नेपाली क्रिकेटको विश्व कप यात्रा

२०१९ मा नेपाल खेल्न अन्तरास्ट्रिय खेलहरु

नेपाल २०१९ मा कुल चार वटा प्रतियोगिता खेल्ने छ I जस अन्तर्गत केन्या टि २० लिग डीआई वल्ड कप लिग २, एसिया रिजनल फाइनल र ग्लोबल क्वालिफायर रहेका छन् I

हाम्रो कथा २०७६ जेठ ३० गते १७:४९

क्रिकेटले यतिखेर विश्व तताएको छ I बेलायतमा आयोजित एक दिवसीय विश्वकप क्रिकेटले संसार भरिका क्रिकेट प्रेमीलाई केन्द्रित गरेको छ I हामी नेपालीका निम्ति पनि खुसी हुने आधार मध्य कै एक हो क्रिकेट I पारस खड्का को नेतृत्व पाए सँगै पुबुदु दासानायक को प्रशिक्षणमा नेपाली क्रिकेटले विश्व स्तर मै सफलता मात्र पाएन सिङ्गो नेपाल र नेपाली का निम्ति उत्साहको बहार नै ल्यायो I टी २० विश्व कप होस या आ इ सी सी स्तरका विभिन्न चरण हुँदै एक दिवसीय मान्यता पाउँदा सम्म होस I नेपाली क्रिकेट खेलाडी को प्रदर्शनले सम्पूर्ण नेपाली लाई एउटै मञ्च मा उभ्यायो I जुन मञ्च थियो ‘सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली’ भने जस्तै सम्पूर्ण नेपालीको एकता को, जसले नेपाली हुनुको बोध समेत गराएको थियो I

अब भने सबै नेपालीले आफ्नो देशले विश्व कप खेलेको हेर्न प्रतीक्षा गरिरहेका छन् I जसका निम्ति नेपाली क्रिकेट टिमले पनि हर दम मेहनत र अन्तर्राष्ट्रिय प्रदर्शन गरी नै रहेको छ I भलै आन्तरिक रूपका जस्ता सुकै अप्ठ्यारा र चुनौती हुन् I यसै अन्तरगत आगामी अप्रिलमा केन्यामा आयोजित टी २० खेल नेपालले खेल्दै छ I आठ देश सहभागी रहने उक्त खेल मा नेपाल सँगै केन्या र अन्य  ६ मुलुक खेल्ने छन् I आयोजक राष्ट्र केन्या र नेपाल बाहेक अन्य ६ मूलक को भने टुङ्गो लाग्न वाकी छ I त्यसपछि भने जुलाईमा हुने ओडीआए वल्ड कप लिग २ मा सहभागिता जनाउने छ I नौ टोली सहभागी हुने उक्त प्रतियोगितामा नेपाल सँगै स्कटल्याण्ड,युएई,पप्वानिगिनी,हंगकंग,क्यानडा,नामिबिया,ओमन र युनाइटेड स्टेट रहने छन् I ट्राइ सिरिजको रूपमा खेलाइने उक्त प्रतियोगिताको समापन सँगै उत्कृष्ट हुने तिन समूहले २०२२ मा आयोजना हुने क्रिकेट वल्ड कप क्वालिफायरमा सहभागिकता जनाउने छन् I यदि उक्त खेलको उत्क्रिता तिनमा पर्न नसकेको खण्डमा २०२२ को वल्ड कप क्वालिफायर खेल्नको लागि २०२२ मै आयोजना हुने प्ले अप टुनामेन्ट को प्रतीक्षा गर्नु पर्ने हुन्छ I २०२२ मा हुने एक दिवसीय वल्ड कप छनोटमा उत्कृष्ट हुने दुई समूहले मात्र २०२३ मा भारतमा आयोजना विश्व कप मा खेल्न पाउने छन् I

तस्बिर : कप्तान पारस खड्का

यस्तै नेपालले २०२० मा आयोजना हुने टि २० विश्व कप छनोट चरण अन्तर्गतको एसियाली रिजनल फाइनल को खेल यही जुलाई २५ अगस्त ३ सम्म मलेसियामा खेल्ने छ I ६ समूह सहभागी हुने उक्त खेलमा नेपाल सहित कुवेत,मलेसिया,कतार,सिङ्गापुर र युएई रहने छन् I यस प्रतिस्पर्धामा उत्कृष्ट दुई टोली मात्र अक्टोबर नोभेम्बर मा हुने ग्लोबल क्वालिफायर खेल्न छनोट हुने छन् I २०१९ कै अक्टोबर नोभेम्बर मा आयोजना हुने १४ टोली सहभागी ग्लोबल क्वालिफायर बाट उत्कृष्ट हुने ६ टोलीले मात्र २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि २० विश्व कप खेल्न छनोट हुने छन् I

नेपाल २०१९ मा कुल चार वटा प्रतियोगिता खेल्ने छ I जस अन्तर्गत केन्या टि २० लिग डीआई वल्ड कप लिग २, एसिया रिजनल फाइनल र ग्लोबल क्वालिफायर रहेका छन् I यदि नेपाली क्रिकेट पहलमा अन्य अन्तर्राष्ट्रिय सिरिजको आयोजना भएको खण्डमा नेपालले चार भन्दा बढी प्रतियोगिता खेल्ने छ भने कम्तीमा पनि चार वटा प्रतियोगिता भने खेल्ने निश्चित भएको छ I         

                                                                                       

 

प्रतिक्रिया

सम्बन्धित

संस्कृतिको ताज !

४५ मिनेट अगाडि २ मिनेटमा पढिने