविज्ञानलाई बुझ्न सकोस् । मानविय आवश्कता बुझ्न सकोस् । आफुलाई फराकिलो दायरामा नचाउन चाहने हरेक उद्यमीले यस च्यानललाई फलो गर्नै पर्छ । बिस लाख भन्दा बढि सब्स्क्राइबर रहेको यस विग थिंकले विभिन्न सफल व्यक्तिको कथा, समाज, मनोविज्ञान, प्रविधि लगायतको कथालाई प्रस्तुत गर्ने गरेको छ ।

४) गुगल स्मल विजनेस

नयाँ नयाँ स्टार्टअपहरुलाई विजनेस, मार्केटिङ, ब्राण्डिङ टिप्स् आदि प्रदान गर्दै आएको गुगल स्मल विजनेसले विभिन्न स्रोत र उपकरण पनि प्रदान गर्दै आएको छ । विषेश गरि अनलाईन विजनेस ग्रुपलाई धेरै महत्व दिने गुगल स्मल विजनेस अनलाईन वा डिजिटल अन्टरप्रेनरले फलो गर्नै पर्ने च्यानल हो । सवा दुइ लाख सब्स्क्राइबर रहेको यस च्यानल पनि स्टार्टअपहरुका लागी लाभदायक च्यानल हो ।

५) टेड टक्स्

‘आइडियाज् वर्थ स्प्रेडिङ’ अर्थात् बाँड्न योग्य जुक्ति भन्ने स्लोगानका साथ स्थापित टेड टक्स् नयाँ जन्मिएका, नयाँ जन्मिन चाहेका तथा स्थापित भइसकेका सम्पुर्ण उद्यमीहरुकालागी महत्वपुर्ण सावित हुन सक्ने यु ट्युव च्यानल हो । झण्डै ८० लाख सब्स्क्राइबर रहेको टेड टक्स् कुनै निश्चित वर्गका लागी भन्दा पनि समग्र दर्शकलाई केन्द्रित गरेर कार्यक्रम निर्माण गर्ने च्यानल हो ।

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

३ दिन अगाडि ५८ सेकेन्डमा पढिने