स्वरोजगारीको एउटा प्रेरक कथा

निशा तिमल्सिनाको 'कुसन संसार

हाम्रो कथा २०७६ असार १३ गते १५:०५

यो कथा स्वोरोजगारको उदाहरण बोकेको एउटा सरल व्यवसायको कथा हो I हामी अधिकांश अरूको सोचबाट प्रभावित हुन्छौं I अरू बाटै अपेक्षित रहन्छौं I जसले गर्दा आफ्नै बाहुबल र स्वविवेकलाई प्रस्फुटन हुन बाट रोक्ने गल्ती आफैले गर्छौ I तर यो कथाले यति मिठो प्रेरणा बोकेको छ कि; आफ्नो स्वविवेकलाई विश्वास गरेर प्रस्फुटन हुन दिने हो भने जीवन आफैले सफलता उन्मुख गति लिन्छ I

निशा तिमल्सिना फेसन डिजाइनिङ पढिरहेकी विद्यार्थी हुन् I उनले अहिले स्नातक तहको अध्ययन पुरा गरिसकेकी  छिन् I पढाइ कै क्रममा यस्तो विषय बस्तु आयो कि; जसले उनको जीवनलाई नै एक प्रकारले स्वरोजगारको दिशा प्रदान गर्‍यो I त्यो पनि निकै साधारण या भनौ सरलताका साथ I

कथा सुरु हुन्छ उनको ‘फेब्रिक पेन्टिङ’ च्याप्टर बाट I आज भन्दा एक वर्ष अघिको कुरा हो; कलेजमा सिकाईएको ‘फेब्रिक पेन्टिङ’ च्याप्टरबाट उनी प्रभावित भईन अनि आफै कुसन बनाउन थालिन I त्यसरी आफूले बनाएका कुसनहरू साथीलाई उपहार स्वरूप दिन थालिन I यसरी उनका कुसन उपहार पाउने साथीहरू मध्य एक जनाले निशालाई भनिन्, “तिमीले बनाएको कुसन त निकै राम्रा छन् I’ बजार सम्म पुर्‍याउने सके तिमीले उत्पादन गरेका कुसनले राम्रो बजार लिन सक्छ I” साथै एउटा फेसबुक पेज पनि खोल्न सुझाव दिइन I निशाले पनि साथीको सुझाव अनुसार नै काम गरिन I

निशा असनबाट फेब्रिक किनेर ल्याउछिन् र उनको फेसबुक पेजबाट आएका माग तथा साथीभाईका माग अनुसार कुसन बनाएर  र बिक्री गर्छिन् I त्यसरी आएका मागमा डिजाइन पनि ग्राहकले नै भन्ने गर्छन् I ग्राहकको सोचमा आफ्नो प्रतिभा पस्किएर निशाले कुसन बनाउने गर्छिन् I विशेष गरी जन्मदिन, एनिभर्सरी तथा उपहारका निम्ति निशालाई कुसनको अडर आउने गर्छ I हाल उनको फेसबुक पेजमा सात हजार भन्दा धेरै लाइक पुगेको छ I निशाले सुरुका दिन यसरी व्यापार  राम्रो होला भन्ने सोचेकै थिएन I तर ‘कुसन संसार’ द्वारा कुसनको राम्रो माग आउन थाले पछि त निशा चकित भईन I सँगै उनलाई विभिन्न स्थानबाट आएका माग अनुसारका कुसन ग्राहकको पहुँचमा पुर्‍याउनै निशालाई गाह्रो भयो I

ग्राहकको सन्दर्भमा निशाको अनुभव यस्तो रहेको छ – “कुनै कुनै ग्राहक त यस्ता आउँछन् कि; भोलिको जन्म दिनका निम्ति आजै अडर आउँछ समय हुँदैन भ्याउदिन भनेर भन्दा उल्टै रिसाउँछन् I अरूलाई त बनाइदिनु हुन्छ त मलाइ चाहिँ भ्याउदिन भन्ने तपाईँ ?” यस्तो ग्राहकको प्रविधिलाई भने उनले आफ्नो व्यवसायको चुनौतीका रूपमा लिएकी छिन् I

अहिलेको वर्तमान समय निशाले सीटिइभीटिको फेसन डिजाइनिंग कक्षामा प्रशिक्षण दिने काम पनि गर्छिन् I  घरमा निशालाई भाइले पनि सहयोग गर्ने गर्छ I कुसनको मूल्य कच्चा पदार्थमा भएको खर्च र त्यसमा कोरिएको चित्रका निम्ति लागेको समय र सृजना अनुसार निर्धारण गर्ने गरेकी छिन् I निशाले सामान्यतय: एउटा कुसनको मूल्य एक हजार लिने गरेकी छिन् I सरदर महिनामा साधारण तय ३० वटा जस्तो कुसुनको माग उनलाई आउने गरेको छ I

निशाको ‘कुसन संसार’ द्वारा हामी सबैले एउटा राम्रो अवसरलाई कसरी समात्ने र सफलता हात पार्ने भन्ने विषयको गतिलो पाठ सिक्न सक्छौँ I हाम्रो दैनिकी, शिक्षा, पेशा, रहनसहनले नै हाम्रा निम्ति हरेक क्षण अवसर पस्की रहेको हुन्छ तर हामी आफैले त्यसलाई बेवास्ता गर्ने गर्छौ I

यस अवस्थामा निशा तिमिल्सिना लगनशीलता र उद्यमशीलता हामी सबैका निम्ति निकै राम्रो प्रेरणा बन्न सक्छ I स्नातक तहको अध्ययन पुरा गरेर विदेश जाने सोच बनाएकी निशा तिमल्सिना आज आफ्नै देशबाट व्यवसाय बिस्तार गर्नु पर्दा गर्‍यो भने आफ्नै देश नै धेरै गर्न सक्ने क्षेत्रहरू रहेछ भन्दै ‘कुसन संसार’ को मध्यले गतिलो उदाहरण पेश गरेकी छिन् I

 

प्रतिक्रिया

सम्बन्धित

अल्छी – सृजनशीलताको प्रतिबिम्ब !

१५ घन्टा अगाडि २ मिनेटमा पढिने

बिजनेस लिडरको हातमा किताब !

३ दिन अगाडि ५८ सेकेन्डमा पढिने