काठमाडौँ साइकल सिटीको परिकल्पना

साइकल संस्कारका निम्ति एक अभियान

दिवस सिङ्गो सहरको दुन्दरतालाई कायम गरेर विश्व भर बाट पर्यटक भित्र्याउदै स्वच्छ वातावरण मा रहेर सुन्दर र स्वस्थ जीवनको सपना लाई वास्तविक बनाउन का निम्ति क्रियाशील छन् I

हाम्रो कथा २०७६ जेठ ३१ गते १५:५८

साइकल संस्कारका निम्ति एक अभियान I सवारी साधनको तीव्र चाप रहेको काठमाडौँ लाई ‘साकल सिटी’ बनाइयो भने कस्तो होला ? हो यो  कथाले काठमाडौँलाई ‘साइकल सिटी’ बनाउने एउटा अभियानलाई सम्बोधन गरेको छ I दिवश प्रधान काठमाडौँमा जन्मे हुर्केका एक युवा जो एक ‘साइकीलिष्ट’ अर्थात् साइकल यात्री हुन् I उनी राजधानी भित्र  ब्यतिगत या सार्वजनिक यातायात प्रयोग गर्दैनन् I राजधानीका हरेक स्थानमा साइकल मै यात्रा गर्छन् I दिवश भन्छन्, ‘यस्तो व्यस्त जीवन शैली, वायु प्रदूषण तथा आवश्यक मात्रामा व्यायाम नहुनु यस्ता विविध कारणले हाम्रो शरीर लाई निकै नै नकारात्मक असर परिरहेको छ I यही कारणले म साइकल प्रयोग गरेर नै यात्रा गर्ने गर्छु I’

दिवसको कथा यतिले मात्र पूर्ण हुँदैन I उनी त केवल आफू मात्र साइकल चलाउदैनन I दिवस सिङ्गो सहरको दुन्दरतालाई कायम गरेर विश्व भर बाट पर्यटक भित्र्याउदै स्वच्छ वातावरण मा रहेर सुन्दर र स्वस्थ जीवनको सपनालाई वास्तविक बनाउनका निम्ति क्रियाशील छन् I उनि ‘साइकल सिटी’ अभियानका एक अभियान्ता समेत हुन् I कुनै समय निकै महत्व बोकेको साइकल, इन्धनबाट सञ्चालन हुने अन्य सवारीसाधनको जुन गतिले प्रयोग बढ्यो त्याहि गतिमा साइकलको लोकप्रियता घटेन मात्र यसले  हेला नै पाउन थाल्यो I एउटा मानिस साइकल चलाएर हिँड्छ भने उसलाई साइकल वाला जस्ता नामले अपमान गर्ने प्रविधि या भनौ विकृतिको विकास हुन् थाल्यो I जसले गर्दा कति मानिस चाहेर पनि साइकल चढ्न/चलाउन बाट पन्छिने अवस्था आयो I

हुन त आज पनि तराइका विभिन्न स्थानमा साइकल को लोकप्रियता उस्तै छ I जहाँ स्कुलले विद्यार्थी होस् या व्यापारी, शिक्षक होस् या कृषक सबैले निर्वाक रूपले साइकल चलाएका छन् I

विकसित मुलुकमा विकासका चरम आएम संस्थागत गरिसकेको आज अवस्थामा साइकल लाई संरक्षण र निर्वाक प्रयोग गरिन्छ I जहाँको सडक साइकल मैत्री छन्, जहाँका मानिस लामो यात्रा गर्नु पर्दा समेत साइकल साथमै लिन्छन् I जहाँ साइकल पार्किङको समेत चुस्त व्यवस्था छ I त्यही मुलुक हो; जसलाई हेरेर हामी र्‍याल काढ्छौ I त्यहाँको सम्वृद्धि देखेर यहाँ विकासको गतिको मापन गर्छौ I

तस्वीरमा : दिवश प्रधान

साइकल सिटी अभियानले के-कस्ता कार्यक्रम गर्दै छ र यसको उपलब्धि के त ?

दिवशका अनुसार मुख्य रूपमा साइकल सिटीको लक्ष भनेको आजको तीव्र प्रदूषणलाई नियन्त्रण गर्दै स्वच्छ  वातावरण कायम गरेर स्वस्थ जीवनको आधार तयार पार्नु र नेपाल लाई विश्व सामु साइकिलिंग मुलुकका रूपमा परिचित गराउनु रहेको छ I यस कै निम्ति उनको समूहले अनेकौँ प्रकारका कार्यक्रम गर्दै आएको छ I जस जसअन्तर्गत; साइकिलिंग इभेन्ट तथा क्यापेन, जनाचेना मूलक कार्यक्रम, सरोकार वालाका निम्ति झक्झक्याउने काम गर्दै आएको छ I यसको नतिजा स्वरम आज १० वर्षअघि साइकललाई विकासका बाधक ठान्नेहरू अहिले साइकलको आवश्यकता महसुस गर्न थालेका छन् । यसको महत्त्व बुझ्न/बुझाउन थालेका छन् । नीति निर्माण तहमा बस्नेहरूको चेतनामा साइकल स्थान पाउन थाएको छ । राजधानीमा साइकलका निम्ति सडकमा लेन राख्न उदाहरण पस्तुत भएका छन् I जन स्तर बाटै साइकल प्रतिको नकारात्मक सोच मा सकारात्मक परिवर्तन देख्न थालिरेको छ I

यदि काठमाडौँलाई साइकल सिटी बनाउन सकिएको खण्डमा दिवश दिवस प्रधानको बुझाइमा यसका दश फाइदाहरू यस्ता छन्;

१ ) सहरी प्रदूषणमा रोकथाम तथा नियन्त्रण !

२) सार्वजनिक यातायातको विकल्पका रूपमा साइकलको प्रयोग गर्न सकेको खण्डमा अवेबस्थित र भद्रगोल अवस्थाका  यातायातको व्यवस्थापन र नियन्त्रण I

३) सहरको सुन्दरता सँगै नागरिकको स्वाथ्य सकारात्मक प्रभाव I

५) साइकल सिटीका निम्ति विदेशी पर्यटकलाई साइकीलिंग प्रति आकर्षित गर्न सकिन्छ I

६) सवारी इन्धनको नियन्त्रण I

७) सवारी दुर्घटनाको नियन्त्रण तथा अवेबस्थित पार्किङको नियन्त्रण I

८) सार्वजनिक यातायात होस् या व्यक्तिगत सवारी साइकलको प्रयोगले यी दुवै अवस्थामाको तुलनामा झन्डै ९० % पैसा को बचत I

९) सहरको अनियन्त्रित सडक जाम को नियन्त्रण सँगै समयको बचत तथा व्यवस्थापन I

१०) साइकल चलाउँदा शारीरिक व्यायाम हुने हुँदा अधिकांश यस समबन्धि शारीरिक समस्याको निवारण I

प्रतिक्रिया

सम्बन्धित