संस्कृतिको ताज !

प्रसङ्ग हो यस वर्षको मिस एसईई बन्न सफल संस्कृती दुवाडीको सफलता भित्रको पृष्ठभूमिको जगमा उभिएको ईच्छा , सपना र सोच अनि जसबाट टुसाएको प्रेरक कथा !

हाम्रो कथा २०७६ असार ४ गते १५:३२

सुन्दरता प्रकृतिको अनुपम उपहार हो भने संस्कृति मानव सभ्यता मापनको मूल अधार हो I मानव सभ्यता सँगै भौगोलिक पृष्ठभूमि अनुरूप नृत्य, सङ्गीत, कला तथा साहित्य लगायत अनेकौँ संस्कृतिको विकास र बिस्तार  भयो I

जसको गतिले समयको कालखण्ड सँगै परिवर्तित रूपमा निरन्तरता मात्र पाएन, व्यक्तिको भावना व्यक्त गर्ने मूल मध्यम समेत बन्यो I

प्रसङ्ग हो यस वर्षको मिस एसईई बन्न सफल संस्कृती दुवाडीको सफलता भित्रको पृष्ठभूमिको जगमा उभिएको ईच्छा, सपना र सोच अनि जस बाट टुसाएको प्रेरक कथा !

मञ्च मा ताज लगाउँदाको क्षण लाई सम्झिँदै संस्कृति भन्छिन्, ‘मेरो प्रतिस्पर्धी सदिक्षा र म बिच समान प्रतिभाको पर्स्तुती भएको थियो I यसै कारणले  हामी दुवै ताजका समान हकदार थियौं I त्यस समय हामी दुवै हात समातेर बसी रहेका थियौं I समयले प्रतीक्षाको गति पार गरे सँगै सदिक्षाको नाम पहिलोका रूपमा घोषित भयो I अनि पहिलो त म नै बनेछु भनेर महसुस भयो I मैले बाबा, ममीलाई प्रमाणित गरिदिनु थियो कि; बुवाले आफू प्राध्यापक भएर मलाई पनि त्यही बाटोमा न हिँडाउनु होस् I त्यसैले मैले बाबालाई भनी सकेकी थिए कि; मलाई आफ्नो ईच्छाको बाटोमा हिँड्न दिनुहोस् I मलाई ईच्छा भएको क्षेत्र यही हो र यही बाटोमा हिँडेर यो देशका विद्यमान समस्या र विकृति लाई व्यवस्थापन गर्न चाहन्छु I”

संस्कृति सानै देखि विद्यालयका अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउने गर्थिन I मूल त मानिसहरूका बिच मा आफ्नो विचार तथा दृष्टि कोण व्यक्त गर्न सधैँ अग्रसर हुन्थिन I जुन बाटो हुँदै उनी मिस एसईईको मैदानमा पुगिन र त्यहाँ बाट जीवनमा आउने सक्ने हरेक प्रकारका चुनौतीलाई सामना गर्ने क्षमताको अभिवृद्धि गरिन I जुन मञ्चबाट उनले यस किसिमको पाठ सिकिन त्यो कुनै शैक्षिक संस्थाबाट सम्भव थिएन I यस सफलता द्वारा संस्कृतिको कलिलो मस्तिष्कले पुरुष र महिला बिचको क्षमता माज तेर्सिएको विवेदको पर्खाल भत्काउन अभीष्ट प्रयास समेत गरेको छ I

संस्कृतिले आफ्नो एसईई परिक्षा ज्ञानोदय माध्यमिक विद्यालयबाट दिएकी हुन् I काठमाडौँको बाफल स्थित ज्ञानोदय माध्यमिक विद्यालय नेपालको उत्कृष्ट सामुदायिक स्कुल भनेर धेरै पटक घोषित भई सकेको छ I एसईई पछी उनी हाम्रो देशमा पर्यावरण क्षेत्रमा काम गर्ने दक्ष पेशाकर्मी बन्ने अठोटका साथ आफ्नो उच्च शिक्षा सोहि मार्गमा अघि बढाउन चाहन्छिन् I अन्तत: अनुभव र परिपक्कता बटुले पछी उनीले नेपालको महिला प्रधानमन्त्री भई देशको सेवा गर्ने सपना देखेकी छिन् I

संस्कृतिको यो उपाधीले अन्य उनी जस्तै कयौँ बालबालिका निम्ति प्रेरणा र उनी आफै का निम्ति आगामी दिनमा ऊर्जा समेत बन्ने पक्का पक्कि छ I

 

प्रतिक्रिया

सम्बन्धित

अल्छी – सृजनशीलताको प्रतिबिम्ब !

१५ घन्टा अगाडि २ मिनेटमा पढिने

बिजनेस लिडरको हातमा किताब !

२ दिन अगाडि ५८ सेकेन्डमा पढिने