आफ्नै जीवनमा पानीको अभावले गर्दा, ‘बेस्ट पानी’ सुरु गरें : गोकुल दंगाल

मानवीय, कृषि तथा जंगली जनावरका निम्ति समेत शुद्ध पानीको अभावका कारण त्यसको असर पर्यावरण देखिने भएकाले जंगली जनावर समेतका निम्ति बेष्ट पानीले काम गरी रहेको छ I

हाम्रो कथा २०७६ असार २० गते १६:१९

तस्विर श्रोत: बेस्ट पानीको फेसबुक

तपाईं हाम्रो जीवनमा पानीको महत्वलाई हेर्ने हो भने मानिस त के संसार समेतको अस्तित्व सम्भव छैन I यो कथाले एउटा व्यक्तिको जीवनमा पानीको अभावले गर्दा नै पानी कै व्यवस्थापन द्वारा पानीको समस्यालाई गतिलो अवसर बनाएको विषय पस्तुत गरेको छ I

गोकुल दंगालका अभिभावकले उनलाई सरकारी विद्यालयमा समेत पढाउन सकेनन् I उनको स्कुलको ४० रुपैयाँ शुल्क थियो I त्यहि पनि तिर्न नसकेकाले उनलाई विद्यालय निस्कासित गर्यो I उनमा पढ्ने चाह भने निकै थियो I उनले मन मनै संकल्प गरे “मलाई पढ्न कसैले रोक्न सक्दैन I” पढ्ने रहरले गोकुल गाउँ छाडेर काठमाडौं आए I यहाँ आई सकेपछी उनले घरेलु श्रमिकको काम गर्न समेत तयार भए I उनमा यति मात्र चाह थियो कि; उनि पढ्न मात्र पाए जस्तो काम पनि गर्न तयार थिए I

अन्तत: एक व्यक्ति फेला पारे जसले आफ्नो घरको काम गरिदिए बापत गोकुललाई सरकारी बिद्यालय पढाइ दिने भयो I गोकुललाई सर्त मन्जुर भयो I त्यहि क्रममा उनले काठमाण्डौमा पानीको एकदम अभावलाई सामाना गर्नु पर्यो I घरका हरेक काम – भाडा धुन, लुगा धुन, घर सफा गर्न पानी कै आवश्यकता हुन्थियो I यी काम गर्नै पर्ने तर घरमा पानी नै नाउने I त्यति बेला उनि सोच्ने गर्थे “पर्याप्त  पानी भएको भए कति छिटो र सजिलै काम सक्थे होला !” गोकुल ट्यांकरबाट बाढिने पानी लिन अन्य मानिस जस्तै झुम्मिएर पुग्थे बल्लबल्ल एक बाल्टिन पानी भरेर हुलबाट बाहिर निस्कन्थे I हुलको ठेलम-ठेलमा आदा बाल्टिन पानी पोखिसक्थ्यो र आदा बाल्टिन पानी बोकेर उनी घर जान्थे I

तस्विर श्रोत: बेस्ट पानीको फेसबुक

बेस्ट पानीको प्रेरणा

यसै गरी उनी स्कुलको पढाइ सकेर कलेज पुगे I कलेजमा उनले बजार व्यवस्थापन पढ्न थाले I तर अह: उनलाई त्यस विषयमा चाख नै लागेन I उनले पढाइ छाडिदिए I अब उनलाई टेक्नोलोजीको विषय पढ्ने चाह आयो I जुन विषय पढेर पानी सम्बन्धि नै काम गर्ने सोच बनाए I नेपाल मै बसेर दुई वर्ष प्राविधिक अध्ययन गरे र भारत गएर थप दुई वर्षको अध्यय न पुरा गरे I त्यसै क्रममा पानीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय सिक्ने अवसर गोकुलले पाए I नेपाल र भारत दुई-दुई वर्ष गरी चार वर्षको अध्ययन पश्चात अब पानी सम्बन्धित नै केहि गर्नु पर्यो भनि खोज्दै र सोच्दै गर्दा कही कतै पानी नै भेट्टाएनन् I अन्त्यमा विकल्पको रुपमा आकाशबाट पर्ने पानीमा गोकुलको आखा पर्यो I विभिन्न अध्ययन पश्चात अझै उनि आकाशे पानी मै विश्वस्त भए कि; ‘सबै भन्दा उत्तम तरिका आकासे पानी लई दैनिक रुपले उपयोग गर्न सकिन्छ I’

