पेप्सीको – एक वृहत कम्पनी यसरी बन्यो !

हाम्रो कथा २०७६ असार १५ गते १८:४३

तस्वीर श्रोत : Food Insider Journal

यो कथा सफलताको हो । यो कथा कुनै उद्यमीको होइन । एउटा उद्यमलाई उकास्ने एउटी महिलाको हो । जसले वार्षिक करिव ३ अरव अमेरिकि डलर कारोवार गर्ने कम्पनीलाई वार्षिक करिव ७ अरवको कारोवार गर्ने हैसियतमा पुर्याइन् ।

यो कथा हो इन्द्रा नुयि र उनी सिइओ रहेको कम्पनी पेप्सिको को । पेप्सिको, नेट रेभेन्युका हिसावले संसारकै दोश्रो ठूलो फुड एण्ड विभरेज कम्पनि हो । र इन्द्रा यसै कम्पनिकि चेयरवुमन तथा सिइओ हुन् ।

सन् १९५५ मा भारतको तामिलनाडु राज्यमा जन्मिएकी इन्द्रा इन्डियन इन्टिच्युट अफ म्यानेजमेन्ट कलकत्ताबाट एमबिए ग्य्राजुएट हुन् । पढाइ सके लगत्तै उनले जनसन एण्ड जनसन कम्पनिमा प्रोडक्ट म्यानेजरको काम गर्न थालिन् । तर बिचमै प्राइभेट एण्ड पब्लिक म्यानेजमेण्ट विषय अध्ययन गर्न उनी याले विश्वविद्यालय गइन् । सन् १९८० मा त्यहाँबाट ग्य्राजुएट गरेपछि उनी बोस्टन कन्सल्टिङ ग्रुपमा आवद्ध भइन् । त्यहाँबाट उनी मोटोरोलामा स्ट्राटेजिक अफिसरको रुपमा काम गर्न थालिन् । र यसैगरि अघि बढ्दै गरेकी इन्द्रा १९९४ मा बल्ल पेप्सिकोसँग आवद्ध भइन् । र उनमा भएको क्षमता र काम गर्ने शैलिका कारण उनी सन् २००१ मा पेप्सिको कम्पनीकि चिफ फाइनान्स् अफिसर भइन् ।

सन् २००६ मा त उनले अर्काे पत्याउनै नसकिने छलाङ मारिन्, उनी पेप्सिको कम्पनीकि सिइओ तथा प्रेसिडेन्ट पदमा प्रोमेटेड भइन् । त्यस उप्रान्त पेप्सिको को ग्लोबल स्ट्राटेजि इन्द्राले नै सम्हाल्दै आएकि छिन् । चाहे ट्रोपिकाना जस्तो ब्राण्डलाई पेप्सिको मा समाहित गर्न होस् चाहे पेप्सिकोको अन्य कुनै प्रोडक्ट डाइभर्सिफाई गर्न होस्, त्यसमा इन्द्रा कै हात हुन्छ ।

उनको यहि अद्भुत क्षमताकै कारण उनलाई सन् २०१४ मा व्यापारमा संलग्नतेश्रो शक्तिशालि महिलाको रुपमा हेरिएको थियो । चाहे टाइम्स् म्यागेजिन होस् चाहे फोव्र्स या चाहे वाल स्ट्रिट जर्नल, उनी सबै म्यागेजिनमा शक्तिशाली तथा प्रभावशालि महिलाको रुपमा प्रस्तुत भइसकेकि छिन् ।

भनिन्छ पेप्सिको आज यति सफल छ भने त्यो उनकै कारण हो । किनकी जति उनी पेप्सिको को व्यापारमा केन्द्रित हुन्छिन् त्यति नै यसले स्वास्थ्यमा पार्न असरमा पनि चिन्तित हुन्छिन् । उनले यसै कारण पेप्सिको इन्ग्रिडियन्ट्सबाट स्वास्थ्यमा प्रतिकुल हुने धेरै केमिकल हटाइसकेकि छिन् ।

केहि समय अघि इन्द्राले भनेकि छिन् पेप्सिको अब महिलामैत्रि भएर आउँदै छ भनेर । पेप्सिकोले अब महिलाले प्रिफर गरेअनुसारको प्याकेजिङमा प्रोडक्टहरु लञ्च गर्दै छ रे । किनकी महिला र पुरुषमा स्नाक्स् कन्जुम गर्ने प्याटर्न फरक फरक हुँन्छ भनेर ।

इन्द्रा विहान ४ बजे सँधै उठिसकेर विहान ७ बजे अफिस पुगिसक्छिन् । र सुत्ने टाइम बेलुका ९ बजे । जसलाई उनी आफ्नो कार्यक्षमतामा बृद्धि गर्ने एक तत्वको रुपमा लिन्छिन् ।

भनिन्छ इन्द्राको तलब मासिक करिव ३ करोड अमेरिकि डलर बराबरको छ भनेर । र यो पनि भनिन्छ कि उनी सबैभन्दा धेरै तलब थाप्ने महिला सिइओ पनि हुन् ।

हामीले यो कथाबाट एउटा पाठ राम्रै सिक्न सकिन्छ । साइमन डि बुभरले भनेजस्तै, साँच्चै महिलाहरु महिला भएर जन्मिएका होइनन्, उनीहरुलाई महिला त बनाइएको हो । आखिर अवसर पाएभने उनीहरुले गर्न नसक्ने चाँहि के पो रहेछ त ?

 

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

३ दिन अगाडि ५८ सेकेन्डमा पढिने