पुराना सामान किनबेचको व्यवसायिक सम्भावना !

राजधानीमा कोहि लाखौ पर्ने लुगा मात्र एउटा पार्टीको लागी किन्ने पनि छन् । अनि कतिलाई वर्षमा एक जोर लुगा किन्न पनि धौ धौ छ । हो ! अवसर यहि छ र बजार पनि यहि छ ।

हाम्रो कथा २०७६ असार १ गते १६:३२

लुगा पुराना भयो के गर्ने ?

प्रस्ट छ या त कसैलाई जडौरी भनेर दिने या त फाली दिने ।

अरु के नै गर्न सकिन्छ र ?

तर अब त्यसो गर्नु पर्दैन् ।  अब हाम्रो देशमा पनि पुरानो लुगाको व्यापार  शुरु गर्न सकिने भएको छ । अर्थात भनू शुरु भईसकेको छ ।

राजधानीमा रहेको पुतलीसडकको लुगा पसल तिरका पसलमा जिन्स प्यान्ट किन्नुस एउटाको मूल्य १५ सय भन्दा माथि । स्वेटर १००० माथि अनि सर्ट ७०० रुपैया माथि ।

अब राजधानीमा यस्ता पनि  पसल छन् । ३० रुपैयामा जिन्स प्यान्ट I ५० रुपैयामा स्वेटर र १० रुपैयामा शर्ट पाईन्छ ।

मान्छेहरु अझैसम्म यसप्रति त्यति आकर्षित  भैसकेका छैनन् । किनकी यस्तो अभ्यास हामी कहाँ कम छ ।

तर बढ्दो जनसंख्या र सहरी क्षेत्रको गरिवीका कारण बिस्तारै सेकेन्ड ह्याण्डको बजार र व्यापारको संभावना नोपालमा पनि देखिन थालेको छ ।

करिब करिब ५० लाख मानिसहरुको बसोबास हुने भईसक्यो राजधानीमा ।

राजधानीमा कोहि लाखौ पर्ने लुगा मात्र एउटा पार्टीको लागी किन्ने पनि छन् । अनि कतिलाई वर्षमा एक जोर लुगा किन्न पनि धौ धौ छ । हो ! अवसर यहि छ र बजार पनि यहि छ ।

यहि मार्केट ग्यापलाई क्यास गर्ने तयारीमा छ सामाखुसी मा रहेको सुखावती स्टोर्स ।

हाल पुराना लुगाहरु संकलन गरि सार्है न्यून मुल्यमा बेच्ने गरिन्छ ।

त्यस्तै इन्डियाका स्टार्ट अप कम्पनीहरुको लागी यस सेकेन्ड ह्याण्ड बजारले अवसर नै अवसर प्रदान गरेको रहेछ ।

धेरै वेवसाईटहरु खुलेका छन् । सेकेन्ड ह्याण्ड लुगा किन्न र वेच्नका लागि ।

इन्डियामा “चोर बाजार” भनिने यस्ता पारम्परिक बास्तविक सेकेन्ड ह्याण्ड मार्केट आज डिजिटल मार्केटमा परिणत भईसकेको छ I

हामी कहाँ पनि प्रत्येक वर्ष लुगाको मागमा तिब्र ब्रिधि भइरहेको छ  र आम्दानी कम भएकाहरुको संख्या पनि ठुलो छ । त्यसैले हाम्रो बजर डट काम जस्ता कम्पनीहरु सेकेन्ड ह्याण्ड व्यवसायमा प्रचुर सम्भावना देखेर यो व्यवसायमा ओर्लिएका सकेका छन् ।

तस्वीर : Accessify बाट

 

प्रतिक्रिया