२१ औँ शताब्दीका सबैभन्दा दानवीर व्यक्ति

‘वारेन एडवार्ड बफेट’को जीवन कथा !

आज वारेन बफेट ८७ वर्ष भन्दा माथिको उमेरमा विश्व कै सफल लगानी कर्ता तथा सफल उद्यमी मात्र नभएर एक सफल ‘मोटिवेस्नल स्पिकर’ समेत हुन् I

हाम्रो कथा २०७६ असार १६ गते १६:१३

“तपाईँ यदि ती सामान खरिद गर्नुहुन्छ जसको तपाईँ लाई कुनै आवश्यकता छैन त्यसो भए तपाईँले ती सामान चाडै बिक्री गर्नु पर्ने हुन्छ जसको तपाइलाई सबैभन्दा धेरै आवश्यकता छ I” यो भनाइ विश्व कै धनी व्यक्ति वारेन बफेट को हो I जसलाई सेयर बजारको जादुगर भनेर समेत चिनिन्छ I उनी विश्वको धनी व्यक्ति भएर र सेयर बजारको उत्कृष्ट खेलाडी भएर त्यति चर्चा मा आउदैनन जति उनी आफ्नो जीवन शैलीलाई लिएर चर्चा मा आउने गर्छन् I उनको जीवन शैलीले उनलाई अन्य सफल व्यक्ति भन्दा फरक बनाएको छ I उनले आफ्नो अधिकतम सम्पत्ति दान दिए I र आज पनि उनी त्यही घरमा बस्छन् जुन आज भन्दा पचास वर्ष पहिले आफ्नो विवाह पश्चात् उनले खरिद गरेका थिए I

तस्बिर; cnbe.com

उनी हरेक ठाउँमा आफ्नो कार स्वयम् चलाएर लैजान्छन् I साथै आफ्नो सुरक्षाका निम्ति उनले कसैलाई राखेका छैनन् I केही वर्ष अघि संसार कै सबैभन्दा धनी व्यक्ति विल्गेट्स पहिलो पल्ट वारेन बफेड लाई भेटे उनले वारेन सँगको समय आधा घण्टा राखेका थिए I किनकि उनलाई लागेको थियो वारेनको स्वभाव थोरै भिन्न छ I त्यस कारण केही काम बन्ने वाला छैन I तर जब बिगेट्सले वारेन सँग भेटे तब उनी वारेनका भक्त नै बने I र उक्त आधा घण्टाको मिटिङ पुरै दश घण्टा सम्म चलेको थियो I

वारेन बफेटको पुरा नाम ‘वारेन एडवार्ड बफेट’ हो I उनको जन्म ३० अगस्ट सन् १९३० मा अमेरिकाको नेब्रास्का स्थित भएको थियो I उनका पिताको नाम वार्ड बुफेट थियो I र उनकी आमाको नाम लीला थियो I उनका पिता पनि सेयर बजारका कारोबारी थिए I जसबाट उनलाई बाल्यकाल देखि बचत र लगानी प्रतिको प्रेरणा प्राप्त भयो I उनलाई व्यापार तथा कारोबारमा लगाव बाल्यकाल देखि नै लाग्यो I जब उनी ११ वर्षका थिए तब; उनी हकर काम गर्थे अथवा घर घर पुगेर पत्रिका बेच्ने काम गर्दथे I पत्रिका बेचेर एक सय अस्सी डल्लर प्रत्येक महिना कमाउने गर्दथे I र उनी उक्त पैसा कुनै न कुनै ठाउँमा लगानी गर्दथे I उनले यसरी पत्रिका बेचेर नै करिब चौध वर्षे उमेरमा जग्गा/जमिन समेत खरिद गरेका थिए I

तस्बिर; cribe.com

आफ्नो क्याम्पस पढ्दाको समयसम्म उनले अस्सी हजार डलर बचत गरिसकेका थिए I जो त्यस समय अनुसार निकै ठुलो रकम थियो I आफ्नो लगाव रहेको क्षेत्रलाई उनले आफ्नो करियर नै बनाउने निर्णय गरे I वारेन बफेटको मान्यता छ कि; उनी आज जे छन् त्यसको श्रेय बिजामिन ग्रामलाई जान्छ I भनिन्छ कि; बिजामिन ग्राम पनि सेयर बजारका निकै राम्रा खेलाडी हुन I र वारेनले उनकै मा प्रति महिना बाह्र सय डल्लरमा काम गरेका थिए साथै सेयर बजारमा निमेसको गुण समेत सिकेका थिए I जब वारेनले कम्पनी जोइन गरेका थिए त्यसको दुई वर्ष पश्चात् बिजामिन ग्राम अवकाश भए I र त्यही समय वारेन ले समेत त्यहाँ कम छाड्दिए I त्यसपश्चात् भने उनले आफ्नो स्वयमको काम सुरु गरे I केही वर्ष भित्र हेर्दा हेर्दै कयौँ उतारचाडाप का बिच वारेन बफेट अरब पतिकोको गन्तीमा समाबेश भए I आज उनी संसार भरिका धनी मध्य एक हुन I

आज उनी ८७ वर्ष भन्दा माथिको उमेरमा समेत सफल लगानी कर्ता तथा सफल उद्यमी मात्र नभएर एक सफल ‘मोटिवेस्नल स्पिकर’ समेत हुन् I यो सँगै उनलाई २१ औ शताब्दीका सबैभन्दा दानवीर व्यक्ति समेत मानिएको छ I

प्रतिक्रिया

सम्बन्धित

नेपाली रंगमंचका सफल नाटक !

१२ भदौ , २०७६ २ मिनेटमा पढिने

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने