फुटवेयर टेक्नोलोजी पढ्ने निर्णय पछिको सफलता

उनले बिजनेस भनेको एउटा अनौठो र कुनै सटिक सूत्र नभएको खेल जस्तो लाग्दो रहेछ I उनले आफ्नो घरको बेडरुममा सुरु गरेका व्यवसाय आज १२ हजार स्कवायर फिटमा फैलिएको छ I १२ वटा शाखाहरू बिस्तार भई सकेका छन् I आज डुला सुज २० जना भन्दा धेरैको दैनिक रोजगारीको थलो बनी सक्यो I अहमदलाई यति मात्र थाहा छ कि उनलाई फुटवेयरमा रुचि थियो I यो सबै कसरी भयो भनेर सोच्दा उनी आफै छक्क पर्छन् I

हाम्रो कथा २०७६ असार १२ गते १६:०३

अहमद डुलाले आफ्नो बाल्यकालको एउटा घटनाबारे बताए, “म एउटा नपढ्ने, नटेर्ने किसिमको केटा थिए I मेरो व्यवहार देखि दिक्क भएर आमाबुबाले होस्टेल बस्न इन्डिया पटाइदिनु भयो I इन्डिया पढ्न गएर पनि खासै सुधार आएन I म कक्षा ४ मा फेल भए I फेरी क्लास दोहोराउनु पर्‍यो I कक्षा ७ मा पनि फेल भए I मलाई पढाइमा रुचि नै थिएन I मेरो रुचि बास्केटबलमा थियो I र बास्केटबलसँग जोडिन आउँदो रहेछ – जुत्ता I सजिलोसँग बास्केटबल खेल्न थुप्रै किसिममा जुत्ता प्रयोग गर्नु पर्ने रहेछ I”

पढाइमा खासै रुचि नभएका अहमदले १२ कक्षासम्मको पढाई पुरा गरेपछी, उनी अन्योलमा परे I एक दिन उनले गुगलमा सर्च गरे – “मानविकीको पढाई सके पछि के-कस्ता काम गर्न सकिन्छ ?” उत्तरमा उनले पाए – पत्रकारिता, शिक्षण पेसा, फुटवेयर टेक्नोलोजी, आदि I फुटवेयर टेक्नोलोजी भन्ने शब्दले उनलाई आकर्षित गर्‍यो I उनीले फुटवेयर टेक्नोलोजी पढ्ने निर्णय गरे I

फुटवेयर टेक्नोलोजीको पढाइमा ८० प्रतिशत प्राक्टिकल र २० प्रतिशत मात्र थियरी रहेछ I अहमदलाई यस पढाइमा रुचि हुँदै गयो I बिहान ९ बजेबाट सुरु भएको क्लास बेलुका ५ बजे छुट्टी हुन्थियो I त्यसपछि पनि अहमद भने भोलिको दिन कहिले आउँला, भोलि के पढ्ने होला ? सोच्दै रमाउँथे I

हामी सबैलाई जस्तै पढाई सके पछि के गरिने भन्ने अन्योल अहमदलाई पनि भयो I उनी दरबार मार्गको पसलहरू नियमित नै घुम्ने गर्थे I उनले दरबार मार्गमा जुत्ताको मूल्य १२ हजार देखी २० हजार सम्म सुन्ने गरेका थिए I यो देख्दा उनलाई लाग्यो कि सामान्य जुत्ता पनि यति महँगोमा बिक्छ भने मैले आफ्नै ब्राण्ड सुरु गरे कसो होला ?

सोच स्पष्ट भएपछि उनले बुबासँग २ लाख ५० हजार ऋण लिएर बिजनेस सुरु गरे I सुरुवाती ३ वर्ष बिजनेस सानो थियो I उनी एक्लै जुत्ता बनाउँथे र डेलिभरीको लागी पनि आफै हिँड्थे I अहमद सम्झन्छन्, “ग्राहकले एक जोडी जुत्ता ल्याउन भने पनि उनी झोलामा धेरै जोडी जुत्ता बोकेर हिँड्थे I यदि ग्राहकले अरू पनि किन्न खोज्यो भने काम लाग्छ सोच्थे I यदि परिवारको अन्य सदस्यले पनि मन पराएर किनी हाल्यो भने ? यस्ता आशा बोकी उनले सङ्घर्ष गरेका हुन् I

