नेपालमा एउटा औषधीमय प्लेटफर्म

विधाना एप : औषधी बिक्रेता र उपभोक्ता बीचको मध्यस्थकर्ता बनेको छ

एक पटक सोचौँ त, के तपाईँको गाउँमा बसेका आमाबुबाको औषधी सकिदा पसल चारेर सही औषधी छनोट गर्न जान्दछन् ? के तपाईँको आमा बुबाले सेवन गर्ने औषधी तपाईँको गाउँमा उपलब्ध भई रहेको हुन्छ ? कतिपय अवस्थामा हामीलाई यी कुराहरूबारे अत्तोपत्तो हुँदैन ।

हाम्रो कथा २०७६ जेठ ३० गते १५:१७

अहिले अनलाइन मार्फत सबै किसिमका सामान किनबेच गर्ने प्रचलन भित्री  सकेको छ I अनलाइन सपिङ्ग गर्ने बानी हजारौँ नेपालीलाई लागी सक्यो I तर पनि समस्या र सम्भावनाको ठाउँ रहिरह्यो I सबै ब्रान्ड, उपयोगिता बोकेका सामान एउटै स्टोरमा उपलब्ध हुन्छ भन्ने छैन I खास गरी औषधी खरिद गर्दा डाक्टरको सिफारिस हुबहु औषधी खरिद गर्न हामीले कयौँ औषधी छरेको अनुभव हामी सबै सँग छ I

यस समस्या समाधान गर्नका लागी इ-कमर्सहरूलाई पनि अफ्ठेरो परेको हुँदो हो । त्यसैले अनलाइन औषधी बिक्रेताहरूको पनि एउटा साझा डिजिटल प्लेटफर्म भए उपभोक्ताहरुलाई सजिलो हुन्छ भनेर “बिधाना” मोबाइल एप निर्माण भएको हो I

विधाना मार्फत रिङ्गरोड भित्रका १ सय १४ फार्मेसी पसलहरूमा उपलब्ध औषधी ग्राहकको ठेगानामा पुर्‍याइन्छ I ग्राहकले दर्जनौँ पसल चार्नु परेन I ती ११४ पसलहरू मध्य जुन पसलमा सो औषधी उपलब्ध छ, त्यसैले ग्राहकको आवश्यकता अनुरूपको औषधी पुर्‍याइदिन्छ I

ग्राहकले भने डाक्टरको प्रिस्क्रिप्सन विधाना एपमा अपलोड गरे पुग्यो I त्यसपछि टेक्नोलोगीले आफ्नो स्वचालित रूपमा आफै गरी हाल्छ। उपभोगता जीवन सहज हुँदै जान्छ ।

त्यस बाहेक बिधानाले औषधी सम्बन्धिक अन्य सेवाहरूले सेवाग्राहिसँग नियमित सम्बन्ध गाँसेको छ । औषधी खाने पर्ने समयमा अलार्म राख्न सकिन्छ I तपाईँको औषधी सकिन लग्यो र फेरी अडर गर्ने बेला भयो भनेर याद दिलाउने काम पनि एपले नै गर्छ । हरेक दिन स्वस्थ रहन लागी तपाईँले पर्याप्त पानी पिउनु भयो कि भएन ? प्रत्येक दिन पर्याप्त पाइला हिँड्नु भयो कि भएन भन्ने सम्झना एपले नै दिलाउँछ ।

अब एउटा स्वाभाविक जिज्ञासा आउँछ कि – नियमित औषधी सेवन गर्ने उमेर समूह भनेको हाम्रा आमा-बुबा, हजुरआमा- हजुरबा हुन् I उनीहरूले एप चलाउन जान्दैनन् I हामी छोरा छोरीले सिकाउँदा पनि एप चलाउन सिक्ने रुचि राख्दैनन् ।

तर विधानाले यो समस्याको पनि समाधान निकालेको छ ।  एक पटक सोचौँ त, के तपाईँको गाउँमा बसेका आमाबुबाको औषधी सकिदा पसल चारेर सही औषधी छनोट गर्न जान्दछन् ? के तपाईँको आमा-बाले सेवन गर्ने औषधी तपाईँको गाउँमा उपलब्ध भई रहेको हुन्छ ? कतिपय अवस्थामा हामीलाई यी कुराहरूबारे अत्तोपत्तो हुँदैन ।

विधाना एप मार्फत हामीले नै प्रिस्क्रिप्सन अपलोड गरेर तपाईँको आमा बुबा बस्ने ठाउँमा औषधी पुर्‍याउने जिम्मेवारी औषधी बिक्रेताको हुन्छ ।

विधाना एप लौन्च भएको धेरै समय बितेको छै न। सन् २०१९ को सुरुवातमा क्यान इन्फो टेक  मेलामा औपचारिक रूपमा बिधानाको सुरुवात भएको हो। यस छोटो समयमा १०००+ डाउनलोड भएको छ ।

अहिलेको समय बिधानाले ‘मेडिसिन एट योर डोरइस्टेप’ अर्थात् दैलो दैलोमा आषधीको नारा बोकेको छ I भावी दिनहरूमा औषधिको साथ साथै अन्य स्वास्थ्य सेवाहरूलाई पनि एउटै पल्याटफोर्म मार्फत जोड्ने योजना छ। आउँदो असार मसान्त देखि मेडिकल ल्याब सेवाहरू पनि एप मार्फत उपलब्ध हुँदै छन् I बिस्तारको क्रममा नेपालका मुख्य अस्पतालहरूको टिकेटिङ्ग सेवा अनलाइन प्रदान गर्न सक्नु बिधानाको उपलब्धि र देशको लागी योगदान बन्न सक्छ I त्यसो गर्दा ‘मेडिसिन एट योर डोरइस्टेप’ को नारालाई ‘हेल्थ एट योर डोरइस्टेप’ बनाउने लक्ष्य विधाना टिमले बोकेको छ ।

(विधानाका डिजिटल मेडिया स्ट्राटेजिक कृतज्ञ  दाहाल संग बिबिता कोइरालाको कुराकानीमा आधारित)

प्रतिक्रिया

सम्बन्धित