डेढ लाखको ऋणले सुरु भएको व्यवसायबाट डेढ करोडको सम्पति

काम खोज्ने सिलसिलामा उनका एक अंकलले भने “तिमि काम सिक्छौ की सेल्समा काम गर्छौ” । सेल्सको जागिर गर्नुभन्दा काम सिक्नुनैं उनले उत्तम ठाने । अनि उनी सिप सिक्नतिर लागे । उनले सिप सिके । ठेकेदारका रुपमा काम गर्दै थिए ।

हाम्रो कथा २०७६ असार ४ गते १५:०५

हामीले घर तथा अफिसमा सजाउन ल्याउने सोफा देख्दा जति सुन्दर र आकर्षक हुन्छन्, यसको व्यवसायीक पक्ष पनि निकै लोभलाग्दो हुँदो रहेछ I हाम्रो चाहना बमोजिमका सोफा सेट बनाएर व्यवसायमा रमाईरहेका एक उद्यमी हुन सिन्धुलीका दिनेश न्यौपाने I

दिनेश न्यौपाने एसएलसी पछि उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौ आए । उनको घरको आर्थिक अवस्था नाजुक थियो । पढ्दै केहि काम पनि गर्ने उनले निधो गरे । काम खोज्ने सिलसिलामा उनका एक अंकलले भने “तिमि काम सिक्छौ की सेल्समा काम गर्छौ” । सेल्सको जागिर गर्नुभन्दा काम सिक्नुनैं उनले उत्तम ठाने । अनि उनी सिप सिक्न तिर लागे ।

उनले सिप सिके । ठेकेदारका रुपमा काम गर्दै थिए ।  एकदिन आफुले काम सिकेको कारखाना बन्द हुने वा अरुलाई बेच्नुपर्ने अवस्थामा आयो । उनलाई लाग्यो अरुलाई किन दिने । आफै काम किन सुरु नगर्ने । यहि सोचबाट सुरु भयो उनको यो उद्यम ।

उनले सोफा व्यवसाय सुरु गर्दा ताका त्यति धेरै प्रकारका सोफा बन्ने चलन थिएन । सामान्य रुपका सोफा बन्थे । त्यतिखेर २० हजार रुपैयाँसम्मका बन्थ्यो । तर अहिले समय फेरीएको छ । लाखौ रुपैंया पर्ने सोफा बन्न थालेका छन । ग्राहकको माग बमोजिम उनले आफ्नो सिपलाई पनि परिस्कृत गर्दै गए । ग्राहकको चाहना बमोजिम नयाँ नयाँ डिजाईनका सोफा बनाउदै गए ।

दिनेश न्यौपानेको सोफा प्यालेसमा ‘एप्पल सोफा’ डिजाईन पहिलो पटक बनाईएको हो । यसपछी यो डिजाईनलाई व्यापक रुपमा सहर भरी फैलिएको देख्न सकिन्छ ।

व्यवसाय राम्रै चलिरहेको थियो । तर विस्तारै सोफाका सम्वन्धमा ग्राहकको चाहना फेरीदै गयो । नयाँ डिजाईन र गुणस्तरीय सामान उत्पादन गर्न थप लगानीको आवश्यकता पर्यो । तर उद्यमी दिनेश न्यौपानेले कमाएको पैसा सवै व्यवसायमा लगानी गरीसकेका थिए । थप लगानी कसरी जुटाउने ? उनलाई निकै संकट आईपर्यो । त्यतिबेलै उनले एकजना लगानीकर्ता भेटाए । जुन उनको व्यवसाय विस्तारका लागि ढुङगा खोज्दा देउता मिलेजस्तै भयो ।

अब व्यवसाय विस्तार त भयो । तर यसको लगानी अनुसार आफ्नो उत्पादन पनि त बढाउनु पर्यो । उनको ध्यान अझै नयाँ डिजाईनका सोफा बनाउनेमा गयो । केहि वषै अघि उनले बनाएको नयाँ डिजाईनको सोफा ग्राहकले मन पराउदाको त्यो क्षण उनका लागि साच्चै अविष्मरणीय छ I

यो व्यवसायको कमाई पनि साच्चै रमाईलो छ । यहि सोफा प्यालेसवाट महिनाको करिब २० लाख रुपैयाँ बरावरको सोफा मात्र सेल्स भईरहेको छ । यो भनेको वार्षिक २ करोड ४० लाख रुपैँया बराबरको कारोबार हुने गरेको छ । यो व्यवसायमा १५ प्रतिशत भन्दा माथि खुद नाफा छ ।

सामान्य परिवारदेखि उच्च वर्गका परिवारले रुचाउने खालको सोफा बनाईएको छ । यहाँ २० हजार रुपियाँमै पनि सोफा पाईन्छन् भने सेटको २ लाख रुपैंया पर्ने खालको समेत छन् । गुणस्तर अनुसारनैं हो सोफाको मुल्य निर्धारण हुने । सोफामा प्रयोग भएको काठ, फर्म, बनोट र साइजले यसको मुल्य निर्धारण हुन्छ । नयाँ नयाँ डिजाईनका घर बन्ने क्रमसँगै सोफा पनि सोहि अनुरुप माग हुने गरेको छ । उद्यमी न्यौपानेले ग्राहकको यहि चाहना बुझेरनैं नयाँ नयाँ डिजाईनका सोफा बनाउँदै आफुलाई अव्व्ल साबित गरेका छन् । यसको कारण उनको व्यवसाय दिन प्रतिदिन उकालो लागेको हो ।

उनका उत्पादन काठमाण्डौमा मात्र केन्द्रित छैन । देशका विभिन्न भागमा पुगेका छन । यहिंबाट २७ जनाले रोजगारी पाएका छन । अब केहि वर्षमा यसको ३ गुणा बढिलाई रोजगारी सिर्जना गर्ने उद्देश्य उनको छ । व्यवसायमा सफल हुन सिप अति आवश्यक रहेछ । उद्यमी दिनेश न्यौपानेले अहिलेसम्म बुझेको कुरा यहि हो ।

दिनेश सम्झन्छन्, “यो एक/डेढ लाखको ऋणले सुरु भएको व्यवसायले आज यति कमाएको भयो कि एक/डेढ करोडको सम्पति जोड्न सके I”

प्रतिक्रिया

सम्बन्धित

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने