जसले एनिमेसनलाई उचाईमा पुर्‍यायो

वाल्ट डिज्नीको जीवन कथा !

डिज्नीले यो संसारलाइ छाडेर जाँदा जाँदै हामी सबैका निम्ति ‘मुस्किल केवल विशेष व्यक्तिको पक्षमा आउँछ, किनकि ती व्यक्तिले नै त्यस मुस्किल लाई विशेष तरिका बाट स्वरूप दिने क्षमता राख्छन्’ भन्ने कुराको उदाहरण प्रस्तुत गरे I

हाम्रो कथा २०७६ जेठ २८ गते १६:००

तस्वीर : New Indian Express

आँखामा गन्तव्य थियो I लडे तर समाल्ली रहे, आँधिमा के तागत थियो र? चिराग हावामा पनि बलि रहे I

यो कथा यस्ता अधभुत कलाकारको जीवन गाथा हो जसले आफ्नो कल्पनाको शक्ति द्वारा संसार भरिका अनगिन्ती बच्चाहरूको बालापनमा खुसी ल्याइदिए I हो; यो कथा मिक्की माउस जस्ता अन्य धेरै कार्टुनका जन्म दाताको ! उनको अदभुत कामको कदर स्वरुप एउटा हैन , दुई वटा पनि हैन २२ वटा ओस्कर अवार्डबाट उनलाई सम्मान गरी सकिएको छ I जुन आफैमा विश्व कृतिमान समेत हो I उनी द्वारा निर्माण गरिएको कम्पनी ‘द वाल्ट डिज्नी’ आज संसार कै उत्कृष्ट मिडिया कम्पनीमा सामेल छ I जसले खरवौको बिजनेस गर्छ I तर डिज्नी ले जुन सङ्घर्ष पश्चात् सफलताको यो मुकाम हासिल गरे सायद अरू कसैले यो सङ्घर्ष र यस प्रकारको सफलता हासिल गर्न सक्ला I

५ सेप्टेम्बर सन् १९०१ का दिन अमेरिकाको इलिनोइस राज्य को हर्मोसा सहर जमिएका वाल्ट डिज्नी का पिताको नाम एलियस डिज्नी थियो जो; एक किसान थिए I सँगै उनी कार्पेन्टरको काम समेत गर्थे I पछि गएर उक्त काम बाट मात्र परिवारको आवश्यकता पुरा गर्न मुस्किल भएका कारण उनले बजारमा फलफुल समेत बेच्ने काम गरे I

तस्वीर : D23.com

यस पछि पनि परिवारका आधारभूत आवश्यकता पुरा नभए पछि उनले आफ्नो खेत बेचे र मार्सेलिन मिसोयुरी नामक एक गाउँमा एउटा साधारण घर लिएर बस्न थाले I वाल्टका अन्य तीन दाजु भाइ र एक बहिनी पनि थिइन I उनलाई बाल्यकाल देखि नै चित्र बनाउन खुब मन लाग्थियो I भित्तामा केही न केही बनाइ रहन्थे I एक पल्ट त उनले बहिनीसँग मिलेर आफ्नो पुरै घरमा पेन्टिङ बनाए र पुरा भित्तो कालो भयो I जसले गर्दा उनका पिताले उनलाई निकै गाली गरे I डिस्नीले सात वर्षको उमेरमा छिमेकीको घोडाको चित्र बनाए जुन चित्र छिमेकीलाइ यति मन पर्‍यो कि; छिमेकी द्वारा उक्त चित्र पैसा दिएर खरिद गर्रियो I यो नै वाल्ट डिज्नीको जीवन कै पहिलो कमाइ थियो I यदि उनको सबैभन्दा नजिकको व्यक्तिको कुरा गर्नु पर्दा; डिज्नी को सबैभन्दा नजिकको व्यक्ति उनकै भाइ ‘रोय’ थिए I जो सँग उनी आफ्नो पुरा समय बिताउने गर्थे I सन् १९०९ को अन्त्य तिर उनको स्थानीय एक स्कुलमा उनको भर्ना गरियो I तर उनको परिवारको आर्थिक समस्याका कारण उक्त गाउँमा लामो समय सम्म टिक्न सकेन I पूर्ण उनको परिवार सन् १९११ मा आर्थिक समस्यालाई झेल्दै कन्सास  नामको एक सहरमा आएर बस्न थाल्यो I जहाँ उनका पितालाई पत्रिका बेच्ने काम मिल्यो I उक्त कामबाट केही पैसा जम्मा गरे पश्चात् उनले वाल्टलाई बेन्टन ग्रामर स्कुलमा भर्ना गरिदिए I

पत्रिका धेरै भएका कारण वाल्ट र उनका भाइ ‘रोय’ले पनि पितालाई सहयोग गर्नु पर्थियो I यी दुइ भाइ  प्रत्येक दिन बिहान ४  बजे चिसोले कठ्याङ्ग्रीदै पत्रिका बाँड्न हिँड्नु पर्थियो I पत्रिका वाडे पश्चात् उनी स्कुल जान्थे I साँझ स्कुलबाट फर्के पश्चात् पूर्ण उनी पत्रिका बाँड्न निस्कन्थे I वाल्ट र रोय काम गर्दा यति थाक्थे कि उनीहरू कक्षा कोठा मै निदाउँथे I यही कारणले यी दुई आफ्नो कक्षा सबभन्दा कमजोर विद्यार्थी थिए I तर यति हुँदा पनि उनले चित्रकलालाई भुल्न भने सकेनन् I जब थोरै समय मिल्थियो उनी पत्रिकालाई हेरेर वा आफ्नो सोचमा केही न केही चित्र कोरी नै रहन्थे I

वल्ट अक्सर घरको नजिक रहेको एक सैलुनमा गएर चित्र बनाउँथे I उनी यति राम्रो चित्र बनाउँथे कि; उक्त चित्र हेरेर सैलुन वालाले उनको कपाल सिततैमा काटी दिन्थियो I कपला काट्नु पर्ने नहुँदा पैसा पनि दिने गर्थियो I उनी पैसाको लोभले भन्दा पनि उक्त सैलुन वाला उनको चित्रलाई फ्रेममा हालेर  उसको पसलको भित्तामा रख्दिन्थियो I यही भएर उनी चित्र बनाउन उक्त सैलुनमा पुग्थे I सबैले उनको चित्र देखेर उनलाई स्याबासी दिने गर्थे I जसले वाल्टलाई प्रेरणा मिल्थियो I साथै उनको मनोबल समेत बढथियो I उनले ट्रेन भित्र छिरेर कोक, पानी लागत बिच्ने काम समेत गरे I अनेक काम गरेर केही पैसा जम्मा भए पश्चात् उनले ‘कन्सास सिटी आर्ट इन्सीटुट‘ मा आर्ट अध्ययनका निम्ति भर्ना भए I

सन् १९१८ मा पहिलो विश्व युद्ध पश्चात् डिज्नीले अमेरिकी सेनाका निम्ति दरखास्त दिए I तर दरखास्त हाल्ने उमेर नपुगेको हुनाले उक्त प्रस्ताव अस्वीकृत भयो I फेरी उनले आफ्नो उमेर बढाएर रेड क्रसमा एम्बुलेन्स चालकका निम्ति दरखास्त दिए I जहाँ उनको दरखास्त स्वीकृत भयो I र उनलाई फ्रान्स पोस्टिङ् गरियो I हरेक काम गरे पनि उनमा चित्र कला भूत भने सधैं रहि नै रह्यो I उनले आफ्नो एम्बुलेन्सलाई पनि हरेक प्रकार चित्रहरुले सजाएर भिन्न स्वरूप दिएका थियो I सन् १९१९ अक्टोबरमा उनले एब्मुलेन्स चालकको काम पनि छाड्दिए I पूर्ण उनी अमेरिका फर्के जहाँ पेम्यांड रुबिन्स कमर्सियल आर्ट स्टुडियोमा एक चित्रकारका रूपमा उनलाई लिइएको थियो I तर सन् १९२० मा उनमा कुनै सृजनाआत्मक क्षमता नभएको भन्दै उक्त कामबाट डिज्नी निकालियो I

‘उनमा कल्पना शक्तिको कमी भएकाले कुनै पनि सुन्दर सृजना गर्न असक्षम भएको’ भनियो I यो कुराले डिस्नीको मन चिसियो I उनले जीवनमा हरेक विषय सँग सम्झौता गरे पनि आफ्नू चित्रकलामा भने कहिले पनि सम्झौता गरेका थिएनन् I

त्यसपछि डिज्नीले ‘लाउन ओ ग्राम स्टुडियो‘ नाम दिएर आफ्नै एउटा सानो कम्पनी सुरु गरे I तर पैसाको कमीका कारण यसलाई अगाडी बढाउन सकेनन् I पूर्ण उनले आफ्नो भाइ रोयले बचाएको दुई हजार डलर उधारोबाट पूर्ण डिज्नी ब्रोदर्स नामक अर्को कम्पनी सुरु गरे I पछि यस कम्पनीको नाम बदलेर वर्ल्ड डिज्नी कम्पनी राखियो I यो कम्पनी धेरै छिटो सफलता तिर लम्कियो I उनले पछि धेरै व्यक्तिलाई जागिरका निम्ति राखे I

अब उनको जीवनले सहज चरणमा प्रवेश पायो I उनले जुलाई सन् १९२५ मा लिलीयन नाम कि एक महिला सँग विवाह गरे I सन् १९२८ मा न्यु योर्कबाट क्यालिफोर्निया जाँदै गर्दा ट्रेन स्थित एक कागजमा उनले केही अजिब किसिमका कार्टुन बनाउन थाले I अन्त्यमा उनले एक मुसाको आकारको चित्र बनाए I जसको नाम उनले आफ्नी पत्नीको सुझावले मिक्की राखे I पूर्ण उक्त चित्रलाई एनिमेसन द्वारा आफ्नो आवाज दिए I सन् १९२८ मा वाल्टले उक्त एनिमेसनको प्रस्तुति मयांनह्याटनमा देखाए I उक्त प्रस्तुति मानिसले निकै मन पराए I यस पस्चात भने वल्ट डिज्नीले जीवनमा कहिले पछाडि फर्केर हेर्नु परेन I एक पछि अर्को उत्क्रिस्ट एनिमेसन फिल्म यस संसार लाई दिए I उनले पुरा संसार बाट नौ सय पचास भन्दा बढी अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेका छन् I यति मात्र हैन फिल्म तर्फ को संसार कै सबै भन्दा ठुलो अवार्ड ओस्करका निम्ति ५९ पल्ट उनको नाम नोमिनेट गरियो I उनले जसमा २२ पल्ट यसलाई जित्न सफल भए I अन्ततः यस संसारमा एनिमेसनलाई एउटा उचाइ दिए पश्चात् १५ डिसेम्बर सन् १९६६ मा वल्ड डिस्नीले यस संसार सदाका लागि त्यागे I डिज्नीले यो संसारलाइ छाडेर जाँदा जाँदै हामी सबैका निम्ति ‘मुस्किल केवल विशेष व्यक्तिको पक्षमा आउँछ, किनकि ती व्यक्तिले नै त्यस मुस्किल लाई विशेष तरिका बाट स्वरूप दिने क्षमता राख्छन्’ भन्ने कुराको उदाहरण पेश गरिदिए I

तस्वीर : wallpapersofdisney.blogspot.com

 

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने

आज कामको पहिलो दिन

१ भदौ , २०७६ ४२ सेकेन्डमा पढिने