आधुनिक क्रिकेटका महारथी ‘एबी डी भीलियर्स’

ए बी डिभी लियर्स को नाम मा सबै भन्दा कम बलमा ५०,१०० र १५० रन को रेकर्ड रहेको छ I उनले क्रमशः १६,३१ र ६४ बलमा ५०,१०० र १५० रनको रेकर्ड कायम गरेका छन् I

हाम्रो कथा २०७६ असार २ गते १५:४८

तस्बिर: The national

हुन त क्रिकेटमा समय समय मा एक सय एक खेलाडी आहि रहन्छन् I तर यो खेलमा केही खेलाडी यस्ता पनि हुन्छन् I जसको ‘स्थान’ आउने खेलाडीले सायद नै लिन सक्छन् I त्यस्तै खेलाडी  मध्य एक  हुन दक्षिण अफ्रिका का एबी डेभीलियर्स I आधुनिक क्रिकेटका एक महान् ब्याट्स म्यान जसले आफ्नो चमत्कारी ब्याटिङ द्वारा क्रिकेट लाई नै एउटा उचाई दिने साहस गरे I  केवल दक्षिण अफ्रिकामा मात्र नभएर विश्व भरका हरेक कुनामा उनका प्रशंसक देख्न सकिन्छ I उन्को ब्याट ग्राउण्ड भरि जुनसुकै ठाउँमा पनि सर्ट हान्ने क्षमता राख्दछ I यसैले उनी ३६० डिग्री नामले पनि लोकप्रिय छन् I क्रिकेटका महारथी देखि हस्ती सम्मले उनको ब्याटिङ टेक्निकलाई चुनौती दिने साहस गर्दैनन् I तर के तपाईँलाई थाहा छ? ए.भी डेभिलियर्सको पुरा नाम अब्राहम बेन्जामिन डेभियर्स हो I उनी क्रिकेट मात्र खेल्दैन्न I क्रिकेटका अलावा उनी रग्बी,टेनिस, गल्फ तथा पौडीका समेत निकै राम्रा खेलाडी हुन् I

तस्बिर : sports n dtv.com

एबी डेभीलियर्स लाई अझ नजिक बाट बुझ्न आज भन्दा करिब ३५ वर्ष पछाडि पुग्नु पर्ने हुन्छ I २१ सेप्टेम्बर सन १९८४ मा वार्मबाड स्थित अब्राहम बेन्जामिन डेभियार्सको जन्म हुन्छ I उनका पिताको नाम अब्राहम बिएल भिल्लिएर्स थियो I जो एक डाक्टर थिए I उनकी आमाको नाम मिल्लिइ डी भील्लीएर्स थिन I जो ‘प्रपटि डिलर्स’ को काम गर्थिन I उनका पिता एक डाक्टर भएकै कारणले स्वस्थका हिसाब फिट रहन उनलाई सधै खेल खेल्न का निम्ति प्रोत्साहन गर्थे I सायद त्यही पिताको प्रोत्साहन कै नतिजा हुन् सक्छ आज उनी यति महान् खेलाडी बन्न सफल भएका छन् I उनले आफ्नो पढाइ अफ्रिकासङ बोइज हाइ स्कुलबाट पुरा गरे I जहाँ उनका सहयोगी खेलाडी डु प्लेसेस पनि यसै स्कुलमा अध्यन गर्दथे I अब्राहम बेन्जामिन डेभियार्स लाई सानै उमेर बाट क्रिकेटमा निकै लगाव बस्यो र चाडै नै उनको प्रतिभा सबैको समक्ष प्रस्तुत हुन थाल्यो I हुन त उनी क्रिकेटका उत्कृष्ट खेलाडी थिए यद्यपि उनी रग्बी,टेनिस, गल्फ तथा पौडीका समेत निकै राम्रा खेलाडी हुन् I बिभिध प्रतिभा मध्य उनले क्रिकेट लाई नै आफ्नो करियर बनाउने निधो गरे I सन् २००३ मा टाइटन्स क्रिकेट टिम बाट आफ्नो खेल सुरु गरे I यस पश्चात् भने आइर्ल्यांडको क्रिकेट क्लब कर्रीक्कफेरगस मा  पनि खेल्न सुरु गरे I यस समय सम्म उनीमा क्रिकेटका विषयमा यति ज्ञान हासिल भैसकेको थियो कि; उनलाई दक्षिण अफ्रिकाको राष्ट्रिय टिम बाट खेल्न पनि धेरै समय लागेन I यसै गरी सन् २००४ मा उनले दक्षिण अफ्रिका तर्फ बाट इग्ल्यांड विरुद्ध पहिलो टेष्ट खेल खेले I यस पश्चात् भने दिना नु  दिन उनको प्रस्तुतिमा निखारता आउन्न थाल्यो I त्यस पस्चात उनी ब्याटिङ बाट मात्र नभए फिल्डिङ्ग को माध्यम बाट पनि समूह/टिम लाई जिताउनका निम्ति सहयोग गरिरहे I आज पनि उनलाई संसार कै एक उत्कृष्ट फिलडर मध्य हेर्ने गरिन्छ I यद्यपि सन् २००७ को विश्व कपमा आफ्ना प्रशंसकको अपेक्षा अनुरूपको प्रस्तुति दिन सकेनन् तर त्यसको अर्को वर्ष भारत विरुद्धको टेष्ट खेलमा दोहोरो शतक प्रहार गरेर आफ्ना आलोचक मुख बन्द गरिदिए I साथै उनको करियरको घुम्ती पनि यही बन्यो I यही देखि उनको ब्याटिङमा जादुयी पन देख्न पाइयो I साथै उनको सफलताले उचाइका हरेक बुलन्दलाइ छुन सफल भयो I

तस्बिर; espn cricnfo.com

उनी सन् २०१० मा आइ सिसी प्लेयर अफ द एयर चुनिए I यसै गरी सन् २०११ को वल्ड कप मा उनले आफ्नो देशको तर्फ बाट उत्कृष्ट खेल प्रस्तुत गरे I सन् १०१२ मा उनलाई अफ्रिकी राष्ट्रिय टिमको कप्तान चुनियो I कप्तानीको कार्यभार समाले पश्चात् उनि खेलमा अझ समाल्लीएको पाइयो I यसै कारणले गर्दा पूर्ण सन् २०१४ र सन् २०१५ को आइ सिसी प्लेयर अफ द एयर चुन्नीए I ए बी डिभी लियर्स को नाम मा सबै भन्दा कम बलमा ५०,१०० र १५० रन को रेकर्ड रहेको छ I उनले क्रमशः १६,३१ र ६४ बलमा ५०,१०० र १५० रनको रेकर्ड कायम गरेका छन् I उनको व्यक्तिगत कुरा गर्नु पर्दा सन् २०१३ मा डेनियल डेबिलियर्स सँग वैवाहिक जीवनमा बाध्धिए I यस पछि उनीहरूका दुई सन्तान समेत भए I सन् २०१८ मे २३ मा उनले राष्ट्रिय टिम बाट सन्यास लिए I उनले राष्ट्रिय टिम बाट सन्यास लिए सँगै दक्षिण अफ्रिकाकी नागरिक मात्र नभएर संसारका कुना कुना मा रहेका क्रिकेट प्रेमी र उनका समर्थक स्तब्स नै बने I

तस्बिर : The South African

प्रतिक्रिया

सम्बन्धित

अल्छी – सृजनशीलताको प्रतिबिम्ब !

१५ घन्टा अगाडि २ मिनेटमा पढिने

बिजनेस लिडरको हातमा किताब !

२ दिन अगाडि ५८ सेकेन्डमा पढिने