हात हातमा स्यामसुङको मोबाइल : यो अवस्था कसरी आयो ?

स्यामसुङ कम्पनीको उदयको कथा

हाम्रो कथा २०७६ असार १७ गते १७:४६

 

तस्विर : Quora बाट

आफ्नो जीवनकालमा स्यामसुङको मोबाइल फोन नबोकेको वा आफ्नो परिवार आफन्तहरुको लागी कहिल्यै नकिनिदिएको व्यक्ति कमै होलान् I चर्चित ब्राण्डको सुरुवात चाँहि कस्तो थियो होला भनेर । यो कथा स्यामसुङ र यसका फाउण्डर लि ब्यङ चुलको कथामा केन्द्रित छ ।

लि ब्यङ चुल १२ फेब्रुअरी १९१० मा दक्षिण कोरियाको एक धनि परिवारमा जन्मिएका थिए । करिव २८ वर्षको उमेरमा हुँदा उनले एउटा ट्रेडिङ कम्पनीको स्थापना गरे । जसको नाम राखे स्यामसुङ । कोरियन भाषामा स्यामसुङको अर्थ थियो तीन तारा । अर्थात् ठूलो, धेरै र शक्तिशालि तीन तारा ।

करिव ४० जना कामदार सहित स्यामसुङ ट्रेडिङ कम्पनिले खाद्यान्न, चाउचाउ लगायतका वस्तुको विनिमय गर्ने गथ्र्याे । कोरियाको देगु सहरबाट थालेको यात्रा सफल भएपछि सन् १९४७ मा लि राजधानी सियोल तर्फ सरे । तर धेरै समय त्यहाँ रमाउन नपाउँदै सन् १९५० मा कोरियन वार भयो । झण्डै २५ लाख व्यक्तिको मृत्यु भएको उक्त युद्धले आजसम्म पनि दक्षिण र उत्तर कोरिया बिचको सम्बन्धलाई प्रभाव पारि नै रहेको छ ।

यहि युद्धका कारण लि सियोल छोड्न बाध्य भए र सन् १९५४ मा देगु शहर फर्केर एउटा ऊनको उद्योग खोले । जुन त्यससमय कोरियाकै सबैभन्दा ठूलो क्षमताको ऊन उद्योग थियो । बिचमा यसभन्दा अघि चिनी उद्योगमा पनि हात हालेका लि ले अब स्यामसुङलाई झन् विस्तार गर्ने सोचे र इन्स्योरेन्स्, सेक्युरिटिज् र रिटेल व्यवसायमा हात हाले ।

त्यसपछि सन् १९६० तिरमात्रै हो स्यामसुङले इलेक्ट्रोनिक्स् तर्फ आफुलाई अघि सारेको । जसको पहिलो उत्पादन थियो एउटा ब्लाक एण्ड वाइट टेलिभिजन सेट । सन् १९८० मा बल्ल उ टेलिकम्युनिकेसन हार्डवेयर निर्माणमा अघि स¥यो । सुरुवाति समयमा स्विचबोर्ड मात्र उत्पादन गर्ने कम्पनिले पछि टेलिफोन र फ्याक्स् मेसिन सँगसँगै स्यामसुङ मोबाइल निर्माण गर्न थाल्यो ।

सन् १९८७ मा लि ब्यङ चुलको मृत्यु भयो । उनको मृत्यु लगत्तै स्यामसुङ चार ग्रपमा विभाजन भयो । त्यस उप्रान्त उनका छोरा लि कुन हि स्यामसुङका चेयरम्यान छन् । सन् १९८० को दशकमा कम्पनिले रिसर्च र डिभालप्मेण्टमा अत्याधिक रकम खर्चिन थाल्यो । लि ब्यङ चुल यस्तो समयमा बितेका थिए, जतिबेला कम्पनि विश्वव्यापि हुने छाँटकाँटमा थियो । पोर्चुगल, न्युयोर्क र टोकियोमा त कम्पनिले टेलिभिजन उत्पादन युनिट नै खडा गरिसकेको थियो ।

सन् १९९० को दशकबाट भने स्यामसुङलाई ग्लोबल ब्राण्डको रुपमा सबैले चिन्न थालेका हुन् । सन् १९९२ मा त उ संसारकै सबैभन्दा ठूलो मेमोरी कार्ड निमार्ण गर्ने कम्पनि भइसकेको थियो । विस्तारै एलसिडि प्यानल निर्माणमा जुटेको स्यामस्ुङ सन् २००५ मा संसारकै सबैभन्दा ठूलो एलसिडि निर्माण गर्ने कम्पनि भयो ।

सन् २०१२ मा प्रति युनिट सेल्स्का हिसावले स्यामसुङ सन् १९९८ देखि बजारमा एकलौटि राज गरेको नोकियालाई पछि पार्दै सबैभन्दा धेरै विक्रि हुने मोबाइल ब्राण्डको रुपमा स्थापित भयो । भनिन्छ हाल स्यामसुङ अन्तर्गत करिव ५ लाख व्यक्ति काम गर्छन् । दक्षिण कोरियाको करिव १७ प्रतिशत कुल ग्राह्स्थ उत्पादनमा स्यामसुङको हिस्सा छ । सन् २०१४ मा स्यामसुङको वार्षिक टर्नओभर करिव ३०५ विलियन अमेरिकि डलर थियो । जसमा करिव २२.१ विलियन अमेरिकि डलर उसको नेट इनकम थियो । अर्थात् करिव २२ खर्व रुपैयाँ नेट प्रोफिट ।

प्रतिक्रिया

सम्बन्धित

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने