अनावश्यक कुरालाई बेवास्ता गर्ने कला

“द सबटल आर्ट अफ नट गिभिङ्ग अ फ***” अर्थात् अनावश्यक कुरालाई बेवास्ता गर्ने कलाको सारांश

हाम्रो कथा २०७६ असार १० गते १३:२९

 

सन् २०१५ मा विश्व स्वास्थ्य सङ्गठनले गरेको एक अध्ययनले बताएको छ कि विश्वमा हरेक ५ मध्य १ जनालाई डिप्रेसन छ I अहिलेको दुनियाँमा दिमागसँग सम्बन्धित समस्या हामी माझ बल्झदैछ I

हाम्रो एक मुख्य समस्या के हो भन्दा – वरिपरिमा सबै समसामहिक विषय वस्तुको बारेमा धेरै सोच्छौँ I धेरै सोच्दा हाम्रो मस्तिष्कलाई हानी हुन्छ र समग्रमा हाम्रो जिन्दगीमा नकारात्मक असर पर्दै जान्छ I कुनै सेलिब्रिटिले यस्तो किन भने होला ? अब नेताहरूले देशलाई कता लैजान्छन् होला ? हामी एउटै उमेरको भए पनि उसको तलब मेरो भन्दा किन धेरै होला ? आफ्नो नियन्त्रणमा नभएको अनेकौँ विषयवस्तुबारे चिन्ता गरिरहन्छौँ I

सामान्यतया भनिन्छ कि महिलाहरू आफ्नो शरीर प्रति निकै सतर्क हुन्छन् I अहिलेको समय भने अध्ययनहरूले पत्ता लगाएको छ कि पुरुषहरूलाई पनि महिलाको जतिकै शरीरको चिन्ता गर्दछन् । शरीरलाई आकर्षक बनाई राख्नु पर्ने दबाब पुरुषहरू पनि महसुस गर्दछन् I

त्यसैले यस्ता चिन्ताबाट मुक्त हुनका लागि विशेषतः ३ वटा अवधारणा अपनाउन सक्नु पर्छ I

१) आफूलाई अरूसँग तुलना गर्ने बानी त्यागौँ 

वैधानिक तथ्य सत्यको आधारमा जिन्दगी बढाउन छोडेर; हामी आफ्नो जिन्दगीलाई अरूको अवस्थासँग  तुलना गरी अघि बढ्छौ I अन्ततः हामी असन्तुष्ट हुन्छौँ I किताबमा लेखकले एउटा सिद्धान्तबारे बताएका छन् – विपरीतार्थ नियम (थिएरी अफ ब्याकवार्ड) जसले बताउँछ कि हामी जति असुरक्षित महसुस गर्छौ त्यति नै हामीलाई हानी हुने सम्भावना बढ्दछ I जस्तै:- अरु सामु जति जुटो बल्यो त्यति नै अरूले सत्य पत्ता लगाउने प्रयास गर्दछन् I बरु जति नै अफ्ठेरो अवस्था भए पनि सत्य बोल्दा अरूले हामीलाई स्विकार्ने सम्भावना बढ्छ I त्यसैले अत्याधित सोचेर काम गर्नु भन्दा काम गर्दै जाँदा जहाँ आवश्यक पर्छ  त्यही सोचेको हितकारी हुन्छ I

सफल उद्यमीहरूले गर्ने यस्तै गर्ने गर्दछन् I उनीहरू प्रोडक्टमा ध्यान दिन्छन् पैसामा होइन I प्रोडक्टमा केन्द्रित रहँदा  प्रोडक्टको स्तर अनुरूप पैसा आफै आउँछ I

२) उद्देश्यको शक्ति अर्थात् हरेक काम गर्नुको पछाडि आफ्नो उद्देश्य हुनै पर्छ 

हामीले ठाउँठाउँमा देख्दै आएका छौँ कि गल्ली गल्लीमा मान्छे किचाकिच गरिरहेका हुन्छन् I यसले मेरो जुत्ता कुल्चियो I यसले मेरो घर नजिर आएर ठुलो स्वरमा फोनमा करायो, आदि I यस्तो घटना त्यति बेला घट्छन् जब मान्छेलाई उद्देश्यको अभाव भई रहेको हुन्छ ।

यो संसारमा समस्या नभए बच्नुको औचित्य नै रहदैंन I मानव मस्तिष्कले समस्या खोजी रहेको हुन्छ I त्यसैले हामी, आफ्नो उद्देश्यको बाधा बन्दै आएको समस्या समाधान तर्फ लाग्यौँ भने सुखी हुन्छौँ नत्र माथि भनिएको कुरा जस्तै स-साना विषयवस्तुमा अल्झी रहन्छौँ I त्यसैले उद्देश्य बोकौँ र आफ्नो उद्देश्य अनुरूप समस्याको मात्र समाधान खोजौँ I

३) समस्यालाई तनावको रूपमा लिने होइन 

यदि मानव जीवनमा समस्या अपरिहार्य हो भने समस्याबारे तनाव किन लिनु ? त्यसैले आफ्नो उद्देश्य प्राप्तिको क्रममा आई पर्ने समस्याको सामना गरे तनाव होइन, खुसी प्राप्त हुन्छ I जस्तै :- सिद्धार्थ गौतमले समस्या बिनाको महल भित्र सुख पाएनन् तर रुख मुनि ध्यान गरी आफ्ना समस्याहरूको समाधान खोजेर बल्ल सुख प्राप्त गर्न सके । अरुलाई सुखी हुन सिकाउन सके ।

मानिसलाई अघि बढ्न आफ्नै समस्या चाहिने रहेछ I शारीरिक व्यायाम गर्दा सुरुमा शरीर दुख्छ तर व्यायाम गर्दा जाँदा, दुखाई सहँदै जाँदा शरीर बलियो बन्छ I

त्यसैले सुख र शान्तिमा लागी आफ्नो जिन्दगी र काम सँग मात्र मतलब लाग्यो भने हामीले चिन्तालाई बेवास्ता गर्ने कलामा पोख्त बन्न सक्छौँ I अहिलेको वर्तमान संसारलाई यस कलाको आवश्यकता अत्यन्तै देखिएकाले यस किताबबाट करोडौँ पाठकहरूले लाभ दिएका छन् I

 

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

२ दिन अगाडि ५८ सेकेन्डमा पढिने