अहमदको डुला सुजले सामाजिक सञ्जाल मार्फत राम्रो प्रमोसन गर्‍यो I अहमद सामाजिक सञ्जालमा गरेको एउटा रमाइलो कुरा सम्झन्छन्, “म आफ्नो फेसबुकबाट मात्र नभएर साथीहरूको आईडी र पासवर्ड मागेर पनि प्रमोसन गर्थे I कति पटक त आफ्नो बिजनेस पेजको लिङ्क साथीहरूको कमेन्ट बक्समा हाल्दिनथे I”

अहमदको छोरी जन्मँदा उनले छोरीको लागी जुत्ता आफै डिजाइन गरेका थिए I त्यो डिजाइनलाई सामाजिक सञ्जालमा खुब मनपराए र उनी बच्चाको जुत्ता बनाउन पनि बाध्य भए I

डुला सुजले आफ्नो पहिचान बनाई सके पछि उनले लेदर ब्याग र वलेट पनि उत्पादन गर्ने थाले I लेदरको महँगो ब्यासमा ग्राहकहरूले रुचि नदेखाउँदा उनले यी ब्यास १२०० रुपैयाँमा पनि बेचे I तर, वलेटको बजार भने आश्चर्यजनक थियो I पहिलो लटमा २०० वलेट उत्पादन गर्दा पहिलो दिनमै १७ वटा वलेट बिक्री भए I उनलाई अझ वलेट बनाउन दबाब आउँन थाल्यो I उनले वलेटको मूल्य २५०० बाट ३००० पुर्‍याए किनकि उनलाई आफ्नो उत्पादन मिठाई झैँ घरघरमा बिक्री गर्ने लक्ष्य थिएन I उनले आफ्नो ब्राण्ड र गुणस्तरमा ध्यान दिनु थियो, बिक्री सङ्ख्यामा होइन I उनले यहाँ हामीलाई बिजनेसको एउटा पाठ सिकाएका छन् I यदि वर्तमान उद्देश्य विरुद्धको प्रगति नै भई रहेको छ भने पनि हामीले त्यसको प्रतिकार पनि गर्न सक्नु पर्छ I उनको लक्ष्य गुणस्तर भएकाले उनी आफ्नो उत्पादन सङ्ख्या बृहत् बनाउन चाहँदैन थिए I

यस बारेकको विशेष उत्पादन भनेको उनले बनाउने पार्टी सुज हो I विवाहमा जाँदा धेरै जसोले महँगो जुत्ता रुचाउने भएकाले उनले त्यहाँ पनि आफ्नो राम्रो बजार बनाए I जुत्तालाई ‘स्टेटस सिम्बल’ भनेर बुझिने भएकाले पनि उनले त्यस पार्टी सुजमा पनि आफ्नो बजार बिस्तार गरे I

उनले बिजनेस भनेको एउटा अनौठो र कुनै सटिक सूत्र नभएको खेल जस्तो लाग्दो रहेछ I उनले आफ्नो घरको बेडरुममा सुरु गरेका व्यवसाय आज १२ हजार स्कवायर फिटमा फैलिएको छ I १२ वटा शाखाहरू बिस्तार भई सकेका छन् I आज डुला सुज २० जना भन्दा धेरैको दैनिक रोजगारीको थलो बनी सक्यो I अहमदलाई यति मात्र थाहा छ कि उनलाई फुटवेयरमा रुचि थियो I यो सबै कसरी भयो भनेर सोच्दा उनी आफै छक्क पर्छन् I

अन्तयमा अहमद अर्को एउटा खुसीको कुरा सुनाउँछन्, “सधैँ टेड टक्स हेर्ने र त्यहाँबाट सिक्ने बानी लागेको मलाई अहिले टेड टक्समा बोल्नेका लागी प्रस्ताव आउँदा धेरै खुसी लग्यो I”

 

प्रतिक्रिया

सम्बन्धित

अल्छी – सृजनशीलताको प्रतिबिम्ब !

१५ घन्टा अगाडि २ मिनेटमा पढिने

बिजनेस लिडरको हातमा किताब !

२ दिन अगाडि ५८ सेकेन्डमा पढिने