पुर्खेउली पेशाले दिलाएको सफलता

सनराइज ज्वेलर्स

सुमनको व्यवसाय अन्य भन्दा किन पनि पृथक छ भने; बजारको मागलाई मध्यनजर तथा विभिन्न जातजातिका लोपोन्मुख गरगहना त छँदै छ त्यस बाहेक गहना लगाउने चिज मात्र नभएर सजावटको सामग्री पनि हो भन्दै सुन चाँदीका कलात्मक सारङ्गी, गितार, जुत्ता, मादललगायत सजावटका अनेक किसिमका सामाग्रीलाई समेत लामिछानेले प्राथमिकता दिएका छन् I

हाम्रो कथा २०७६ असार ११ गते १५:१२

भोजपुरको सामान्य किसान परिवारमा जन्मिएका सुमन लामिछाने वि.सं २०५२ साल तिर रोजगारको खोजीमा अवसरको केन्द्र मानिने काठमाडौँ आए I काठमाडौँ त आए तर अह: रोजगारको कुनै चित्त बुझ्दो अवसर भेट्टाएनन् I एकाएक उनको सोच भोजपुर मै घाँस, दाउरा, खेती किसानी सँग स्थानीय रूपमा सीमित भएर बुवाले सञ्चालन गरेको सुन तथा गहना व्यवसाय प्रति आकर्षित बन्यो I

पुर्खेउली पेशालाई नै पृथक ढङ्गले तथा समय सापेक्षित रूपमा अगाडी बढाउने सोचका साथ लामिछानेले सुन तथा गहनाको क्षेत्रमा व्यवसायीक पाइला चाले I जसका निम्ति गाउँमा बुवाले अपनाएको सूत्र मात्र पर्याप्त थिएन I सुरुवाती चरणमा उनले उत्पादन मै केन्द्रित रहेर सुन तथा गहनामा (डिजाइन) स्वरूप दिने काम सिक्न थाले I यही क्रममा उनले १० जना कालिगड राखेर चाबहिल स्थित आफ्नै कारखाना सुरु गरे I त्यहाँ आफैले स्वरूप दिएर उत्पादन गरेका गहना बजारका पसल पसलमा पुर्‍याउन थाले I उनले यसरी तयार गरेका गहनाले निकै राम्रो प्रतिक्रिया पाउन थाल्यो I सँगै उनको सुन तथा गहनाले राम्रो बजार समेत पाउन थाल्यो I जस बाट लामिछानेका निम्ति ग्राहकको चाहना र बजारको मागलाई बुझ्ने राम्रो अवसर मिल्यो I

करिब सात वर्ष सम्म यसरी व्यावसायिक क्षेत्रमा भिजिसके पश्चात् भने वि.सं २०५९ सालमा सुमन लामिछानेले चाबहिल स्थित ‘सनराइज ज्वलर्स’ नाम दिएर आफ्नै सुन तथा गहना पसल सुरु गरे I

सुमन लामिछाने बताउँछन्, “मैले आफ्नै डिजाइन बनाएर बेच्न थाले । आफै डिजाइन बनाउन थाले पछि ग्राहकहरूले यहाँको गहना निकै मन पराउन थाले ।”

आज सुमन लामिछानेले सुरु गरेको ‘सनराइज ज्वलर्स’ मार्फत झन्डै ६० जना कालिगड तथा १५ जना कर्मचारीले प्रत्यक्ष रोजगार पाएका छन् I

उनको व्यवसाय अन्य भन्दा किन पनि पृथक छ भने; बजारको मागलाई मध्यनजर तथा विभिन्न जातजातिका लिपोन्मुख गरगहना त छँदै छ त्यस बाहेक गहना लगाउने चिज मात्र नभएर सजावटको सामग्री पनि हो भन्दै सुन चाँदीका कलात्मक सारङ्गी, गितार, जुत्ता, मादललगायत सजावटका अनेक किसिमका सामाग्रीलाई समेत लामिछानेले प्राथमिकता दिएका छन् I

नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा गत जेष्ठ ३ गते देखि ६ गते सम्म सञ्चालित ‘इन्टरनेसनल नेपाल जीईएम एण्ड ज्वलन्त एस्पो-२०१९’ मा सहभागी विभिन्न प्रदर्शनीमा रहेका स्टल मध्य सुमन लामिछाने कै ‘सनराइज ज्वालर्स’ नै उत्कृष्ट ठहरियो I

उनका अनुसार अन्य व्यवसायका तुलनामा यस प्रकारको सुन तथा गहना व्यवसाय पृथक् र चुनौती युक्त रहेको छ I चुनौती यस हिसाबले कि सिजनको समयमा पनि कच्चा पदार्थ निकै कम पाइन्छ I अफ सिजनको बेलामा त कुरै भएन I सरकारबाट तोकिएको परिणाममा कच्चा पदार्थ प्राप्त हुने भएकाले सुन व्यवसायीहरूको लागी यो चुनौतीको बिसय बनेको छ ।

ग्राहकको सन्तुष्टि नै व्यवसायीको सन्तुष्टि हो भन्ने मान्यता बोकेका सुमन लामिछाने अनुसार हातबाट बनाइएका नेपाली गहनाले नेपाल बजारमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो व्यावसायिक सम्भावना बोकेको छ I अन्तर्राष्ट्रिय बजारमा मेसिनद्वारा तयार गरिएका गहनाको तुलनामा नेपाली हस्तकलाले स्वरूप दिएका गर-गहना प्रति विदेशीको राम्रो आकर्षण रहेको छ I

 

 

 

प्रतिक्रिया

सम्बन्धित

नेपाली रंगमंचका सफल नाटक !

१२ भदौ , २०७६ २ मिनेटमा पढिने

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने
लोकप्रिय