यसरी सन् २००७ तिर सजल प्रधानको संगको सहकार्य बीच ‘बेष्ट पानी’ नामक कम्पनी सुरु गरे I आकाशको पानीलाई व्यवस्थापन गरेर पानी सम्बन्धि सम्पूर्ण समस्यालाई सम्बोधन गर्ने सोचलाई मानिस माझ पुर्याउदा कसैले गोकुलको समुहलाई विश्वास गरेनन् I झन्डै दुई वर्ष सम्म निकै सिमित काम गरे I जसको सकारात्मक परिणाम देख्न थाले पछी भने मानिसले बुझ्न थाले I ‘बेस्ट पानी’ले पानी सम्बन्धि सम्पूर्ण समस्यालाई ब्यवस्थापन गरेको उदाहरण मानिसले देखे पाछी भने ग्राहक पाउन ‘बेष्ट पानी’लाई मुस्किल नै भएन I

तस्विर श्रोत: बेस्ट पानीको फेसबुक

बेस्ट पानीको प्रभाव 

गोकुल दंगालका अनुसार- ‘बेस्ट पानी’ नेपाली समाजलाई सुहाउने र सबैले बुझ्ने अंग्रेजी र नेपालीको सरल समीकरण हो I यसले गर्ने भनेको हाम्रो देशमा अहिले भैरहेको पानिको समस्याको व्यवस्थापन तथा बिकल्पका रुपमा यसले काम गर्छ I यसले गर्ने ३ प्रकारका काम यस्ता छन:

१) वाइट वाटर- जुन पानी पिउन मिल्छ I

२) वेष्ट वाटर- जुन पनी पिउन मिल्दैन तर अन्य रुपमा प्रयोग गर्न मिल्छ I

३) ब्ल्याक वाटर- जुन पानीमा दिशा पिसाव मिस्सिएको हुन्छ I

यसरी ३  किसिमका पानी शुद्धिकरणको काम वेष्ट वाटरले गर्छ I गोकुल दंगाल र साजल प्रधानको सहकार्यमा सुरु भएको ‘बेस्ट पानी’ ! हाल ३० जिल्लामा पानी कै निम्ति काम गरिरहेको छ I काठमाडौंका मात्र पाँच लाख व्यक्ति वेष्ट वाटरबाट लाभान्वित भएका छन् भन्ने कुरा गोकुलले बताए I बेष्ट पानीले आफ्नो सेवा द्वारा पानीको उचित व्यवस्थापन गरिसकेको छ I त्यस्तै मुलुकभर गरि १५ लाख बढी व्यक्तिले यसको प्रत्यक्ष लाभ लिई सकेका छन् I हाल यस कम्पनीमा संस्थापकहरु बाहेक झन्डै ११६ जना व्यक्ति कार्यरत छन् I

मानवीय, कृषि तथा जंगली जनावरका निम्ति समेत शुद्ध पानीको अभावका कारण त्यसको असर पर्यावरण देखिने भएकाले जंगली जनावर समेतका निम्ति यस कम्पनीले काम गरी रहेको छ I ‘बेष्ट पानी’ले आफ्नो प्रवर्द्धनका निम्ति आज सम्म कुनै प्रकारको बिज्ञापन प्रस्तुत गर्नु परेको छैन I घर,स्कुल-कलेज ,प्राइभेट क्षेत्र, कृषि आदि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर यस कम्पनीले काम गरिरहेको छ I 

पानी नभएको पानी उपलब्ध गराउने, पानी भएको ठाउँमा पानीमा गुणस्तरता दिने र धेरै पानी भएको ठाउँमा व्यवस्थापन कसरी गर्ने भन्ने विषय बेस्ट पानीले काम गरीरहेको छ  I

 

 

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

३ दिन अगाडि ५८ सेकेन्डमा पढिने