हिमाली जुत्ता – ‘डोचा’को कथा

स्वदेशी उद्यमको नविनतम उदाहरण !

अर्को ठुलो चोट उनले भेट्टाए I त्यो चोट शरीरको नभएर सिंगो देशको थियो I ढलेका थिए धरोहर, पुर्रिएका थिए सस्कृति, भग्नावशेष बनेका थिए पुर्खाका प्रतिक I हो, यस्तै यस्तै थियो उनले देखेको दृश्य !

हाम्रो कथा २०७६ असार १९ गते १६:४६

हिमाली भेग जहाँ अत्यादिक चिसो हुने गर्छ, त्यस स्थानका सेर्पा समुदायले त्यस प्रकारको चिसो लाई छेक्न याक,चौरीको छाला तथा भेडाको उन लागायतको प्रयोग गरी विशेष प्रकारले तयार गरिएको कपडा/लुगा लगाउने गर्छन I जसलाई स्थानीय बोलि चालीको भाषामा बख्खु भनिन्छ I र त्यहि बख्खु संगै खुट्टामा ‘डोचा’ लगाइन्छ I बख्खु तथा ‘डोचा’ लाई नेपाली संस्कृतिको एउटा महत्वपूर्ण आधार समेत मान्न सकिन्छ I

यो कथाले नेपाली संस्कृतिको सम्बोधन गरेको त्यहि ‘डोचा’ तर हिमाली भेगमा पाइने वा लगाइने डोचा मात्र नभएर केवल नेपालको हिमाली भेगमा सिमित डोचालाई सिंगो नेपाल र अन्तराष्ट्रिय स्तर मै परिचित गराउने उद्येश्यका साथ उदयाएको ‘डोचा’ नामक स्वदेशी उत्पादन वा भनौ उद्यम शिलताको कथा, यो ‘डोचा’ जुत्ताको कथा !

आज भन्दा करिव चार वर्ष अघि गएको बिनासकारी भूकम्पको समयको कुरा हो I जतिवेला वत्सल राजभण्डारी उज्यालो फाउन्डेसन द्वारा विभिन्न भूकम्पबाट क्षेद विक्षेद स्थानमा राहतको मलम पट्टि लगाउदै पुगेका थिए I एउटा घाउलाई त उनले मलम पट्टि गर्दै थिए I त्यो चोट शरीरको नभएर सिंगो देशको थियो I ढलेका थिए धरोहर, पुर्रिएका थिए सस्कृति, भग्नावशेष बनेका थिए पुर्खाका प्रतिक I हो, यस्तै यस्तै थियो उनले देखेको दृश्य !

उनलाई आफ्नो देशका सांस्कृतिक धरोहरहरुको त्यो अवस्थाले निकै नरमाइलो बनायो I  त्यस्ता लोपोउन्मुख बस्तुलाई संरक्षण गर्ने कुनै सक्रिय माध्यम तिर आखा घुमाए अह: कहिँ कतै केहि भेट्टाएनन् I उनको सोच त्यस्ता लोपोन्मुख सांस्कृतिक धरोहरलाई संरक्षण गर्न तर्फ केन्द्रित बन्यो I उज्यालो संगैका अन्य दुइ जना सहयात्री संग सामुहिक छलफल गरे I अनि यस्तो उद्यमको जन्म भयो जसले स्वदेशी संस्कृति झल्किने जुत्ता द्वारा सिंगो सस्कृतिको सम्बोधन मात्र नभएर स्वदेशी जुत्ताको सस्कार, स्वदेशी उद्यमको नविनतम उदाहरण तथा सम्भावना, अन्तराष्ट्रिय स्तर मै नेपाललीपनको पहुँच स्थापित गर्ने सम्मको हैसियत पस्किएको छ I

 वाट्सापले जुत्ता नै रोज्नुको कारणमा उनी यसो भन्छनहामी तिनै जना जुत्ता प्रेमी हौ I हामी फरक उत्पादनका जुत्ताहरु लगाउन निकै रुचाउने गर्छौ I लोपोन्मुख सस्कृतिको सम्बर्धन गर्ने उद्येश्य र जुत्ता प्रतिको प्रेमले गर्दा आज डोचाका उत्पादन यहाँहरु समक्ष पस्किएका छौ I’   

वत्सल राजभण्डारी सहित ३ जना सह-स्थापक द्वारा संचालित ‘डोचा’ ले आफ्ना उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा सोल बाहेक अन्य सम्पूर्ण स्वदेशी ढाका, हिमाली भेगका प्रयोग हुने कपडा ‘स्यामा’, नेवारी समुदायले प्रयोग गर्ने कपडा ‘नव’ आदि प्रयोग गर्ने गरेको छ I हाल झम्सिखेलको लोकप्रोजेक्ट, ब्लुबर्ड महलको भुई तल्ला लगायत स्थानबाट डोचाले आफ्ना उत्पादन ग्राहकको पहुँचमा पुर्याईरहेको छ I

युवाहरुका निम्ति डोचाको संदेश-

यसरी स्वरोजगार तथा उद्यमशीलता द्वारा नेपाली सस्कृति युक्त उत्पादनलाई नेपाली बजार हुदै अन्तरास्ट्रिय बजारको बाटो बनाउदै गरेका डोचाका सह-सस्थापक वत्सल युवाहरुका निम्ति यस्तो संदेश दिन्छन- “मलाई जो बाट निकै प्रेरणा मिल्ने गर्छ I उहाँको नाम अनिल हो I अनिल दाइले मलाई भन्ने गर्नु हुन्छ; ‘हामी करले हैन, रहरले नेपाल बसेका हौ  I हामीले विदेश जाने मौका लाइ नचुनेका हौ I’ मलाइ पनि त्यस्तै लाग्छ I यहा अवसरहरु धेरै नै छन I हो, नीति नियम लगायतका धेरै कुराले निरुत्शाहित बानाएको होला I तर जब त्यो उदेस्य र कडा मेहनत जोद्दिन्छ त्यस्ता निरुत्साहित बिसय हरु प्राथमिकता भन्दा तल पर्न जान्छन I प्राथमिक बिसय त उद्येश्यलाई पछ्याउदै अगाडी बढ्नु हो जस्तो लाग्छ I” 


 

 

प्रतिक्रिया

सम्बन्धित

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने