स्वस्थ खाद्यान्न सँग जोडिएको उद्यम : ‘अर्ग्यानिक अनलाइन’

हाम्रो कथा २०७६ जेठ २७ गते १२:५७

आज भन्दा करिब पाँच वर्ष अघि कोरियाबाट स्नातकोत्तर सकेर नेपाल फर्केका गौतम गुरुङ नेपाल अहिपुगे पश्चात् – यहाँ के गर्ने त भनेर एक किसिमको अन्योलमा पुगे I जति बेला नेपालको कृषि क्षेत्रमा भने एक किसिमको जागरण अभियान नै चलिरहेको थियो I त्यस जागरण अभियानले गौतमलाई पनि छोयो I

उनले पनि व्यावसायिक कृषि गर्ने सोच बनाए र काम गर्न थाले I सोचे र गरेका सबै कामले सधैँ सकारात्मक नतिजा दिँदैन भने जस्ता उनले  कृषि क्षेत्रमा निराशा बाहेक अरु केही उपलब्धि हात पार्न सकेनन् I तर यस क्षेत्रमा रहेको चुनौती या समस्यालाई भने नजिकबाट नियाल्ने मौका पाए I

कृषकले उत्पादन गरेका खाद्धयान्न- कृषक र ग्राहकको बिचमा बसेर मध्यस्तकर्ताका रूपमा काम गर्ने पक्षले ठुलो कमिसनको खेल खेल्दा कृषक र ग्राहक यी मुख्य पक्ष नै सबै भन्दा मारमा परि रहेको तितो यथार्थलाई नजिकबाट नियाल्न पाए I केही उपलब्धि हात पार्ने कुनै छाट्काट नदेखिए पछि कृषि क्षेत्रबाट हात झिके अनि  त्यसपछि एउटा निजी अनलाइन संस्थामा काम गर्न थाले I त्यही कम्पनीमा काम गर्ने क्रम माउनको भेट सृजना प्रधान सँग हुन्छ I सृजना त्यसै कम्पनीमा कार्यरत थिइन I जहाँ गौतम गुरुङले करिब डेढ वर्ष समय बिताए I

काम गर्दै जाँदा त्यस संस्थाका अन्य सहकर्मी सँग बिचार मिलेन र गौतम र सृजना दुवैले संस्था छाडे I अब भने कृषि सँगै सम्बन्धित केही गरौँ भन्ने सोच बिच यी दुई एक मतमा पुगे I हुन् त सबै पुजी पनि डुबी सकेको थियो I तर केही न केही गर्नु नै थियो I तब; यी दुईको सहकार्य बिच आज भन्दा करिब नौ महिना अघि निक्कै सानो पुँजीमा सुरु भयो ‘अर्ज्ञानिक अनलाइन’ !

सहरको व्यस्त जीवन शैली बिच स्वस्थयकर खाद्यान्न आज को चुनौती नै बनी सकेको छ I यही समस्याको विकल्पका रूपमा गौतम र सृजनाको संयुक्त प्रयासमा ‘अर्ग्यानिक अनलाइन’ अगाडी आयो I

इन्टरनेटलाई मुख्य माध्यम बनाएर सुरु भएको यस व्यवसायले अनलाइन कै माध्यमबाट तपाईँ हामीले गरेको मागलाई तपाईँ हाम्रो घरको ढोका मै पुर्‍याइदिन्छ I अब, कस्ता उत्पादन ‘अर्ग्यानिक अनलाइन’ ले उपलब्ध गराउँछ त ? अर्ग्यानिक सटिफाइड प्रोडक्स अन्तरगत; हरिया तरकारी, स्पाइसेस, ग्रिन टि-कफी आदि I यस्तै होम मेड प्रोडक्टका रूपमा जाम, लोकल घ्यु, मह आदि I  यस्तै हेल्थ केयर प्रोडक्ट रूपमा एसेन्सियल ओएल, चिया सिड्स तथा सिग्नेचर प्रोडक्टका रूपमा सेल रोटी, सुत्केरी मसला इत्यादि उत्पादनहरू ‘अर्ग्यानिक अनलाइन’ ले सहज उपलब्ध गराउँदै आएको छ I

तस्वीरमा : गौतम गुरुङ

पछिल्लो समय सहरबासीहरू यस्ता अर्ग्यानिक खाद्यान्न प्रति कत्तिको सचेत भएका छन् त ? गौतम गुरुङ बताउँछन्, ‘वयस्क व्यक्तिहरू यस सँग सचेत पाएका छौँ I आमाहरू खास गरी आफ्ना बच्चाहरू स्वस्थ प्रति निक्कै सचेत पाएका छौँ I यही कुरा युवा खोज्दा अवास्यक अनुरूप पाइएको छैन I हुन् त यो विषय जीवन शैली सँग पनि सम्बन्धित हुने भयो I अहिलेका युवाहरूको कुरा गर्दा उनीहरूलाई यो कुरा सँग खासै मतलब छैन I किनकि उनीहरू त जे खायो त्यो पचाउन सक्छन् I म आफू पनि युवा अवस्थामा हुँदा यस विषयमा खासै मतलब गर्दिन थिए I अहिले आएर अझ यही क्षेत्र मा लागि सके पश्चात् बिहान के खानु पर्छ ? दिउसो के खानु पर्छ, साँझ / बेलुका के खानु पर्छ त्यसमा खाद्य तालिका बनाएको छु I यसमा चाही युवा खासै सचेत छैनन् I भए त धेरै राम्रो हो I यसमा चाही हामी लागत हामी जस्तै अन्य धेरै अर्ग्यानिक खाद्यान्न सँग सम्बन्धित काम गरिरहेका अलिकति टेवा पुर्‍याउन सके यो अवस्था सुधार आउन सक्छ भन्ने हाम्रो अपेक्षा छ I”

तस्वीरमा : सृजना प्रधान

प्रतिक्रिया
लोकप्रिय